Onlinesiraha-Nepali |
- रेडियो समग्रले आठौ वार्षिक उत्सव मनाए
- क्यानको ९औ वार्षिक साधारण सभा सम्पन्न
- सरोकारवालाहरु संगको सम्वाद कार्यक्रम सम्पन्न
रेडियो समग्रले आठौ वार्षिक उत्सव मनाए Posted: 21 Sep 2018 09:03 PM PDT फिरोज शेख लहान २०७५ असोज ६| समग्र जान उत्थान केन्द्र लहान द्वारा संचालित सामुदायिक रेडियो समग्र एफ एम १०७ मेगाहर्जले हिजो आफ्नो आठौ वार्षिक उत्सव मनाएका छन। रेडियो समग्रका अध्यक्ष भैरव प्रशाद गेलालको अध्यक्षता तथा प्रदेश २ सिरहा क्षेत्र नम्बर १ को ( क ) बाट निर्वाचित प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न आठौ वार्षिक उत्सवमा समाजसेवी अशाेक अमात्य , रेडियो कर्मी मदन मण्डल र गीतकार तथा सङ्गीतकार सुर्यनारायण सम्मानित भएका छन। मानवअधिकार ,शान्ति र विकाशका लागि साझा सवालका लागि साझा आवाज भन्ने मूल नारा सहित २०६७ साल विश्व शान्ति दिवसको दिन बाट संचालनमा आएको सामुदायिक रेडियो समग्र एफ एम १०७ मेगाहर्जले कार्यक्रमा रेडियोमा कार्यरत कर्मचारीहरु लाई प्रशंसा पत्र मार्फत सम्मान गरेका छन। कार्यक्रममा शुभकामना राख्दै लगन लाल चौधरीले भन्नु भयो रेडियो जनताको ढुकढुकी र परिवर्तन संबाहक बनि सकेको छ | रेडियोको विकासका लागि तिनै तहका सरकारको सहयोग आवश्यक छ| यसै बीच कार्यक्रमा नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गंगा प्रसाद यादवले भन्नु भयो रेडियोकर्मी पत्रकारहरुले सत्य तथ्य निर्धक स्वतन्त्र भएर लेख्नुस र बोल्नुस समाजको समृद्धि र विकासका लागि भ्रष्टाचार अन्तय ,विकृति हटाउन आफ्नो भूमिका निर्वाह गर्दै जानुस हाम्रो साथ र सहयोग सदैव रहने छ | त्यस्तै शुभकामना मन्तव्य राख्ने क्रममा पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता , मानव अधिकारकर्मी सुनिल साह , महिला अधिकारकर्मी जिवाछी यादव, पत्रकार जिवछ उदासी रेडियो सरगम ९३ मेगाहर्जका संचालक संचालक फिरोज शेख ,एभरेष्ट कलेज प्रमुख धरणीधर अधिकारि ,लहान ४ का वडा अध्यक्ष राम नाथ पण्डित ,लहान ६ का वडाध्यक्ष अरुण केसी लगायतले शुभकामना दिदै परिवर्तित सन्दर्भमा स्थानीय भाषा संस्कृतिको महिमा उजागर गर्दै समाजिक विकृति हटाउन भमिका खेल्नु पर्ने कुरामा जोड दिनु भएको थियो | कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधि , जनप्रतिनिधि , मानवाधिकारकर्मी ,संचारकर्मी , प्रहरी प्रशासन ,स्रोता लगायतको उपस्थिति रहेको थियो । आठौ वार्षिक उत्सवको अवसरमा रेडियोमा कार्यरत रेडियोकर्मीहरुले विभिन्न संस्कृतिक कार्यक्रम , जनचेतना मुलक नाटक प्रस्तुत गरेका थिए। भने कार्यक्रमको संचालन रेडियोकर्मी राम भरोसी महतोले गर्नु भएको थियो। |
क्यानको ९औ वार्षिक साधारण सभा सम्पन्न Posted: 21 Sep 2018 08:55 PM PDT फिरोज शेख लहान २०७५ असोज ६ । सिरहाको लहानमा कम्प्यूटर एसोसिएसन नेपाल महासंघ सिरहाको ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सिरहाको लहानमा अवस्थित सिम्रिक होटलको सभा हलमा क्यान जिल्ला अध्यक्ष धनन्जय महतोको अध्यक्षता तथा क्यानका केन्द्रिय अध्यक्ष दिपेन्द्र राज सिंहको प्रमुख आतिथ्यमा सम्पन्न ९औ वार्षिक साधारण सभामा उपाध्यक्ष नरेन्द्र कुमार सिंह ,सचिव संजय कुमार ठाकुर ,सह-सचिव सिनोद यादव लगायत सदस्यहरु सन्तोष साह , घुरन महतो ,रामानन्द शर्मा ,सचिन्द्र भटराई ,शंकर श्रेष्ठ , किरण कुमारी झा , कसरी राज पाण्डे ,उमेश कुमार सिंह , नन्द किशोर गुप्ता ,सरोज झा,रविन्द्र कुमार महत , सुरेन्द्र कुमार महतो ,कृष्ण चन्द्र यादव , जिवछ कुमार महतो , मनोज कुमार शर्मा लगायत कम्प्यूटर सम्बन्धि कार्य गर्नु हुने सिरहा जिल्लाका सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। साधारण सभामा बोल्दै अध्यक्ष धनन्जय महतोले सस्थाले आफ्नो कार्यकालमा गरेका काम र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।साधारण सभाले अध्यक्ष महतोले प्रस्तुत गर्नुभएको प्रतिबेदन सर्बसम्मत पारित गरेको छ । त्यसैगरी कोषाध्यक्षको अनुपस्थितिमा सचिव संजय कुमार ठाकुरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पनि सभाले सर्बसम्मत पारित गरेको छ । कार्यक्रम मा बिबिन्न संघ सस्थाका प्रतिनिधि पत्रकारको उपस्थिथि रहेको थियो भने बक्ताहरुले बोल्दै बिज्ञान तथा प्रबिधि क्षेत्रमा लागेका व्यक्तिको लागि अति आवस्यक संस्था क्यान भएकोले ढिलो चाडो यो संस्था सबैलाइ आवस्यक पर्ने हुदा यस छेत्रमा लागेका साथिहरुले जति सके छिटो यो सस्थामा आफ्नो स्थान सुरक्षित राख्न न सके भबिस्यमा पछुताउनु सिबाय केहि न रहने धर्ना राख्नु भएको थियो । ९ औ वार्षिक साधारण सभामा आगामी कार्ययोजनाहरु पनि सर्व सहमतले पारित गरिएको छ । |
सरोकारवालाहरु संगको सम्वाद कार्यक्रम सम्पन्न Posted: 21 Sep 2018 08:49 PM PDT फिरोज शेख लहान २०७५ असोज ६। अन्तर्राष्ट्रिय शान्ति दिवशको अवशरमा सिरहाको लहानमा "मेरो लागि न्याय कहा" छ ? भन्ने मुख्य विषयमा केन्द्रीत भई सरोकारवालाहरुसंगको अन्तकृयात्मक सम्वाद कार्यक्रम हिजो सम्पन्न भएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) सिरहा, मुक्ति नेपाल गोलवजारको आयोजना तथा मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहा ,महिला मानवअधिकार रक्षक संजाल सिरहा र इन्सेक सिरहा संगको सहकार्यमा आयोजित उक्त अन्तकृयात्मक सम्वाद कार्यक्रममा हिंसा प्रभावितहरुले आफुले वर्षौ वितिसक्दा पनि न्याय नपाएको भन्दै सरोकारवालाहरु समक्ष आफनो गुनासो राखेका थिए । कार्यक्रममा 'बलात्कार तथा महिलामाथि हुने सबैखाले हिंसा नियन्त्रण र हिंशा प्रभावितहरुको न्यायमा सहज पहुँचको वातावरण निर्माण' गर्नका लागि गृह प्रशासनको ध्यानार्कषण गराउदै मानवअधिकारका क्षेत्रमा कृयाशील संस्था तथा संजालका प्रतिनिधीहरुद्धारा हस्ताक्ष्रित ज्ञापन पत्र सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डीतलाई बुझाएको छ। कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डीतले समाजमा महिलामाथिको हिंसा वृद्धिहुनुमा हाम्रो शैक्षिक प्रणालीको समेत दोष रहेको बताउनु भयो , वहाँले विधालयबाट नैतिक शिक्षा पाठयक्रमबाट हटाइएकोले पनि युवाहरुमा अनुशासन कम हुदै गएकोले फेरी समाजमा सामाजिक असन्तुलन कायम राख्न र अपराधीक मनस्थितीलाई निरुत्साहित गर्न विधालयमा नैतिक शिक्षा तथा समाजमा अध्यात्मिक चिन्तन र सकारात्मक सोचको विकास गर्नमा सबैले जोड दिनुपर्ने र सम्पतिका कारण महिला हत्याका घटना वृद्धि भइरहेको छ जस्को पछिल्लो उदाहरण कारीदेवी यादवको हत्याको घटना हो भनि बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख जीवन कुमार श्रेष्ठले समाजमा अपराधको घटना नघटनुनै राम्रो तर घटिहालेपनि तत्काल न्याय निरुपण हुन सके दोषीलाई कारवाही गर्न सकेपनि अपराध नियन्त्रण हुने बताउदै यसकालागि सबै पक्षको सहयोग प्रहरीलाई आवश्यक पर्नेहुन्छ । जिल्लामा शान्ति, सुरक्षा व्यवस्थापन गर्न सिरहा प्रहरी अहोरात खटिरहेको समेत वहाँले बताउनु भयो । त्यसैगरि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं २ कार्यालय जनकपुरका प्रमुख विर बहादुर बुढा मगरले पछिल्लो दिनहरुमा देशैभर बलात्कार तथा महिलामाथि हुने हिंसाका घटनाहरुमा वृद्धि भएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासनको भुमिका प्रभावकारी हुनु पर्ने बताउनु हुदै समुदायमा सचेतना अभिवृद्धि गर्नका लागि आयोग आफैले जिल्लामा उपस्थिीत भई स्थानीय सरकार तथा नागरिक संस्थाहरुसंग सहकार्य गरि मानवअधिकार शिक्षा कार्यक्रम संचालन गर्न शुरुवात गरेको बताउनु भयो । कार्यक्रममा घरेलु हिंशा पिडितले आफुमाथि आफनै श्रीमानले हिंसा गरिरहेको, नागरिकता नबनाई दिएको, विवाह दर्ता पनि नभएको र खान लाग्न केही नदिई दिनरात कुटपिट गरिरहेको बताउदै ड्राइभर पेशामा रहेको श्रीमानले अर्कै महिलासंग सम्बन्ध रहेकोले आफु र आफनो दुईवटा सन्तानले निकै हिंसा खेप्नु परेको दुखेसो राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष आफनो नागरिकता बनाईदिन आग्रह गरेकी थिइन । सम्वाद कार्यक्रमको स्थानीय एफ.एम रेडियो समग्र एफएम. १०७ मेगाहर्ज र रेडियो सरगम ९३ मेगाहर्ज बाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment