Onlinesiraha-Nepali |
शहिदनगरको डुमरियामा १५ शैयाको अस्पताल स्थापन गर्न मन्त्री परिषदको निर्णय Posted: 06 Sep 2018 09:33 AM PDT काठमाडौं भदौ २१ गते । सरकारले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको छ । बिहिबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । सो अस्पतालको नाम शहीद सुर्यनाथ रान यादव स्मृति अस्पताल राखिनेछ ।नेकपाका केन्द्रिय सदस्य जोग नारायण बरबरिया(श्रवण बरबरिया) को विशेष पहलमा उक्त अस्पताल निर्माण लगायत नामाकरण परिवर्तन भएको हो साथै आउदो असोज ४ गते सुर्यनाथ रान स्मृति अस्पतालको उदघाटन हुने तय भएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले जानकारी दिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment