/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


संघिय सरकारको लागि काम गर्ने सिडियो को तिन अधिकार ः मूख्यमन्त्री राउत

Posted: 09 Oct 2018 10:35 AM PDT

                  
  शिव दयाल यादव
बिष्णुपुर,असोज २३ गते । प्रदेश २ का मूख्यमन्त्री मो.लालबाबु राउतले संघिय सरकारको लागि काम गर्ने सिडियो को तिन अधिकार मात्र भएको वताए । पहिलो नागरिकता वितरण गर्ने दोस्रो राहदानी वितरण गर्ने र तेस्रो सिमाको निरिक्षण गर्ने मात्र अधिकार क्षेत्र भएको बताए ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं.५ चिकनामा आयोजित पार्टि प्रवेश तथा दशै,दिपावली र छठको शुभकामाना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री राउतले ,प्रमुख जिल्ला अधिकारीको रुपमा रहेको सिडियाकोे अधिकार शान्ति सुरक्षाको जिम्मा नरहेको अर्थात अव संघिय सरकारको नरहेको वताए । यो जिम्मा अब प्रदेश सरकारको भएको बताए । यो  जिम्मा प्रदेश सरकारको भएकोले अव संघिय सरकारले बेलैमा प्रहरी हस्तान्तरण गर्नुपर्ने बताए, नभए हामी बाध्य भएर प्रहरी भर्ना गर्नुपर्ने अवस्था नआउँस ।
सिडियो कार्यालय भित्र रहेको फर्निचर लगायतका सम्पूर्ण अधिकार अव सुम्पिने बेला भएको छ,अन्यथा अव प्रदेश सरकारले ल्याउने प्रशासनिक ऐनले सदन भित्र रहेको छ । यो ऐन पारित भएलग्तै अब हरेक जिल्लामा नयाँ सिडियो भर्ना गर्ने लगायतको कदम चाल्ने बताए ।
संविधान र आन्दोलनको तहत यो देशमा संघियता कार्यान्वयनको पक्षमा रहेको छ । यो सरकार तपाईको सरकार हो,जनताको इच्छा र चाहना अनुसार अब सदनमा प्रहरी ऐन पारित हुने ,यो सरकारको चाहना छ, की प्रत्येक युवालाई सरकारी जागिर मिलोस भन्ने चाहना रहेको छ ।
प्रदेश सरकारको आफनो प्रशासनिक ऐन भने चाहेका हो र त्यही तहतमा सवै हुने वताए । यो सरकारको आफनै पुलिस देखी आईजिपी सम्म होस भन्ने ध्येय रहेको छ ।
मुख्यमन्त्री राउतले भने हामीले चाहेका हौ मधेश समृद्ध तर संघिय सरकारले कर्मचारी नपठाई असहयोग गरेको बताए । जसकारणले गर्दा कुनै पनि प्रकारको विकासको गति र नाँया योजनाहरु आउन नसकेको वताए । हामीले चाहेको पाँच हजार कर्मचारी तर हामीलाई दूईसय कर्मचारी मात्र पठाएको बताए ।
हामीलाई कुल बजेटको दूई प्रतिशत मात्र दिएको छ,जुन बजेटलाई हामीले निती तथा कार्यक्रम ल्याई कार्यान्वयन गरी पारर्दशिता गर्ने बताए । तर संघिय सरकारले त्यस्तो नचाहेको विकास देखी डराएको बताए ।
संघियता विरोधी केही नेताको षडयन्त्रले प्रदेश सरकारलाई झुकाई काम वाधा गराई असफल योजनाहरु बनाएका छन तर पनि यो प्रदेश सरकारलाई केही गम छैन । यो सरकारले सदनभित्र अव करार ऐन ल्याईरहेका छन् ।
यो ऐन पास हुने वितिकै संघिय सरकार सँग माग्ने अन्यथा करार कर्मचारीको भर्ना प्रक्रिया अगाडि बढाउने बताए । यो सरकारले संविधानको अनुरुप रही काम गर्दै जाने बताए ।
सोही अवसरमा बाम गठबन्धन र राजपा नेपाल पार्टि परित्याग गरी  सयकडौं जनाले संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई मूख्यमन्त्री राउतले फुलमाला र अविर लगाई प्रवेश गराएका छन । कार्यक्रमलाई सम्वोधन प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय कुमार यादव,केन्द्रिय सदस्य अशेश्वर यादव,बिष्णुपुर गाँउपालिका अध्यक्ष जागेश्वर यादव लगायतकाले सम्बोधन गरेका थिए ।

दुई महिना भित्र आफ्नै पुलिस प्रशासन ः मुख्यमन्त्री राउत

Posted: 09 Oct 2018 08:39 AM PDT

जनकपुरधाम, असोज २३ । मुख्यमन्त्री लालबाबु राउतले २ महिना भित्र प्रदेश सरकारको आफनै प्रहरी प्रशासन हुने बताउनु भएको छ । सिरहाको कल्याणपुर नपा स्थित चिकना बजारमा आयोजित पार्टी प्रवेश एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफनै प्रहरी प्रशासन स्थापना गर्ने बताउनु भयो । शान्ति सुरक्षाको जिम्मा नेपालको संविधानले प्रदेश लाई दिएको छ ,उहाँले भन्नु भयो,' कि त संघ सरकारले प्रहरी प्रशासन हस्तान्तरण गर्नु प¥यो , नत हामी आफै गठन गछौ । प्रहरी ऐन माथि सदनमा छलफल शुरु भै सकेकोले यसै साता पारित हुने उल्लेख गर्नु हुँदै उहाँ त्यस पछि प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने बताउनु भयो । त्यसै गरि उहाँले प्रशासन ऐन पनि संसदमा लगि सकेको उहाँको कथन थियो । संघीय सरकारले आवश्यक कर्मचारी नपठाउदा विकास निर्माणको काम समेत प्रभावकारी हुन नसकेकोले प्रदेश सरकार करार कर्मचारी भर्ना ऐन समेत बनाएर संसदमा टेवल गरि सकेको उल्लेख गर्नु हुँदै उहाँ तीन वर्टै ऐन पारित भए लगतै प्रदेशले गति लिने बताउनु भयो । कल्याणपुर नपाको संयोजक परमेश्वर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवं पूर्व सभासद डा. विरेन्द्र महतो , केन्द्रिय सदस्य अशेश्वर यादव सहितको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा नेकपा, काँग्रेस र राजपा परित्याग गरेको करिब ५ सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउतले फुलमाला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

लहान उद्योग वाणिज्य संघमा अमात्य प्यानलसहित विजय

Posted: 08 Oct 2018 07:35 PM PDT

नवंग्राम दैनिक । रेडियो सौगात लहान, २२ असोज । जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनले अशोक अमात्यको प्यानल सहित विजयको नजिक पुगेको छ । असोज २१ गते भएको संघको निर्वाचनमा १७३१ जनाले मतदान गरेका छन् । मतदाता संख्या २२८७ रहेपनि ५५६ जनाले मत वहिष्कार गरिएको जानकारीमा आएको छ । यो मत वहिष्कार नभएर कतिको नाम दूई ठाउँमा राखिएकोले एउटामा मात्र मतदान गरिएकोले अर्को त्यतिकै रद्द भएको छ । यस मध्ये ४० प्रतिशतले मतदान वहिष्कार गरिएको छ ।
निर्वाचन अधिकृत परसुराम निरौलाका अनुसार राती अबेरसम्म मतगणाको परिणाम १७३१ मा १४४५ मतगणा हुंदा अध्यक्ष पदमा २५३ मतले अन्तर रहेको बताएका छन् । जहां २८६ मतगणा गर्न मात्र बांकी रहेको छ । हालसम्म १० मत बदर भएको छ । मतगणा परिणाम अनुसार अशोक अमात्यले ८४९ र प्रतिस्पर्धी निरश चौधरीले ५९६ मत प्राप्त गरेका छन् । अशोक अमात्यले २५३ मतले अगाडि रहेको छ भने २८६ मतगणा गर्न मात्र बांकी रहेकोले अध्यक्ष पदमा अशोक अमात्य विजय हुने निश्चित भएको जानकारीमा आएको छ । यसैगरी, प्रथम उपाध्यक्षमा दिपक नायक ८० मतले अगाडि रहेको छ । दृतिय उपाध्यक्षमा प्रमेश्वर साह १८७ मतले अगाडि रहेको छ । महासचिवमा अब्दुल करिम १८८ मतले अगाडि, कोषाध्यक्षमा विकास शारडा ३०० मत, सरोज कुमार महतो १६६ मतले अगाडि रहेको छ । सदस्यहरुमा नागेश्वर चौधरी ३८६, रामभजन पंजियार ३१४, प्रदीप कुमार गुप्ता ३१६, रामउदगार महतो २९८, चन्देश्वर यादव ३१३, रंजितकुमार चिरानियाँ २३८, रवीन्द्रकुमार चौधरी ३०९, रितादेवी यादव ३०० र सुशिलाकुमारी महतो २९० मतले अगाडि रहेको छ । अब २८६ मतगणा गर्न मात्र बांकी रहेकोले अशोक अमात्यको प्यानल नै विजय हुने निश्चित रहेको मतगणामा रहेका सहकर्मी रवीन्द्र श्रेष्ठ जानकारी दिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment