Onlinesiraha-Nepali |
शिवशक्ति महायज्ञमा भक्तजनको घुईचो : अयोध्याका रामलिलाले दर्शकलाई मन्त्रमुग्ध गर्दै Posted: 30 Aug 2018 06:03 AM PDT राम नारायण पंडित, सिरहा, १४ भदौ । मिर्चैयामा भईरहेको शिवशक्ति महायज्ञमा भक्तजनहरुको घुईचो बढ्दै गएको छ । विश्व शान्तिको उद्धेश्यले मिर्चैया नगरपालिका वडा नं. ६ मटियर्वा स्थित बतहा खोलामा आयोजना गरिएको शिवशक्ति महायज्ञमा पुजापाठ गर्न तथा यज्ञ भर्नका लागि आउने दर्शनार्थीहरुको घुईचो लागेको आयोजकले बताए । महायज्ञको मुख्य आकर्षण अयोध्याका रामलिला रहेका छन् । पौराणिक कालको झझ्ल्को दिने किसिमले मंचन भइरहेको रामलिलाले दर्शकहरुलाई मन्त्रमुग्ध गरिरहेका छन् । प्रत्येक राति भइरहेको रामलिला हेर्नका लागि बिभिन्न स्थानबाट आएका दर्शनार्थीहरुले थप रौनक बढाएका छन् । देश र समाजमा बढ्दै गएको हत्याहिंसा, बलात्कार, अत्याचारलाई न्युन गर्ने उदेश्यले आयोजना गरिएको महायज्ञले मानव प्राणीमा सदाचार,सदभाव र भाईचारा बढ्नुको साथै धर्मप्रतिको आस्था जाग्ने अपेक्षा गरिएको छ । समाजमा समाजिक परम्परा भड्किने र आँच आउने किसिमको नृत्य कार्यक्रमलाई बिस्थापित गरी संस्कृति र परम्परालाई जागाउँनका लागि अयोध्याको रामलिलाको आयोजन गरिएको महायज्ञ आयोजक समितिका उपाध्यक्ष संजिब यादबले बताए । हरिद्धार उतराखण्डका श्री श्री १०८ श्री बाल व्यास मौनी बाबा र तान्त्रिक बाबा महाराज बिक्रम दासको प्रमुख आयोजनामा भईरहेको महायज्ञमा मटियर्वावासीको सहयोग रहेका छन् । भदौ १० गतेदेखि सुरु भएको महायज्ञ भदौ १८ गते सम्म चल्ने उपाध्यक्ष संजिब यादबले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment