/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


निर्मला पन्तको हत्यारामाथी कारवाहीको माग गर्दै सिरहामा पनि प्रसर्शन(फोटो फिचर)

Posted: 15 Sep 2018 09:41 AM PDT

नरेशचन्द्र बरबरिया,सिरहा भदौ ३० गते देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार  चुकेको भन्दै सिरहामा प्रदर्शन भएको छ। 'निर्मलाका निम्ति न्याय' नाममा सिरहाको दुई स्थानमा युवाहरुले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्। शनिबार ३ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको चर्को विरोध गरे। हत्यारालाई कार्वाही गर!बिडितलाई न्याय दे !महिला हिंसा बन्द गर ! जस्ता नाराबाजी गर्दै युवाहरुले सरकारको चर्को बिरोध सहित दवाब दिएका थिए ।सिरहाको महाबिर चौकमा र हेमनारायण चौकमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिश्व सरसफाई दिवसमा राज्यमन्त्री मन्डलले लगाए झाडु

Posted: 15 Sep 2018 12:53 AM PDT


नरेशचन्द्र बरबरिया , सिरहा भदौ ३० गते  । प्रदेश नं. २ का उद्योग, पर्यटन वन तथा बातावरण राज्यमन्त्री सुरेश मण्डलले सडकमा झाडु लगाएका छन् । विश्व सरसफाई दिवसको अवसरमा मधेश नेपाल युवा ट्रष्ट सिरहाले आयोजना गरेको सप्रदेश रसफाई कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका राज्यमन्त्री मण्डल सडक बढारेका हुन् ।उक्त कार्यक्रममा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,स्थानीय,बुद्धिजिबी,समाजसेवी,विद्यार्थी लगायतको सहभागी रहेको थियो ।नेपाल मधेस युवा ट्रस्टका अध्यक्ष रमेश मन्डलले साप्ताहिक रुपमा सरसफाइ अभियानलाई निरंतरता दिने प्रतिबद्धता व्यक्त गरे ।


सिरहा नगरपालिका वडा नम्बर १६ खिरौना चोकदेखी माडर बस स्टेसनसम्मको मुख्य सडक सरसफाई गरिएको छ । राज्यमन्त्रीले मण्डलले झाडु लगाउँदै सरसफाई अभियानमा सबैलाई जुट्न समेत आग्रह गरे ।



शनिवार १५ सेप्टेम्बर बिश्व सरसफाई दिवसको अवसरमा "सफा रहु, स्वच्छ बनौं" भन्ने मुल नाराका साथ सयौंको संख्यामा युवाहरुको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment