/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


बहुदल स्थापना,मधेश आन्दोलन र लहान चमार काण्डको उद्गम स्थलबाट नै कम्युनिष्ट समाप्त पारौ ः सभापति रामचन्द्र

Posted: 31 Jul 2018 08:47 PM PDT

नवसंग्राम दैनिक । लहान, १५ साउन । परिवर्तनको उद्गम विन्दु सिरहा रहेकोले कम्युनिष्ट सफाईको अभियान पनि यही भूमीबाट शुरु भएको नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले बताउंनुभयो । नेपाली कांग्रेसले ओली सरकारविरुद्ध सिरहासहित मुलुकका ७७ वटै जिल्लामा मंगलवार प्रदर्शन गरेको छ । सोहीक्रममा सभापति यादवले आज सिरहामा जुलुस प्रदर्शन पश्चात कोणसभाको समापन गर्दै बहुदल स्थापना गर्न, मधेश आन्दोलन, लहान चमार काण्डलगायत आन्दोलनको उद्गम स्थल यो भूमि रहेकोले अब कम्युनिष्ट समाप्त पार्न यहीबाट जाग्नुपर्ने बताउंनुभयो । सभापति यादवले यो मुक्ति क्षेत्र हो ,जनतालाई मुक्ति चाहिएको छ । यसैले यो देशबाट कम्युनिष्टलाई मुक्त पार्न घर घर उठेर सडकमा आउंनुपर्ने बताउंनुभयो । सरकार कानूनी शासनको खिल्ली उडाउन लागि परेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार मुलुकभर प्रदर्शन गरेको हो । सिरहामा सभापति रामचन्द्र यादबको नेतृत्वमा प्रदर्शन गरियो । पार्टीका झण्डा बोकेर प्रदर्शनमा उत्रेका काँग्रेस कार्यकर्ताहरुले ओली सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।
सदरमुकामको विभिन्न भागमा परिक्रमा पश्चात कोणसभा गरे । कोणसभामा सभापति यादब, नेता सुभासचन्द्र यादब लगायतले मन्तव्य राखेका थिए । उनीहरुले ओली सरकार जनताको भावना विपरित विभिन्न क्रियाकलाप गर्न लागेको आरोप लगाएका छन् । सभामुख र उपसभामुख फरकरफरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, शेरबहादुर देउवा सरकारले विधिसम्मत गरेका नियुक्ति गैरकानूनी तवरले गरेको खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप समेत लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रेको छ । सञ्चार माध्यममा वढेको हस्तक्षेप, त्रिवि र संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको दुव्र्यवहार तथा सरकारका पछिल्ला कामकारवाही अधिनायकवाद उन्मुख हुँदै गएको कंग्रेसको आरोप छ st।

हन्सुको काम देखेर स्थानीयवासी हर्षित

Posted: 31 Jul 2018 08:35 PM PDT

नवसंग्राम दैनिक रासिन्द्र यादव लहान, १५ साउन । सप्तरीको बलान विहुल ४ बेल्हीमा नेपाली जनता दल (चक्का) छापबाट विजय भएका वडाध्यक्षले गाउंमा विकासको लहर नै ल्याएको स्थानीय उत्तिमलाल खंगले बताउंछन् । खंग अगाडि थप्छन् —'बीस बर्षसम्म नभएको विकास वडाध्यक्ष मो.हन्सुले गरेका छन् ।' 'विकासको कारण अहिले वडाध्यक्ष सबैको प्यारो बनेका छन् ।' वडाध्यक्ष हन्सुले आफ्ना वडामा १० लाख लागतमा वडा कार्यालयको भवन निर्माण गरेको छ भने ५ लाखको लागतमा मदरसा निर्माण गरिएको छ । मदरसामा थप रकम लाग्ने भएकोले काम जारी रहेको छ । सलहेश थानदेखि भारतीय सीमा क्षेत्रसम्म १ सय ६० मिटर आरसिसी र १ सय २५ मिटरसम्म पिपिसी ढलान गरिएको छ । मैहरोली पोखरीदेखि शिवनाथ कापरको घरसम्म १ सय ३० मिटर थप आरसीसी ढलान गरिएको छ । तपसि मसैतादेखि तुरुन्तलाल मण्डलको घरसम्म आरसीसी ढलान गरेर गाउंलाई हिलो थल्लकिच्चरबाट मुक्त पारेकोले स्थानीयवासी हर्षित भएको सोही वडाका रामप्रसाद यादव बताउंछन् । उता, मण्डल टोलदेखि मलाह टोलसम्म २ सय २१ मिटर नयां सडक विस्तार गरिएको छ । बस स्टेन्ड र हाटबजार व्यवस्थापनको लागि माटो ग्राभेलको काम पुरा गरेको छ । ५ लाख लागतमा सामुदायिक भवन निर्माण गरेको छ भने लवका टोल बलानदेखि डिहिवारबाबा थानसम्म २ सय ५० मिटरबढी माटोग्राभेलको काम गरेको छ st। आ.ब.०७४।०७५ मा ५० लाख गाउंपालिका र ३० लाख सीमा विकासको लागि भारत सरकारको सहयोग प्राप्त भएको छ ।

नेपाल एयरलाइन्स,यूएई का फाईनान्स म्यानेजर यादवलाई विदाई

Posted: 31 Jul 2018 04:45 PM PDT


सन्तोष ठाकुर
युएई,१६ साउन ।

नेपाल एयरलाइन्स यूएईमा फाईनान्स म्यानेजर को रूपमा कार्यरत रहेका नरेश यादवलाई उनको कार्यकाल समाप्ति पूर्व शुक्रबार गैर अावासीय मधेसी संघ- यूएई ले एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बिदाई कार्यक्रम गरेको छ।
दुबई को अल-कुज स्थित ल्याण्डमार्क रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा गैर अावासीय मधेसी संघ-यूएई का सह-अध्यक्ष मदन यादवले अध्यक्षता गरेका थिए । कार्यक्रममा बोल्दै संघ का बरिष्ठ  सल्लाहकार डा. रबिन्द्र कुमार यादवले नेपाल एयरलाईन्स को दुबई कार्यालयमा फाईनान्स म्यानेजर जस्तो उच्च पदमा एक संघर्षशील मधेशी नियुक्ति भएर आउनु सम्पूर्ण मधेशीका लागि गर्वको कुरा भएको बताए ।
यादवले आफ्नो दायित्वलाई अत्यंत निष्ठापूर्बक निर्वाह गर्दै संपूर्ण नेपाली हरुको समस्यालाई प्राथमिकतामा राखी पीड़ित श्रमिकहरुको समस्या समाधानमा बिशेष योगदान दिएकोमा डा. यादवले वहाँलाई बिशेष धन्यवाद तथा आभार प्रकट गरे ।
साथै गैर आवासीय मधेसी संघका क. अध्यक्ष वसन्त कुशवाहाले  यादवको सफल कार्यकालका लागि बधाई दिदै भविष्यमा वहाँको उत्तरोत्तर प्रगतिको शुभकामना  दिए ।

कार्यक्रममा नेपाल वायुसेवा निगम यूएईका फाईनान्स म्यानेजर यादवले मधेसी समुदायको  प्रोत्साहित गर्दै यहाँका मधेसी समुदायले बिदाई तथा सम्मान कार्यक्रम आयोजना गर्नु अत्यंत खुशीको कुरा भएको बताए । उक्त कार्यक्रममा गैर आवासीय मधेसी संघ यूएईका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment