Onlinesiraha-Nepali |
मिर्चैया : डिएसपी सरुवा गरेको भन्दै उद्योग मन्त्रि यादवको पुत्ला दहन Posted: 09 Jul 2018 08:28 AM PDT राम नारायण पण्डित सिरहा, २५ असार । पदिय शक्ति दुरुपयोग गरेको भन्दै मिर्चैयाका नागरिक समाजले उद्योग बाणिज्य तथा आपुर्तिमन्त्रि मात्रिका प्रसाद यादबको पुत्ला दहन गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्का इमान्दार, स्वच्छ छविका भएपनि मन्त्रि यादबको आदेश नमान्दा पदिय शक्तिको दुरुपयोग गरी सरुवा गरेको भन्दै फिर्ताको माँग गर्दै स्थानिय नागरिक समाजले आज (सोमबार) पुर्बपश्चिम लोकमार्ग स्थित मिर्चैया नगरपालिका ६ कटारी चौकमा मन्त्रि यादबको पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन् । मिर्चैया नगरपालिका ५ बाट निस्किएको बिरोध र्यालीमा "उद्योग मन्त्रि मात्रिका यादब मुर्दाबाद, स्वच्छ छबिका डिएसपी फिर्ता गर, युवा एकता जिन्दाबाद, नागरिक समाज एक होऊ" लगायतका नाराबाजी गर्दै थाना चौक हुँदै कटारी चौकमा पुगी पुर्ब पश्चिम लोकमार्ग करीब आधा घण्टा चक्काजाम गरी पुत्ला दहन गरेका छन् । मन्त्रि यादवको आदेश नमान्दा निजि स्वार्थका लागि पावर युज गरी डिएसपी खडकालाई सुरुवा गरेको नागरिक समाजको आरोप रहेका छन् । कोणसभामा बोलेका वक्ताहरुले डिएसपीको सरुवा फिर्ता नगरे थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । ज्ञातव्य, केहिदिन पहिला मन्त्रि यादबको आफन्तको घरमा मिर्चैया स्थित अष्टयाम भईरहेको बेला ठुलो स्वरमा लाउडस्पिकर बजाएको भन्दै मिर्चैया प्रहरीले माइक नियन्त्रणमा लिएपछि बिबाद चुलिएको बताईएको छ । |
शाही शैलीका मन्त्री मातृका यादव विरुद्ध मिर्चैयावासी सडक तताउंने Posted: 09 Jul 2018 01:39 AM PDT नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान, २४ असार । यस्ता मन्त्री जसले जग्गा विवादमा आफ्नो पद धरापमा पारे । पार्टी फोडेर अलगै पार्टी बनाए । फेरी प्रचण्ड अध्यक्ष रहेको माओवादी पार्टीमा एकीकरण गरे । मधेश आन्दोलनका सहिद रमेश महतोको लाश लुटेर लगे । छोरी ज्वाईको विवादमा घरायसी होली खेले । आज माओवादी र एमालेको सहवासले बनेको नेकपाको तर्फबाट पूनः मन्त्री पड्काउंन भ्याएका छन् । उनी हुन मधेश विरोधी आपूर्तीमन्त्री मातृका यादव । मन्त्री भएपछि करोडौको खेल गरेर यत्तिबेला करोडपति बनेका छन् मन्त्री यादव । मन्त्री त बने तर, शैली शाही आकारको बोकेकै छन् । भूमिगत रहंदा जनताको लागि आवाज उठाउंने तर मन्त्री भएपछि शाही शैलीको रवाफ देखाउंने मन्त्री यादवले फेरी नौटंकी शुरु गरेका छन् । त्यो पनि समाजमा बर्जित डिजे बाजा र आतिसवाजसंग । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक दिपक खडका शान्ति सुरक्षा कायम राख्न मिर्चैया क्षेत्रमा अहोरात्री खटिरहेको बेला खड्कालाई सरुवा गर्न आफ्नो पावर प्रयोग गरिहाले । खड्का मिर्चैया प्रहरीमा आएको एक महिना जति भएको छ । उनलाई शाही शैलीमा सरुवा गर्न मन्त्री यादवले ज्यान त्याग गर्न धम्की गृहमन्त्रीलाई दिएको छ । गृहमन्त्री विवश भएर खड्कालाई सरुवा गरेको चर्चा छ । केही दिन अगाडि तामझामका साथमा सिरहाको मिर्चैयामा एउटा विवाह सम्पन्न भयो । त्यस भड्किलो विवाहमा भोजपुरीको अश्लिल गीतमा डिजे बजाएर गाउंलेलाई सास्ती दिइरहेका मन्त्री यादवका आफन्तलाई रोक्न प्रहरीमा खबर गयो । प्रहरीले तत्काल रोक्न सफल भए । उता, शाही शैलीका आपूर्तिमन्त्री मातृका यादवले प्रहरीले लगिएका बाजागाजा फिर्ता लिन आफै पनि पुगे । त्यति मात्रै कहाँ हो र ? आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मान्छेलाई अश्लिल भोजपुरी गीत बजाउन, पटका पड्काउन, हल्ला गर्न नदिने तपाँई को हो भन्दै डिएसपी दिपक खड्कालाई तथानाम गाली गरेछन् । यो घटना सेलाउन नपाउदै अर्को एउटा घटना घट्यो । स्थानीय गाउलेबीच झै–झगडा भएर हात हालाहाल भएछ । उक्त घटनामा एकपक्ष मन्त्री मातृकाका मान्छे परे ।मन्त्री पक्षधरले सामान्य झै–झगडाको घटनालाई अर्को पक्ष बिरुद्ध घटनालाई तोडमोड बढाइ–चडाइ गरी यो घटनालाई डकैती र ज्यान मार्ने उद्योगको मुद्दा बनाएर दर्ता गर्न प्रहरीलाई दबाब दिए । प्रहरीले दुबै पक्षलाई राखेर स्थानीयबासीसंग यो घटनाको सत्यतथ्य बुझ्दा सामान्य झै–झगडा हात हालाहाल भएको जानकारी पाएका थिए । तर डकैती र ज्यान नै मार्ने तवरले प्रेरित घटना नभएको ठहर छ । डिएसपी दिपक खड्काले झुठा मुद्दा दर्ता नगर्नेडिएसपी दिपक खड्काले झुठा मुद्दा दर्ता नगर्ने र निर्दोषलाई बिना कसुर कारबाही गर्न नमिल्ने, जे भएको त्यही अनुसार कानून सम्मत मुद्दा मात्रै दर्ता गराउन मिल्ने भनेपछि मन्त्री यादव शाही शैली प्रयोग गर्न थाले । डिएसपी दिपक खड्काले शान्ति सुरक्षाको सवालमा कसैलाई टेरपुच्छर नलगाएपछि उनको बिरुद्ध रातारात सुनियोजितपूर्ण तवरमा षड्यन्त्र रचियो । उनको चरित्र हत्या गर्न मिडियाबाजी गर्न लगाएको छ । डकैती र ज्यान मार्ने उद्योग मुद्दामा पैसा घुस खाएर मेलमिलाप गरायो भन्ने डिएसपी खड्कामाथी जाल बुन्न थालिएको छ । त्यति मात्रै हैन अस्ति राती मात्रै नेकपाका स्थानीय नेता र आपूर्तिमन्त्री मातृका यादवको दबाबमा रातारात डिएसपी दिपक खड्कालाई सरुवा गर्न सरुवापत्र तयार गरिएको छ । मिर्चैया ३ मा असार ११ गते राती ढिलो जन्ती आएको भन्दै स्थानीय जीवछ यादव, जयप्रकाश यादव, पप्पु यादव, सते यादवलगायतका युवाहरुले जन्ती गाडीलाई रोकेर विवाद गरिएको हो । विवादमा केटीपक्षका ८ र स्थानीय २ जना घाईते भएका थिए । प्रहरीले विवाद गर्ने दुवैपक्षका दूई दूई जना पक्राउ गरियो । यिनीहरुलाई सार्वजनिक मुद्दा अन्तरगत हिरासतमा लिएको छ । तर, मन्त्री यादवले ज्यान मार्ने मुद्दा हाल्न शाही शैलीमा प्रहरी खड्कालाई निर्देशन दिए । तर, खड्का नमानेपछि उनलाई सरुवाको धम्की दिएको छ । अपराधी तथा डांका लुटेराको प्रमाणित अदालतले फैसलामा सुनाउंने गर्छन् । तर, खगेन्द्र यादवलगायत आधा दर्जन युवालाई मन्त्री यादवपक्षले डांका भनेर मिडियावाजी गर्न लगाएको छ । खगेन्द्र यादवले भने ' समाजमा शान्ति सुरक्षामा सहयोग गर्ने म कसरी भए डांका ? ''म न्याय पाउंनुपर्छ ।''मेरो चरित्र हत्या भएको छ ।'उनी आफु निर्दोष ठहर गर्दै शान्ति सुरक्षामा जोड दिएका छन् । यसैबीच, मिर्चैयाक्षेत्रमा मन्त्री यादवको शाही शैलीप्रति स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयहरु एक पत्रकार सम्मेलन गरी मन्त्री यादवको शाही शैली विरोध सडकमा उत्रिने चेतावनी दिएका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment