/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


नजबुललाई बेटी सम्मेलनको नशा

Posted: 18 Aug 2018 08:53 PM PDT

नवसंग्राम दैनिक लहान, २ भदौ । आसन, भाषण र शासनमा महिलालाई अग्रसर गर्नुपर्ने आवाज उठाउंदै अभियानमा लागेकी मुलधार महिला सेवा (मासवेस) उदयपुर नजबुल खानले प्रदेश २ मा जनप्रतिनिधिहरुलाई भेट्न थालेको छ । नजबुललाई यत्तिबेला बेटी सम्मेलन गर्न नशा जागेको छ । लैङ्गिक समानता र समावेशी अधिकारका लागि राष्ट्रिय अभियान, आसनमा महिला, भाषणमा महिला अनि शासनमा महिला, शिक्षा र महिला सहभागिता भन्ने मूल नाराका साथ मासवेसका नजबुल खानका टिम स्थानीय तहका प्रमुख उपप्रमुख र जनप्रतिनिधिहरुलाई भेट्दै महिला अधिकारको लागि आवाज उठाउंदै आएको छ । मासवेसका अध्यक्ष समेत रहेका नजबुला खान (निलम) लगायतका समुहले अधिकारमुखी सवाललाई राष्ट्रिय स्तरसम्म पुर्याउंन 'नोट अफ डिसेन्ट' जस्ता राष्ट्रिय मुद्दालाई अधिकारमुखी सवालको रुपमा अगाडि बढाईरहेको छ । महिला समावेशी र समानुपातिको लागि भदौ २ गते राजविराज नगरपालिकाका मेयर शम्भुकुमार यादव र उपमेयर साधना झासंग भेटघाट गरेका छन् । भेटघाटको क्रममा नजबुल टिमले लैङ्गकि समानता र समाबेशी अधिकारका लागि प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्बन्धमा छलफल गरेका छन् । महिला अधिकारको लागि यो टिम आज लहान हुंदै काठमाण्डौ लागेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment