Onlinesiraha-Nepali |
- छुवाछुत न्युनिकरण भएपनि सेवासुविधामा विभेद यथावत
- सनराईज बैंक स्वास्थ्य बीमा बापत राहत चेक हस्तान्तरण गरे
- लन्डनस्तरको खानेपानी योजना लहानमा
- सिरहामा दुई दिने पत्रकारीता तालिम सम्पन्न(फोटो फिचर)
छुवाछुत न्युनिकरण भएपनि सेवासुविधामा विभेद यथावत Posted: 25 Sep 2018 03:54 AM PDT नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ९ असोज । दलितलाई आज पनि विद्यालयपक्षले अनावश्यक रकम तिर्न बाध्य पारेको एक सार्वजनिक कार्यक्रममा खुलासा भएको छ । कक्षा ९ को परीक्षा फारम भर्ने वाहानामा सखुवानन्कारकट्टीको एक विद्यालयले १८ सय रुपैयां माग गरेपछि पवितादेवी पासमान गाउंपालिका प्रमुख केदार यादवलाई उजुरी गरेका थिए । उजुरी गरेपछि पविताको छोरीको फारम निशुल्कमा भरेको खुलासा भएको छ । जहां कक्षा ९ को परीक्षा फारम भर्न ३ सय रकम तिर्नुपर्ने प्रावधान रहेको छ । दर्जनौ दलितबाट विद्यालयले १८ सयकै दरमा रकम असुली गरेको छ । पविता भन्छिन्—'म पैसा किन तिर्नु ? दलितको लागि निशुल्क पढाई छ ।''मेरा साथीसंगीहरुले आफ्ना छोराछोरीको लागि १८ सय रुपैयां तिरे ।' 'उनीहरुका अभिभावक विदेश कमाउंने गरेकोले पैसा र अधिकारको महत्व नभएर विद्यालयले माग गरे जति पैसा तिरेका छन् ।' सखुवानन्कारकट्टीका शिक्षा संयोजक विजय यादवले भने 'लिखित वा मौखित उजुरी आयो भने हामी कारवाहीको दायरामा लैजान्छौ ।' ' निशुल्क शिक्षाको अवधारणा भएको बेला थप पैसा लिनु भ्रष्टाचारी हो ।' नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सिरहाको आयोजनामा आज स्थानीय नेतृत्व र स्थानीयस्तरमा योजना निर्माण संयन्त्रहरुसंग जातिय भेदभाव तथा छुवाछुत विषयक संवाद कार्यक्रममा सहभागीहरुले यस्तो विभेदको प्रसंग उठाएको छ । योजना तर्जुमा समावेश भएका कामहरु अधुरा रहेको भन्दै अर्का सहभागी भोलीदेवी सदाय भन्छिन्—'हाम्रो दलित बस्तीमा बाटो व्यवस्थित छैन । दलानको काम अधुरो रहेको छ ।' 'दलितले चाहेको कति निर्माण काम योजना तर्जुमा समावेश गदैनन् ।' 'गरेपनि पुरा हुंदैन ।' 'विभेद यथावतै छ ।' तर, धैरै हदसम्म छुवाछुत न्यूनिकरण भएको छ ।' मानविर यादवले भने ' आज पनि दलित सदाय वस्तीमा बाटो नै गायब हुने गरेको छ ।' 'छुवाछुत भन्दा विकास निर्माण काम दलित बस्ती नहुंदा अनि विभेद हुने ठहर छ ।' अर्का सहभागी देवनारायण रामले भने 'बेटाबेटीमा विभेद छ ,मानव मानवबीच विभेद छ ।' 'दलितको घरमा मात्रै होइन् यादवकै घरमा बह्मानले दहीच्युरा खान तयार हुन्छ । तर,दालभात तरकारी खादैन ।' 'जनसंख्याको आधार नेतृत्व आवश्यक छ ।' उनले बताए । कार्यक्रममा गाउंपालिकाकी उपप्रमुख अमलादेवी यादव, वडाध्यक्षहरु वैद्यनाथ यादव, शुभनारायण यादव, नेकपाका बद्रीनारायण चौधरी, हरिनारायण चौधरी, दलित कल्याण संघका सिरहा अध्यक्ष मोहन पासमानलगायतले स्थानीयतहमा जातीय विभेदका सवालहरुलाई योजना तर्जुमा प्रक्रिया तथा नीतिहरुबारे चर्चा गरिएका थिए । कार्यक्रमका सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले गरेका थिए । |
सनराईज बैंक स्वास्थ्य बीमा बापत राहत चेक हस्तान्तरण गरे Posted: 25 Sep 2018 03:50 AM PDT लहान ,९ असोज । सनराईज बैंक ,लहान शाखाले ग्राहकका लागि ल्याएको स्वास्थ्य बीमा सुबिधा योजना अन्तर्गत आज एक महिलालाई राहत स्वरुप चेक हस्तान्तरण गरेको छ । लहान शाखाका ग्राहक सीतापुर प्र. ध.—३ हाल लहान न.पा.—८ बस्दै आएकी ३० बर्षिय रिताकुमारी यादवलाई ३ हजार ३ सय ९७ रुपैयाको चेक हस्तान्तरण गरेको छ । यादवको गत महिना बिराटनगर अस्पताल प्रा. लि., बिराटनगरमा पथरीको शल्यक्रिया गरिएको थियो । बैंकका कर्मचारी धिरज प्याकुरेलले हरेक बचतकर्तालाई डबल सुरक्षा प्रदान गर्ने उद्देश्यले बैंकले स्वास्थ्य र दुर्घटना बिमाको योजना ल्याएको साथै हाल बैंकले देश भरमा ९१ शाखा, २४ शाखा सहित बैंकिंग सेवा ४ एक्सटेन्सन काउण्टर र १०७ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएका छन् । बैंकले स्वास्थ्य बिमा अन्तर्गत ग्राहकलाई स्वास्थ्य उपचार गराउदा लाग्ने खर्चमा १ लाख नबढ्ने गरि बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाईने ब्यबस्था गरेको छ । यस अघि भाद्र २५ गते सो बैंकले दुर्घटनामा परेर मृत्यु भएका राजबिराज न. पा. ८ निवासी फुलेश्वर मिश्रका परिवारलाई दुर्घटना बीमा बापत १ लाख ६९ हजार ३ सय ९५ तथा जेष्ठ १८ गते स्वास्थ्य बिमा सुबिधा अन्तरगत राजबिराज १ का राम अवतार यादवलाई उपचार खर्छ बापत ४४ हजार रुपैयाँ उपलब्ध गराएको बैंकका अर्का कर्मचारी बिदयानन्द चौधरीले बताएका छन । |
लन्डनस्तरको खानेपानी योजना लहानमा Posted: 25 Sep 2018 03:44 AM PDT नवसंग्राम दैनिक । रेडियो सौगात लहान ९ असोज । थौरे कर्मचारी नगरक्षेत्रमा विशुद्ध पानी जनतामा दिन सकिने मेशनरीका साथ लहानमा खानेपानीको योजना लागु हुने भएको छ । नेपालमै पहिलो पटक यस्तो मेशनरीको खानेपानी योजना ल्याउंन लागेको लहान नगरपालिकाका मेयर मुनी साहले बताए । यो मेशनरीको खानेपानी योजना लन्डन शहरका संचालनमा रहेको छ । लन्डन जस्तो विशाल शहरमा यो मेशनरीको खानेपानी तीन जना कर्मचारीले मात्रै संचालन गदै आएको छ । यस कार्यक्रमको योजना लहान नगरपालिका खुला दिशामुक्त भएदेखि सम्भव भएको योजनाका नेपाल स्थित कार्यक्रम हेर्दै आएका शम्भु साहले बताए । सिरहाको लहान नगर पालिकामा वर्षौदेखि झेलिरहेको मानव स्वास्थमा क्षति पुर्याइरहेको खानेपानीको यो विकल्प तयारी लागि सम्झौता भएको छ । मेयर मुनी साह निर्वाचित भए देखि नै यस योजनाको लागि निरन्तर प्रयासमा लागेका थिए । खानेपानीको गुणस्तर र वितरणको समस्या सरसफाई, ढल निकास, चर्पिबाट निस्किने लेदो फोहर ब्यवस्थापन समस्यालाई विस्तृत अध्यन गरि डिजाईन,ईस्टीमेट गरि,कार्यक्रम ,योजना बनाई सामाधान गर्नका लागि खानेपानी,सरसफाई मन्त्रालय,बेलायतका १६ वटा राष्ट्रिय प्रतिस्ठित दातृ सँस्थाका प्रतिनिधीहरु, वाटरएडका प्रतिनिधि,र लहान नगर पालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता भए बमोजिम नगर भित्रका विस्तृत खानेपानी सरसफाई योजना तयार गर्ने र पहिलो चरणमा पुरानो १० वटा वडामा जनतालाई शुद्ध खानेपानी घर सम्म उपलब्ध गराउन खानेपानी बोर्डिङ्ग, ट्याकी, सप्लाई पाईप, धाराको साथै गुणस्तरीय पानी उपलब्ध गराउने, अर्को ढल निकास र फोहरको ब्यवस्थापनका लागि योजना बनाएर काम अघि बढाउंने योजनाको लक्ष्य रहेको छ । यी सबैका लागि मुख्य आर्थिक सहयोगी सँस्थाहरु बेलायत र खानेपानी सरसफाई मन्त्रालय र लहान नगर पालिका वाटरएडको समन्वय र सहकार्यमा योजना सम्पन्न गरिने भएको छ । सोही अनुरुप सम्झौता गरि सहयोग गरेको जानकारी प्राप्त भएको छ । नगरवासी र लहान नगर पालिका कार्यालयको तर्फबाट नेपाल सरकार,दातृ सँस्थाहरु बेलायत, वाटरएड सँस्था ,प्रतिनिधीहरु सबै सहयोगी मित्रहरुमा लहान नगरपालिकाले धन्यवाद दिदै जानकारी गराउंनु भएको छ । |
सिरहामा दुई दिने पत्रकारीता तालिम सम्पन्न(फोटो फिचर) Posted: 24 Sep 2018 06:48 PM PDT नरेशचन्द्र बरबरिया सिराहा असोज ९ गते । सिरहामा दुई दिने पत्रकारीता तालिम सम्पन्न भएको छ ।सर्च फर कमन ग्राउन्डको सहयोग नेपाल पत्रकार महासंघ सिरहाले आयोजना गरेको दूई दिने पत्रकारिता तालिममा एसपी श्रेष्ठले नयाँ पुस्तामा रहेको सामाजिक विकृति निष्तेज पार्न र महिला हिंसा तथा बलात्कारको घटनालाई न्यूनिकरण गर्न सुक्षम अनुसन्धान गरिरहेको बताउंनुभयो ।सिरहाको रमझम होटलमा आयोजना भएको दुई दिने पत्रकारिता तालिम बिभिन्न किसिमका खेलहरु खेलाएर मनोरञ्जनात्मक तरिकाले तालिम भएको थियो । नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताका सभाध्यक्षतामा भएको सो कार्यक्रममा सिरहा नगरपालिका निम्ति अधिकृत, वरिष्ठ पत्रकार गंगा साह, सर्च फर कमन ग्राउन्डका फिल्ड अफिसर श्रमलाल चौधरीलगायतले मन्तव्य राख्नुभएका थिए ।समाजमा भइरहेको विसङ्गति,विकृतिलाई रोकथाम यसलाई जरै बात हटाउन र महिला हिंसा न्यूनीकरण मा पत्रकारले खेल्ने भूमिका समेत तालिममा प्रकाश लुइँटेल स्पष्ट पारे सहभागी सम्पूर्णलाई प्रमाण पत्र प्रदान गरी तालिमलाई समापन गरेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment