Onlinesiraha-Nepali |
मोटरसाइकल दुर्घटना हुँदा लहानवासी रमाकान्त चौधरीको मृत्यु Posted: 17 Jun 2018 11:11 PM PDT लहान २०७५ असार ४ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा जिल्ला लहान नगरपालिका–८ बस्ने ६० वर्षीय रमाकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प ९००९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ४९३८ नंको मिनी ट्रकले ठक्कर दिएको थियो । |
६ महिनाको अवधिमा ५२ वटा मानवअधिकार उल्लंघनका घटना Posted: 17 Jun 2018 09:05 PM PDT फिरोज शेख लहान २०७५ असार ४। सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा बलात्कार र बलात्कार प्रयासका घटना बढेको पाइएको छ। सन् २०१८ को जनवरी देखि जून १० सम्म ६ महिनाको अवधिमै बालबालिका सहित २९ जना महिला बलात्कार र बलात्कार प्रयासको सिकार भएको छ, भने ५ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले जनाएको छ।'मानअधिकार वर्ष पुस्तक २०१९'अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रमका लागि आइतबार लहानमा आयोजित कार्यक्रममा यस अवधिमा ११ बालिका र दुई महिला गरी १३ जनाको बलात्कार भएको जनाइएको छ। उक्त अवधिमा ५ बालिका र ११ महिला गरी १६ जनामाथि बलात्कार प्रयास भएको इन्सेक प्रतिनिधि दुर्गा परियारले जानकारी दिएका छन्। यसैगरी, विभिन्न ५२ वटा मानवअधिकार उल्लंघनका घटनामा ५५ महिला तथा चार पुरुष गरी ५९ जना पीडित भएका छन्। घरेलु हिंसा ५, बोक्सीको आरोप १, बहुविवाह ७ र हत्या प्रयास २ गरी १५ जना महिला पीडित बनेका छन्। त्यस्तै, बम विस्फोटका २ घटनामा ५ महिलासहित ९ जना तथा साइबर अपराधको एउटा घटनामा एक महिला पीडित भएका छन्।प्रमुख अतिथि इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईले महिला हिंसा तथा मानवअधिकारको सवालमा राज्य संवेदनशील हुँदाहुँदै पनि मानवअधिकार उल्लंघनका घटना बढेको स्वीकार गरे। उनले दाइजो प्रथा, बाल विवाह जस्ता विकृति रोक्न कानुनी व्यवस्थाले मात्रै सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए। इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बलात्कारको घटना सँग सम्बन्धित कतिपय घटनामा जाहेरी पर्नु अगावै प्रमाण नष्ट हुने, स्वास्थ्य परीक्षणको रिपोर्ट उल्टो आउने, पीडित स्वयंले बयान फेरिदिने जस्ता कारणले पीडक उम्किने गरेको बताए। मानवाधिकार संरक्षण केन्द्र संजालका संयोजक सुनिल कुमार साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मानवाधिकारकर्मी , महिला अधिकारकर्मी , संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो। |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment