Onlinesiraha-Nepali |
सिरहा भन्सार नजिक भारतीय चालक गरे हङामा,के थियोे कारण ? Posted: 29 Sep 2018 10:32 AM PDT सिरहा, असोज १३ गते । सिरहाको दक्षिणवर्ती माडर बजारमा रहेको बस स्टेशनबाट यात्रु बोकेर भारतको जयनगर पुर्याउने जीप चालकहरुले हंगामा गरेका छन् । भारतीय नम्बर प्लेट र केही नेपाली नम्बर प्लेटका सवारी साधनहरु दैनिक रुपमा यात्रु ओर्सान माडर बस स्टेशनसम्म पुग्ने गरेका छन् । त्यहाँबाट ती सवारी साधनले यात्रु भरेर भारतको जयनगर बजार पुर्याउने गर्छन् । तर शनिवारको दृश्य बेग्लै देखियो । भारतीय नम्बर प्लेटका कमाण्डर जीप, म्याजिकहरु सिमा पारीको बाटो अवरुद्ध गरे । जयनगर जाने सीमा क्षेत्रका बाटोमा उनीहरुले जीप, म्याजिक तेर्साएर राखे । जसले गर्दा आवतजावत पूर्ण रुपले ठप्प भयो । विहानैदेखि सुरु भएको सिमा क्षेत्रमा यात्रु ओसार्ने सवारी चालकहरुको हंगामाले शनिवार फुर्सद पाएर जयनगर हिडेकाहरु अन्यौलमा परे । केही नेपाली नम्बर प्लेटका नीजि सवारीसँगै भाडामा गुड्ने जीप र म्याजिकमा सयौं यात्रु सवार थिए । तर सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रेका भारतीय सवारी चालकले कसैलाई जान दिने स्थितीमा थिएनन् । भारतीय सवारी चालकहरुको हंगामाकै कारण भारतीय सशस्त्र सिमा बल(एसएसवी)को टोली पनि घटना स्थलमा पुगे । तर चालकहरुको माग उचित भएकोले उनीहरु तत्काल बाटो खोलाउन सकेनन् । बाटो अवरुद्ध गरेको खबर जिल्ला भन्सार कार्यालय खैरटोका परिसरमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा अस्थायी वेससम्म पुग्यो । त्यो खबर फैलिदै ईलाका प्रहरी कार्यालय माडर पनि पुग्यो । लगतै दुवै सुरक्षा निकायबाट प्रहरी टोली बाटो अवरुद्धवारे बुझन घटना स्थल पुगे । घटनास्थल पुगेका नेपाली सुरक्षा निकायको अनुरोधमा बाटो खुल्ने सम्भावना कम भयो । यता सयौं यात्रुहरु बाटो खुल्ने ब्यग्र प्रतिक्षामा थिए । लामो रस्साकस्सीवीच नेपाली सुरक्षा निकायका अधिकारी, सिमाक्षेत्रमा यात्रु ओसार्ने आन्दोलन गर्ने भारतीय सवारी चालक र भारतीय एसएसबीले सम्झौता गरे । उनीहरुले जसरी पहिले निर्वाध रुपमा सवारी ओहोर दोहोर गथ्र्यो त्यसैगरी गर्ने भद्र सहमति भयो र बाटो ३ घण्टा पछि सुचारु भयो । आखिर भयो के ? माडर बस स्टेशनसम्मै यात्रु ओर्सान दैनिक पुग्छन् भारतीय नम्बर प्लेट सहितको ३०/३५ वटा कमाण्डर जीप, म्याजिकहरु । भारतीय नम्बर प्लेटका जीपसँग सीमा र भन्सारको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी अस्थायी वेस खैरटोकाका इन्र्चाजले मासिक २ हजार रुपैयाँ माग्न थाल्यो । ५० रुपैयाँको छुट पूर्जिमा बस स्टेशनसम्म पुग्ने गरेका ती सवारी साधनका चालकहरुले सशस्त्र प्रहरी सिमा सुरक्षा बेस क्याम्पसका इन्चार्जले २ हजार रुपैयाँ मासिक माग्न थालेपछि आफूहरु अन्यौलमा परेको सुनाए । उनीहरुले पैसा नदिने निधो गर्दै भारतीय सुरक्षा अधिकारी र सरोकारवालालाई यसवारे जानकारी गराएको दिनेश यादवले बताए । त्यस लगतै उनीहरुले सिमाक्षेत्रमा बाटो अवरुद्ध गर्न पुगे । बाटो अवरुद्ध गरेका भारतीय नम्बर प्लेटका सवारी चालक दिनेश यादवले भने, 'हामीले भन्सारमा दैनिक ५० रुपैयाँमा छुट पूर्जि कटाएर यात्रु ओसादै आएका थियौं । तर हामीसँग इन्चार्ज साहावले महिनावारी पैसा माग्यो । हामी पैसा किन दिनुपर्यो ? त्यै भएर बाटो छेक्यौं ।' यसवारेमा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सिरहाका प्रवक्ता डिएसपी प्रेम रावलले भारतीय सवारी चालकले बाटो अवरुद्ध गरेको र समन्वय गरेपछि खुला भएको बताएका छन् । बाटो अवरुद्ध किन गर्यो ? भन्ने विषयमा उनले केही बताउन चाहनु भएन् । |
सिपलाई श्रममा श्रमलाई उत्पादनमा र उत्पादनलाई समृद्धिमा:मेयर बरबरिया Posted: 29 Sep 2018 10:06 AM PDT धनुषा असोज १३ गते ।मांशी कृषि सहकारी लिमिटेडले आज सफलता पुर्वक छैठौं वार्षिक सधारण सभा सम्पन्न भएको छ ।शहिदनगर नगरपालिकाको डुमरियामा एक कार्यक्रम बिच साधारण सभा मनाएको हो ।"दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी नाराका साथ शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको प्रमुख आतिथ्य एवम उपेन्द्र यादबको अध्यक्षता भएको कार्यक्रममा बोल्दै मेयर बरबरिया मांशी कृषि सहकारीलाई सुभकामना दिदै आगामी दिनमा कार्यक्रमको सफलताको कामना गर्नुभएको छ ।सिपलाई श्रममा श्रमलाई उत्पादनमा र उत्पादनलाई समृद्धिमा रुपान्तरण गर्नु भर्नेमा जोड दिदै यस सहकारीले राम्रो काम गरेको हुनाले आज छैठौं साधारण सभा मनाएको छ ।यसका साथै डुमारियामा रहेका शहिद सुर्यनाथ राण स्मृति अस्पताललाई हामी छिटै सन्चालनमा ल्याउदै छौ यस अस्पतालमा केही व्यक्तिले भ्रम छिर्ने काम गरेको आरोप लगाउनु भएको छ यस भ्रममा नपर्न सम्पुर्णलाई आग्रह गर्नुभएको छ ।धनुषा बचत ऋण सहकारीका अध्यक्ष ध्रुव नारायण यादव,सुपरजोन धनुषाका प्रमुख शिव रत्न शाह वडा अध्यक्ष तनुक लाल यादव, पत्रकार ओम प्रकश शाह,पत्रकार नरेश चन्द्र बरबरिया रुपेश बिराजी लगायत स्थानीयहरुको सहभागी रहेको थियो । अध्यक्ष ध्रुव नारायण यादवले बोल्दै आज यस कार्यक्रमा सहभागी हुँदा निकै खुशी लागेको छ सर्वप्रथम मांशी कृषि सहकारी साधारणको छैठौं वार्षिक सभा सुभकामना कामना गर्दै आजको दिनमा सहकारी प्रत्येक वडामा पुग्नु जरुरी रहेको छ ।ज्ञान शिप भए मात्र विकास सम्भब छ । छोरा छोरीलाई समयमै शिक्षा आवश्यक रहेको यादवले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment