Onlinesiraha-Nepali |
विद्युत प्राधिकरण मिर्चैयाद्धारा ५९ करोड भन्दाबढी महशुल असुली Posted: 07 Aug 2018 05:37 AM PDT राम नारायण पंडित, सिरहा, २२ साउन । केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट शुन्यमा झारिएको हो । आर्थिक वर्ष २०७३÷७४ सम्ममा ९ दशमलव ७२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो । यस्तै समयमै विद्युत् महसुल नबुझाउने एक हजार ३ सय ३५ ग्राहकको विद्युत् लाइन आव २०७४÷७५ मा काटिएको यादवले बताए । बाँकी बक्यौता रकम समयमा नबुझाएका तथा पटक पटक महसुल बुझाउन आग्रह गर्दा पनि बेवास्ता गर्ने ग्राहकको लाइन काटिएको यादवको भनाइ छ । विद्युत् लाइन काटिएका एक हजार ५३ ग्राहकबाट रु दुई करोड ५६ लाख १३ हजार पुरानो बक्यौता रकम संकलन गरिएको छ । वितरण केन्द्र मिर्चैयाले आव २०७४÷७५ मा अंकुश लगाएर विद्युत् चुहावट गर्ने १९३ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु आठ लाख २८ हजार राजश्व संकलन गरिनाका साथै २०० भन्दा बढी विद्युत् उपकरण बरामद् गरिएको बताइएको छ । बितरण केन्द्रले २०७४ साउन महिनादेखि २०७५ असार महिनासम्ममा ५९ करोड २४ लाख ६५ हजार ४ सय ६८ रुपैया विद्युत महशुल असुली गरेका छन् । |
कर्जन्हा नगरपालिकाको केन्द्र विवाद सतहमा Posted: 07 Aug 2018 05:25 AM PDT राम नारायण पंडित, सिरहा, २२ साउन । कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने भन्दै मेयर गंगा पासवानलाई नागरिक समाजले ज्ञापनपत्र बुझाएका छन् । समाजका संयोजक कुशेश्वर महतोको नेतृत्वमा पुगेका टोलीले बिभिन्न ५ बुँदे माँग राख्दै मेयर पासमानलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन । समाजले कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने, नगरपालिकाकोे जनहितका लागि कृषि, शिक्षा तथा रोजगारी लक्षित जनपक्षीय कार्यक्रमहरु जारी गर्नुपर्ने, कर्मचारीको मनोमानी तथा ढिलासुस्ती बन्द गर्नु पर्ने, नगरपालिकाको कार्यालयमा अपराधिक व्यक्तिहरुद्धारा भएको आगजानीको अनुसन्धान गरेर अपराधीलाई कार्बाही गर्नुपर्ने र अनियमित खर्च अबिलम्ब बन्द गरी नगरपालिकाको आय–व्ययको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माँग राख्दै मेयर पासमानलाई ज्ञापनपत्र बुझाएका छन् । समाजका संयोजक महतोले कार्यालयमा विगत लामो समयदेखि सुरक्षाको बहाना बनाउँदै अधिकृत नआउँदा कामकाज प्रभावित बनेको बताए । मेयर पासवानले ज्ञापनपत्र बुझ्दै छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । उनले केहिदिन अगाडी कर्जन्हा संघर्ष समितिले हाल रहेको बगहामै नगरपालिकाको केन्द्र राख्नुपर्ने माग गरेको बताउँदै दुबै पक्षसँग छलफल गरी आवश्यक निर्णय लिने बताए । कर्जन्हा नगरपालिकाको कार्यालय भबनका लागि नागरिक समाजमा आवद्ध व्यक्तिहरुले ९ कट्ठा १६ धुर जग्गा समेत उपलब्ध गराएका छन् । कर्जन्हा गाउँपालिका विगत केहि महिनादेखि विवादमा फसेका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment