Onlinesiraha-Nepali |
पत्रकार महासंघका अध्यक्ष साह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता!सबै अा-अाफ्नै कसरतमा। Posted: 17 Sep 2018 08:22 AM PDT अमित ठाकुर।रौतहट।असोज ०१।नेपाल पत्रकार महासंघ रौतहट शाखाका निर्वा्चित अध्यक्ष रविन्द्र साहका विरुद्धमा सोमबार अविश्वास प्रस्ताव दर्ता भएको छ । अध्यक्ष साहले पत्रकार अचार संहिताको उलंघन गरेको , विधान विपरीत काम कार्यवाही गरी आर्थिक अनियमितता गरेको भन्दै शाखा ५३ जना सदस्यले हस्ताक्षर गरी अविश्वासका प्रस्ताव दर्ता गराएका हुन । शाखाका अध्यक्ष उत्तम उपाध्यायले अविश्वासका प्रस्ताव माथि तोक लगाएर अविश्वास प्रस्ताव दर्ता गरेका छन । ७६ जना सदस्य भएको महासंघको अध्यक्ष विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित हुनेमा शंका रहेको छ । बहुमतको लागि ५२ जनाको आवशयक रहेको छ । अविश्वासको प्रस्तावको सामना गर्ने अध्यक्ष साहलाइ २६ जनाको समर्थन जरुरी रहेको देखिएको छ । निर्वाचित अध्यक्ष साह आफ्नो पक्षमा समर्थन प्राप्त गर्नको लागि प्रायसरत रहेका छन भने अविश्वास प्रस्ताव दर्ता गराउने पक्ष ५३ जनाको समर्थन कायम राख्नको लागि कसरत गर्ने अवस्थाको सृजना भएको छ । रौतहटमा अहिले सम्म यस्तो नभएको कार्य यस पाली भएको छ । मधेशी मोर्चाको समर्थनमा साह अध्यक्षमा निर्वा्चित भएका थिए । २०७४ वैशाखमा संपन्न भएको छैठौ साधारण सभामा प्रेस चौतरीका उमेदवार प्रेमचन्द्र झा र प्रेस यूनियनका उमेदवार प्रभात झालाइ पराजित गर्दै अध्यक्ष पदमा साह निर्वा्चित भएका थिए । १८ महीनाको कार्यकालमा नै अध्यक्ष साह माथि पहिलो पटक ऐतिहासिक रुपमा अविश्वासका प्रस्ताव दर्ता गराइएको छ । |
सिरहामा खुल्लेआम अश्लिल “ओरकेष्ट्रा”, विकृति फैलदै Posted: 17 Sep 2018 07:31 AM PDT विनय यादव सिरहा स्थानीय प्रशासनले जिल्लामा अश्लिल ओरकेष्ट्रा नचाउन प्रतिबन्ध लगाएपनि मिर्चैयामा खुल्लेआम मूख्य राजमागको छेउमै अश्लिल ओरकेष्ट्रा नचाइएको छ । विश्वकर्मा पूजाको अवसर पारेर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मिर्चैया नपा–६ स्थित मटियर्वा चोकमा दिनदहाडै खुल्लेआम अश्लिल ओरकेष्ट्रा नचाइएको हो ।सिरहाको गमहरीया, माडरमा पनि ओरकेष्ट्रा सुरु भए लगतै झगडा भएको थियो र बन्द भएको थियो। जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले भजन कृर्तन बाहेकका अश्लिल कार्यक्रम तथा नृत्यमा पूर्णतः रोक लगाएपनि मिर्चैयामा भने सुन्नै नसकिने अश्लिल भोजपुरी गित बजाएर महिला नर्तकी (ओरर्केष्ट्रा) नाचिएको छ । विश्वकर्मा पूजाको अवसर पारेर स्थानीय केही यूवा तथा व्यापारीहरुले मनोरञ्जनको हिसाबले महिला नर्तकी (ओरकेष्ट्रा) नचाएका हुन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहसँग यस सन्दर्भमा कुरा गर्दा उनले सामान्य साँस्कृतिक कार्यक्रम भएको दावी गर्दै अश्लिल ओरकेष्ट्रा बारे जानकारी नभएको र आयोजकलाई सामान्यखाले कार्यक्रमको मात्र अनुमति दिएको बताए । उनले भने 'महिला नर्तकी र अश्लिल गितमा नृत्य गर्न पाउँदैन, समाजिक सद्भाव खलबल्लीने गरी त्यस्तो कुनै प्रकारको गतिविधि गर्न पाउँदैन ।' डिएसपी शाहले न्यूज ब्यूरो सँग भने । तर, स्थानीय बुद्धिजिवीहरुले भने मूख्य राजमार्गमै खुल्लेआम अश्लिल गितमा ओरकेष्ट्रा नचाउनु र प्रहरी अनभिज्ञ रहनुमा पावरबालाको ईसारा हुन सक्ने प्रतिक्रिया दिए । पछिल्लो समय प्रदेश २ मा कुनैपनि पर्वमा ओरकेष्ट्रा नभई नहुने जस्तो प्रवृति हावी भएको देखिएको छ । धार्मिक पूजनपाठनमा यस किसिमको अश्लिल कार्यक्रम आयोजना गरिएर तराई–मधेशको सँस्कृति उपर धारिलो प्रहार भएको देखिन्छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment