Onlinesiraha-Nepali |
- किन मनाइन्छ ‘ईद–उल–अजहा
- मैले छोएको पानी चल्दैन, गोसाई पुजाको कारण अन्तर दलित छुवाछुत
- ‘मदिरालाई लागुऔषधको रुपमा राखौं’
Posted: 22 Aug 2018 02:55 AM PDT काठमाडौ,भदौ ६ गते । इस्लाम धर्मको खास पर्व 'ईद–उल–अजहा' संसारभर मनाइन्छ । यो पर्व इस्लामिक क्यालेन्डरको १२ औं तथा अन्तिम महिना 'जुलहिज्जाह' को १० औँ दिनमा मनाइन्छ । यसलाई बकरीद वा कुर्बानी पनि भनिन्छ । किनकी यसदिन धार्मिक मान्यताअनुसार खसीको कुर्बानी दिइन्छ । मुस्लिम समुदायका मानिस यस दिन इदगाह (खुल्ला चौर)मा सामुहिक नमाज पढेर एक अर्कालाई अंकमाल गर्दै खुसी साटासाट गर्छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ । 'ईद–उल–अजहा' लाई ईद–उल–जुहा पनि भनिन्छ । यो नाम अधिकांश अरेबियन देशमा प्रयोग हुन्छ । तर नेपालमा यस पर्वलाई बकरीद वा कुर्बानी भन्ने गरिन्छ । ईद उल फित्र मनाएको ७० दिनपछि यो पर्व मनाइन्छ । विश्वका मुस्लिमहरुले यो पर्व मनाउने भएकाले आआफ्नो भूगोलमा पाइने चौपायालाई कुर्बानी दिने गर्छन् । धार्मिक सदभाव मुस्लिम समुदायले इदगाहबाट नमाज पढेर फर्केपछि खसीलाई जब्हिअ (हलाल) गरिन्छ । घरमूलीको नाममा खसी हलाली सकेपछि मासुको तीन भाग लगाइन्छ र एक भाग घरमा , दोस्रो भाग इष्टमित्र नातेदार र तेस्रो भाग मस्जिदमा पु¥याइन्छ । र गाउँभरबाट त्यसरी नै जम्मा भएर आएको मासुलाई गाउँमा रहेको सबै मुस्लिम घर परिवारमा बाँडिन्छ । सबैले कुर्बानी गर्न अनिवार्य छैन । जोसँग १० तोला सुन र ५० तोला चाँनदी बराबरको सम्पत्ति छ, उसले कुर्बानी गर्नु अनिवार्य छ । कुर्बानीको दिनदेखि ५ दिन सम्म विश्वका मुस्लिम समुदायले साउदी अरबमा रहेको मक्कामा हज गर्छन्, जुन इस्लाम धर्मको ५ स्तम्भमध्येको एक हो । कुर्बानी दिनुको पछाडि एउटा कथा र मान्यता छ इस्लाम मान्यताअनुसार संसारमा करिब १ लाख २४ हजार पैगम्बर यानिकी अल्लाहका दूत आए, जसमध्ये एक पैगम्बर मुहम्मद इब्राहिम भए । धार्मिक मान्यताअनुसार उनकै पालामा खसीको कुर्बानीको शुरुआत भएको मानिन्छ । एकदिन अल्लाहले हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय बस्तुको कुर्बानी मागे । हजÞरत इब्राहिमलाई सबैभन्दा प्रिय उनको छोरा थिए । उनले आफ्नो छोराको कुर्बानी दिने निर्णय गरे । निर्णयअनुसार हजÞरत इब्राहिमले आफ्नो छोरा बलि दिन उसको घाँटीमा प्रहार गरे । त्यसै समय अल्लाहले चक्कूको प्रहारबाट हजÞरत इब्राहिमको छोरालाई बचाएर एउटा खसी कुर्बानी दिलाए । त्यसपश्चात कुर्बानीका रूपमा खसी कुर्बानी दिने गरिएको हो । |
मैले छोएको पानी चल्दैन, गोसाई पुजाको कारण अन्तर दलित छुवाछुत Posted: 22 Aug 2018 12:56 AM PDT नवसंग्राम दैनिक लहान, ६ साउन । 'मेरो विवाह भएर बस्न थाल्दा समाजिक विभेदको अभाष पाइन्' किनकी 'मेरा पति सधै सदाय वस्तीकै नेतृत्व गरिरहेकोले खानपिन उठबस उनीहरु संगै हुने गरेको छ ।' 'आज म यो कुर्सीमा छु त्यो सबै दलितहरुको सहयोगबाट प्राप्त गरेको छु ।' सखुवानन्कारकट्टीका न्यायिक समितिका प्रमुख तथा उपप्रमुख अमलादेवी यादवले बताइन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा लहान सिरहाको आयोजनामा प्रभावकारी सहभागिता, आधारभूत सेवा र न्यायमा समन्यायिक पहुंच विषयक अन्तर समुदाय संवाद कार्यक्रममा आज उपप्रमुख यादवले विभेद अन्त्य हुनुपर्छ भन्दै 'हाम्रो समितिमा अधिकतम बहुविवाहको मुद्दा आउंने गरेको छ ।' 'हालसम्म एकआध मुद्दा आएपनि अधिकतम प्रहरीमा जाने गरेको छ ।' उनले बताइन् । दलित अधिकारकर्मी देवनारायण रामले गोसाई पुजाको कारण दलितभित्रै छुवाछुत रहेको भन्दै एउटै देउता चमारको, एउटै देउता सदाय पासमान डोमको तर,बह्मानवादी सोचको कारण डोम मुसहरलाई दलितहरु नै छुवाछुत गरिरहेको छ उनले बताए । अधिकारकर्मी रामले अन्तर जातीय र गैरदलितमा समेत छुवाछुत जकडिएको छ । यसलाई भत्काउंन पहिले दलित एकताको आवश्यकता छ । गैरदलितले छुवाछुत गर्छ भने दलितले पनि बहिष्कार गर्नुपर्छ भन्दै शासन प्रशासन, शिक्षा, स्वास्थ्य, कर, होटल, भोजभतेरलगायत विभेद स्वफुर्त अन्त्य हुने उनले दावी गरे । हुकुमलाल पासमानले अन्तर दलितबीचको विभेद हटाउंन डोमकै घरमा भोजको आयोजना हुनुपर्छ । त्यही सबै दलितले भोज खाएर एकताबद्धको सन्देश दिनुपर्छ अनि मात्रै विभेद अन्त्य हुने उनले बताए । दिलिप मरिक डोमले 'हामीले छोएको पानी दलितहरुले नै खादैन ।' तर, हामीले बनाएको डाला, कोनिया, टाटवार आफ्ना गोसाई (देउता)लाई चढाउंछन् । यसैले हामी चार घर डोमले अरुको भोज नै खान छाडिसके उनले बताए । वविता पासमानले जनवैनमा जांदा पनि खत्वे मण्डलले हाम्रो छोएको पानी पिउदैन । अन्तै खानको लागि पैसा लिने गरेको छ । भोतभतेरको बेला दाल चामल तरकारी जलावन लिएर गैरदलितको घरमा दिनुपर्ने विभेद आज पनि रहेको उनले बताइन् । सखुवानन्कारकट्टी ५ स्थित भएको संवाद कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेशवारीका इन्चार्ज रामकुमार चौधरी, स्वास्थ्यकर्मीद्धय रामकुमार चौधरी र अमृत चौधरी, वडा ५ का अध्यक्ष वैद्यनाथ यादव, मानव अधिकार संजालका गाउं समितिका संयोजक सत्यनारायण ठाकुरलगायतले विभेद अन्त्य र न्यायमा पहुंचको बारे विस्तृत छलफल गरेका छन् । कार्यक्रमका सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले गरेका थिए भने दलित संघका सिरहा अध्यक्ष मोहन पासमानले कार्यक्रम समापन गरेका थिए । |
‘मदिरालाई लागुऔषधको रुपमा राखौं’ Posted: 21 Aug 2018 10:05 PM PDT नवसंग्राम दैनिक लहान, ५ साउन । मदिराले सुरक्षा र न्यायलाई प्रभावित बनाउंने काम गरेको भन्दै सिरहा नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका प्रमुख डा.नमिता यादवले 'मदिरा निषेधित गर्न आजैबाट संजाल गठन गरौ 'बताउंनुभयो । सर्च फर कमन ग्राउण्डको सहयोग र नेपाल पत्रकार महासंघ सिरहाको आयोजनामा आज सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मीबीच संवाद कार्यक्रममा उपमेयर यादवले 'विप्पन तथा सिमान्तकृत समुदायमा घरेलु मदिराले महिला पीडित हुंदै आएको छ ।' 'यसप्रति संचारकर्मी र प्रहरीको सक्रियताको खाचो छ ।''यसैले आजै संजाल गठन गरेर अभियानमा जुट्नुपर्ने जरुरी रहेको' बताउंनुभयो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले मदिरालाई लागुऔषधको केटोगोरीको रुपमा राख्नुपर्छ । यसले घरेलु हिंसा बढी रहेको छ । एक त महिला यातना दिने सोसाइटी छ, यहां बताउंनुभयो । डिएसपी खरलले यस्ता मदिरा सेवनले न्यूनिकरण गर्न सडक नाटक, गोष्ठी सेमिनारलगायत विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुपर्ने जरुरी रहेको बताउंनुभयो । कार्यक्रममा सिरहा अदालतका श्रेस्तदार नरेन्द्र श्रेष्ठले सिमान्तकृत समुदायको लागि निशुल्क सेवाहरुवारे जानकारी दिनुभएका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादव, वार एसोसियनका सचिव विरेन्द्रकुमार कर्ण, हर्कोडेकका अध्यक्ष विरेन्द्र सिंह, महिला संजालकी जीवछी यादव, दलित जनकल्याण युवा क्लबका उमेश विसुन्केलगायतले नयां लागु गरिएका कानुनले काम गर्न समस्या, न्यायलयका कामकाज मंहगो, करबृद्धिलगायको विषयमा चर्चा गर्नुभएका थिए । कार्यक्रम सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता र सर्च फर कमन ग्राउन्डका शरमलाल चौधरीले गर्नुभएका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment