Onlinesiraha-Nepali |
रौतहटको लाल बकैया नदीमा डुंगा दुर्घटना हुदा २ दुर्जन भन्दा बढी ब्यक्ति बेपता खोजी कार्य जारी Posted: 25 Aug 2018 10:12 AM PDT अमित ठाकुर।रौतहट।भाद्र ०९।रौतहटको टिकुलिया अौरैया घाटमा अाज बेलुकी डुंगा दुर्घटना भएको छ ।करीब तीन दर्जन भन्दा बढी यात्रु बोकेको डुङ्गा साँझ ७ बजे वारिपारी गर्ने क्रममा दुर्घटना भएको छ । सदरमुकाम गौर नजिकै रहेको लाल बकैया खोलामा डुंगा दुर्घटना हुँदा १५ जना सवार ब्यक्तिले नदी पौडी अाफ्नो ज्यान बचाएको नदीमा खोज्न गएको स्थानीयवासीले बताएको छ l प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार १५ जना प्रहरी सम्पर्कमा अाएका छन्। २५ जना भन्दा बढी हराएका छन्। सीमावर्ती भारतीय सुरक्षाकर्मीलाई पनि भारतीय भुमिमा हराएकाहरुलार्इ खोजी गर्नका लागि प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गर्नु भएको छ। डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह रहेको थियो । भने गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनी सहित १५ जना खोला तैरिएर सकुशल प्रहरी सम्पर्कमा आएको रौतहटका प्रहरीले जनाएका छन । सशस्त्र प्रहरी बेस क्याम्पस अरहैयाका सशस्त्र प्रहरी निरीक्षक रामबालक प्रसाद साहले दिएको जानकारी सशस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ।प्रहरी प्रमुख ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। सयभन्दा सुरक्षाकर्मी, स्थानीय पौडीबाज, विपद व्यवस्थापन सँग सम्बन्धि संस्थाका स्वयं सेवक परिचालन गरिएको छ। ढुंगा चालक सिंहले स्थानीयलाई टेलिफोनमा बताएअनुसार ढुंगामा ४० जना जति सवार थिए। बन्जाराहबाट सदरमुकाम गौरको टिकुलिया घाट तर्फ आउँदै गर्दा करिब साँझ ७ बजेतिर लालबकैया नदीमा आएको बाढीको भेलले डुंगालाई पल्टायो। तर स्थानीय स्रोतको अनुसार नदीमा आएको बाढीको कारणले डुंगा बगाई नज्दिकै रहेको निर्माणाधीन पुलको पिलरमा ठक्कर दिदा दुर्घटना भएको हो l डुंगामा २ वटा साइकल थियो। घाँस काट्न आएका महिला, पुरुष र बालबालिका सवार थियो। डुंगामा स्थानीय टिकुलियाका ब्यक्तिहरु बढी सवार रहदा यो घटनाले टिकुलियाबासी नै शोकमा डुबेका छन। |
सिरहामा दूई बलात्कारको घटना, आरोपित फरार Posted: 24 Aug 2018 11:15 PM PDT नवसंग्राम दैनिक लहान, ९ भदौ । सिरहाको लक्ष्मीपुर पतारी ५ मा एक ३६ बर्षीया महिलाको बलात्कार गरेको छ । भदौ ७ गते राती १२ बजेतीर लक्ष्मीपुर पतारी ५ खरुकियाही बस्ने बर्ष ३५ को सुरेश यादवले जबर्जस्ती करणी गरेको हो । मध्य राती सुतिरहेको अवस्थामा यादवले पीडित महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन कुटपिट समेत गरेको पीडितपक्षले बताएका छन् । पीडितपक्षले न्यायको लागि ईलाका प्रहरीमा उजुरी दिंदा पहिलो पटक फिर्ता गरेको थियो । प्रहरीलाई चौतर्फी दवाव परेपछि भदौ ८ गते मात्र उजुरी दर्ता गरिएको छ । बलात्कारको आरोपितलाई पतारी प्रहरीले पक्राउ नगर्दा स्थानीयवासी आक्रोशित भएका छन् । उता, नशालु पदार्थ खुवाएर सिरहाको लहानमा एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लहान ३ अस्पताल चौक स्थित मां तारा लांजमा एक महिला बलात्कारको सिकार भएकी हुन । पीडित महिलाको स्वास्थ्य गम्भीर रहेको जनाएको छ । बलात्कारपछि महिलालाई लांजमै छाडेर घटनामा संलग्न दोषी भागेका छन् । ग्राहकले महिलालाई नांगो अवस्थामा देखेपछि लहान प्रहरीमा खबर गरिएको थियो । त्यसलगतै घटनास्थल पु्गेर उनको उद्धार गरी उपचारका लागि अस्पताल पुरयाएको छ । घटना विहीवार भएको हो । पश्चिमको बलात्कारको घटना नसेलाउंदै सिरहामा यो बलात्कारको क्रम रोकिएको छैन । सिरहा सप्तरीमा प्रत्येक दूई दिनमा एक बलात्कारको घटना सार्वजनिक हुने गरेको छ । बलात्कारीलाई राजनीतिक दलका प्रतिनिधिहरुले संरक्षण गर्दै आएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment