Onlinesiraha-Nepali |
पुजा ठाकुर नम्बर वन ?, मिस एण्ड मिस्टर छनौट मध्यराती स्थगित Posted: 17 Jul 2018 11:16 AM PDT नवसंग्राम दैनिक लहान, १ साउन । मध्य राती जब पुजा ठाकुर टप फाइवमा प्रवेश गर्दा आयोजकले फिर्ता बोलाइयो अनि दर्शकदीर्घामा नराम्रो तनाव उत्पन भयो । लाखौको लगानीमा संचालन भएको मिस एण्ड मिस्टर प्रदेश २ को कार्यक्रम स्थगित भयो । दर्शकहरुलाई मन जितेकी पुजा ठाकुर नम्बर वनमा जानुपर्ने भन्दै मन्चमा बज्रपात भयो । आयोजकहरु कार्यक्रम छाडेर भगाभाग भयो । यो घटना जनकपुरको राजदरबार होटल भित्र असार ३० गते राती करिब १२ बजेको हो । कार्यक्रममा सिरहा लहान, बर्दिवास र जनकपुरका चालिस युवा युवतीले प्रतिस्पर्धा गरिरहेका थिए । प्रतिस्पर्धाका जज सबै काठमाण्डौबाट आएकोले स्थानीय मधेशी सांस्कृतिप्रति उदासिन भएर छनौट गर्न थालिएकोले दर्शकदीर्घाबाट हुटिंग भएको हो । योग्यलाई आर्थिक प्रलोभनको आधारमा जजहरुले पुजा ठाकुरलाई छनौट बाहिर राखिने वित्तिकै दर्शकहरु बबाल गर्न थालियो । आयोजकपक्षकै महमुद आलमले भने 'विभेद भएकै हो ।' 'हामीले समावेशीको आधारमा जज राख्नुपर्छ भन्दा भन्दै आज यस्तो परिणाम भयो ।' 'कार्यक्रम स्थगित भएको छ ।' 'पुजा नम्बर वन हुनुपर्ने नै हो ।' 'तर, के लोभमा पुजालाई फाईव टपबाटै बाहिर गरियो ।''दर्शकको माग जायज हो ।' आलम बताउंछन् । कार्यक्रम दिउंसो २ बजेदेखि राखिएपनि बेलुका ७ बजेतीर शुरु भएको थियो । पांच घण्टा ढिलो कार्यक्रम गर्नु नै आर्थिक चलखेलको अभ्यास भएको दर्शकहरुको आरोप छ । पुजा ठाकुर भन्छिन्—'एक घण्टाको तालिमलाई तीन घण्टासम्म पेलेका थिए ।' ' म माथी कन्फिडेन्स थियो' 'मेरो क्याटवाक हेरेर प्रशिक्षकले पनि सराहाना गरेका थिए ।' 'पैसाको भ्यालु छ, म संग पैसा पेल्ने आधार नभएकोले यस्तो भयो ।' 'भोली मेरो घरपरिवारले यस्तो कार्यक्रममा सहभागी हुन दिंदैन ।' 'स्थानीय जज किन राखिएन ।' 'यो सबै विभेदको खेती हो ।' आयोजकमा मुख्य विशाल विष्टलगायत रहेका छन् । सहभागीहरुबाट दश—दश हजार रुपैयां तालिम बापत लिएका थिए भने विभिन्न कम्पनीबाट रकम उठाएर कार्यक्रम गरेका थिए । रमण कन्ट्रक्सन, सोनालीका ट्रायक्टर, मदिरा डिलरहरु गरी ५० लाख भन्दा बढी रकम संकलन गरिएको स्रोतको दावी छ । |
शहिदनगरपालिकाको चोराकोयलपुरमा सोलार बितरण Posted: 17 Jul 2018 06:11 AM PDT नरेशचन्द्र बरबरिया,धनुषा साउन १ गते । धनुषाको शहिदनगर नगरपालिकामा लक्ष्यित वर्ग हरुमा साना सौर्य उर्जा प्रणाली बितरण कार्यक्रम सम्पन्न भएको छ ।सहिदनगर नगरपालिकाको वडा.न.२ को चोराकोयलपरमा अति बिपन्न दलित परिवारहरुलाई ११२ थान सोलार बितरण गरिएको हो ।बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सौर्य उर्जा शाखाको सहयोगमा भएको सौर्य उर्जा प्रणाली वितरण कार्यक्रममा वडा २ का वडा अध्यक्ष जैसवाल भिन्वारको अध्यक्षतामा एबम गाउँका भरभलादमी,बुद्धिजिबी,लगायत स्थानीयको रोहबरमा उक्त सोलार बितरण भएको थियो ।शहिदनगर नगरपालिकाका मेयरको विशेष पहलमा उक्त सौर्य उर्जा प्रणाली कार्यक्रम ल्याउन सफल भएको थियो भयो यो भन्दा पहिला पनि करिब दस हजार मुल्य बराबरको घरायसी सामानहरु बितरण भएको थियो ।बारम्बार यस्तो योजनाहरु ल्यादा स्थानीयहरु निकै खुसी र उत्साहित देखिएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment