/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


उदाउँदो सुर्यलाई अध्र्य दिँदै छठ पर्व विधिबत रुपमा समापन

Posted: 13 Nov 2018 08:29 PM PST

राम नारायण पंडित, सिरहा, २८ कार्तिक । उदाउँदो सुर्यलाई अध्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिबत रुपमा सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा 'नहाय–खाय' भनिन्छ । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर 'खरना' विधि गरेका थिए । त्यस्तै, षष्टी तिथीको दिन अर्थात मंगलबार  संध्याकालिन र आज (बुधबार) प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन भएको छ । 
 
 
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहँु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।
 
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । 
सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपुर्ण र सैहार्दपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 
 


 

“छठले विभिन्न समुदायलाई एकताको शुत्रमा बाँधेको छ”: सांसद यादव

Posted: 13 Nov 2018 06:52 PM PST

राम नारायण पंडित, सिरहा, २८ कार्तिक । छठ पर्वले समाजका विभिन्न समुदायलाई एकताको शुत्रमा बाधेको सिरहा जिल्ला क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादवले बताएका छन् । राजपा नेपालका अध्यक्ष मंडलका सदस्य समेत रहेका यादबले छठ पर्वले सबै समुदायलाई एकताको शुत्रमा बाधिए झैं कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकालाई नमुना नगरपालिका बनाउन एकताको शुत्रमा बाधिँएको प्रतिबद्धता जनाएको हो ।
 
कर्जन्हा नगरपालिकालाई नमुना नगरपालिका बनाउन २ नं. प्रदेश सरकारले हदैसम्म सहयोग गर्ने सिरहा क्षेत्र नं. ४ "क" का प्रदेश सांसद दिलिप साहले बताए । जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले लामो समयदेखि कर्जन्हा नगरपालिकामा कायम रहेको विवाद छिट्टै अन्त गर्ने प्रयासमा रहेको बताए । 
छिमेकी नगरपालिकाको रुपमा रहेको कर्जन्हा नगरपालिकाको विकास मिलेरै गर्ने र आपसि सद्भाव कायम राख्ने मिर्चैया नगरपालिकाको मेयर श्रवण यादवले बताए । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले छठ पर्वको शुभकामना दिँदै छिट्टै कर्जन्हा नगरपालिकावासीले विकासको अनुभुती गर्ने बिश्बास ब्यक्त गरे । 
नगरपालिकालाई नमुना नगरपालिका बनाउन प्रदेश सांसदहरु र संघिय सांसदहरूसंग समन्वय गरेर अगाडि वढिरहेको भन्दै मेयर पासमानले  नगरपालिकालाई विशेष योजनामा राख्न अनुरोध समेत गरेको स्पष्ट गरे । 

कर्जन्हा नगरपालिका बडा नं. ३ का वडा अध्यक्ष कपिलेश्वर यादवको अध्यक्षतामा मंगलबार भएको शुभकामना अदान प्रदान कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनिय सहभागिा रहेको थियो ।

भाषा उत्थान र साँस्कृतिक संरक्षणमा प्रदेश २ प्रमुखको जोड

Posted: 13 Nov 2018 06:46 PM PST

नवसंग्राम दैनिक लहान, २७ कात्तिक । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले ऐतिहासिक घटनाबाट पाठ् सिकेर समाजमा बढ्दो विकृति विसँगतीको समाप्त पार्न आजको युवाहरुको काँधमा जिम्मेवारी आएको भन्दै यसको पहिचान र विकास गरी सांस्कृतिक प्रदेशको रुपमा विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । सिरहाको लहानमा आज मैथिली भाषाको चलचित्र मिशन मधेशको सुटिंग प्रारम्भ कार्यक्रममा प्रमुख कायस्थले भाषा उत्थान र सांस्कृृतिक धरोहरको रुपमा चिनाउन महत्वपूर्ण रहेको बताउँनुभयो ।
उहाँले यसको लागि जनस्तरबाट नै सक्रिय बढ्नु पर्ने बताउँदै 'स्थानीय लोकनाच, लोकबाजा, लोकरीति संस्कृति तथा परम्परा संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँनुभयो । प्रदेश भित्रको श्रोत साधनलाई समुचित प्रयोग गरी समृद्ध बनाउन प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सुझाव दिनुभएको छ । मिशन मधेश चलचित्रले समाजमा सदभाव कायम राख्न अनुकरणीय कार्य गरी समाजिक रुपान्तरणमा ठोस सन्देश जनमानसमा जान सकियोस् अनि मात्रै समाज विकास र उत्थानका लागि सवल हुने प्रमुख कायस्थले बताउँनुभयो । उहाँले प्रदेश २ मा निर्माण हुन लागिएको यो चलचित्रले भाषा संरक्षण र समाजिक चित्रण गर्न समाजमा देखिएको रुढीवादी परम्परा नहटेसम्म समृद्ध नहुने बताउँदै चलचित्रको लागि सरकारबाट सहयोग गरिने प्रतिबद्धता जनाउँनुभयो । उहाँले जातीय विभेद, सामाजिक असमानता र दाइजो प्रथाले समाजको विकास हुन नसकेकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लहान नगरपालिकाका मेयर मुनी साहले अधिकतम परिवर्तनको केन्द्र विन्दु लहान रहेकोले प्रदेश सरकारले लहानलाई उपेक्षा नगर्न आग्रह गर्दै लहान विकास निर्माणतर्फ उन्मुख भइरहेको बताउँनुभयो । मेयर साहले लहान नगरपालिकाभित्र धार्मिक तथा सलहेश सर्किट बनाउँन कार्य अघि बढिरहेको बेला प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताउँनुभयो । दिनाभद्री फिल्म प्रोडक्सन प्रालि लहान ७ का अध्यक्ष मुकेश्वरलाल कर्णका सभाध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सँघ लहानका अध्यक्ष अशोकलाल अमात्य र नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ता, मिशन मधेशका निर्देशक महमुद आलमले लहानलाई चलचित्र उद्योगको रुपमा विकास गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउँनुभयो । कार्यक्रममा मिशन मधेशका आर्थिक सहयोगकर्ता शिला यादवले प्रमुख अतिथी कायस्थ, प्रदेश २ का प्रथम महिला सविता र मेयर मुनि साहलाई दोसल्ला ओढाएर सम्मान गरिएका छन् भने कार्यक्रम संचालकमा प्रमोद चौधरी रहेका थिए ।

मन्दिर बनाउँन सँघर्ष समिति आन्दोलित

Posted: 13 Nov 2018 06:33 PM PST

रिँकु दास लहान, २७ कात्तिक । लहान २० स्थित रहेको हनुमान मन्दिर भत्काउँदा स्थानीयहरु आक्रोशित भएका छन् । मन्दिर पूनः निर्माण तथा क्षतिपूर्तीको माग गर्दै सुशिलचन्द अधिकारीको सँयोजकत्वमा सँघर्ष समिति बनाएर उनीहरु आन्दोलन उत्रिएका छन् । मन्दिर बाटोमा निर्माण भएको भन्दै कात्तिक ११ गते वडाध्यक्ष गणेश चौधरीको नेतृत्वमा हनुमान मन्दिर भत्काएका थिए । लहान नगरपालिका र सँघर्ष समितिको सहमतिमा कात्तिक २५ गतेभित्र यसको विकल्प खोज्ने सहमति भएको थियो । तर, लहान नगरपालिका वडा कार्यालयले सहमति भँग गरेको भन्दै आज पत्रकार सम्मेलन गरि आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । सँघर्ष समितिले कात्तिक २६ गते पत्रकार सम्मेलन गरेको छ भने कात्तिक ३० गते शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ । मंसिर २ गते वडा नम्बर २० को कार्यालयमा तालाबन्दी गर्ने सँघर्षको कार्यक्रम घोषणा गरेको छ । कात्तिक ३ गते विहान पहिलो दिन ३ घण्टा र समय थप्दै जाने र त्यसपछि आमरण अनसन बस्ने जारी विज्ञप्तीमा उल्लेख गरेको छ । उता, एक स्रोतका अनुसार लहान वडा नम्बर २० ले सार्वजनिक मन्दिर निर्माण गर्न तयारी गरिरहेको जानकारी प्राप्त भएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment