सडक निर्माणका साथै सुरुंगा नगरपालिकाले गाउं टोलमा विजुलीवती पुर्याउंन २ करोडको बजेट लगाएको छ । मेयर चौधरीले विकास लक्ष्य पूरा गर्न जनताले मलाई मेयर बनाएको हो । यसैले जनताको माग पूरा गर्न विकास निर्माण कार्यमा अलिकति पनि पछाडि नहट्ने उहां बताउंछन् । सडक निर्माणपछि सुरुंगा नगरपालिका दुरदराजमा रहेका जनता आयआर्जन, रोजगारी, उच्च शिक्षा, स्वास्थ्य जस्ता समस्याबाट निराकरण पाउंने छन् । प्रत्येक घरको अगाडि एम्बुलेन्स पुग्ने गरी सडक निर्माण थालिएको छ ।
सामाजिक विकृति विरुद्ध अभियान
मदिरा सेवन गरेर घरेलु हिंसा हुने गरेकोले यस्ता क्रियाकलापलाई रोक्न सुरुंगा नगरपालिकाले अभियान नै चलाएको छ । अभियान अन्तरगत नगरक्षेत्रमा बेलुका साढे ८ बजेभित्र मदिरा पसल बन्द गर्नुपर्ने प्रावधान तयार गरेको छ । मदिरा सेवन गरेर बाटोघाटो होहल्ला गर्ने दर्जनौलाई सचेत गराउंदै कारवाहीतर्फ लगिएको छ । अभियानलाई निरन्तरन्ता दिंदै भविष्यमा मदिरा निषेधित क्षेत्र घोषण गर्ने योजना लिएको छ । समाजिक वतावरणलाई मध्यनजर गरी सुरुंगा नगरपालिकाले अहिलेसम्म डिजे बजाउंने तीन जनालाई कारवाही गरिसकेको छ । कारवाही स्वरुप जनही एक एक हजार जरिवना काटिएको हो । डिजे निषेधित क्षेत्र घोषणा गर्न आवश्यक तयारी भइरहेको छ भने वातावरण स्वच्छ राख्न नगरपालिका अभियान जारी राखेको छ । शान्ति सुरक्षाको लागि नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिने भएको छ । सोलार बती जडानको योजना समेत रहेको छ ।
शैक्षिक सुधार
सुरुंगा नगरपालिकाभित्र रहेका हरेक बालबालिकालाई स्कूलसम्म पुरयाउंन भर्ना अभियान तिब्र पारेको छ । जेठभित्र हरेक बालबालिका विद्यालय भर्ना गराइहाल्ने योजनाबद्ध अभियान समेत चलाएको छ । विद्यालयमा शिक्षक अनुपस्थिति र उपस्थितिको लागि इलेक्ट्रोनिक हाजिरी गराउंन थालेको मेयर चौधरीले बताउंनुभयो । विद्यालयमा विद्या र कार्यक्रमको लागि पूर्व तयारीको निम्ति शैक्षिक क्यालेन्डर नै प्रकाशन गरिसकेको प्रशासकीय अधिकृत राजकुमार दासले बताउंनुभयो । जनताको माग अनुरुप सुरुंगा नगरपालिकाभित्र चाडै इन्जिनियरिगं कांलेजको स्थापना गरिने भएको छ ।स्वास्थ्य
जनताको सेवा सुविधाको लागि सुरुंगा नगरपालिकाले समयमा खोप र स्वास्थ्य शिविरहरु संचालन गर्ने भएको छ । दर्जनौ स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिसकेको स्वास्थ्यकर्मी भुषण सुनरैतले जानकारी दिनुभयो ।पर्यटन
धार्मिक पर्यटकीय विकासको लागि विषनहरीमा २८ लाखको योजनामा काम भइरहेको छ । जसमा पिकनिक स्पोट, वोटिगं, विश्रामस्थललगायत धार्मिक पर्यटनको लागि विकासलाई निरन्तरन्ता दिएको छ । गाउंठाउंलाई हराभारा बनाउंदै हरित नगरको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । अनुगमन ः विकासलाई तिब्र पार्न स्वच्छ वातावरण र विशुद्ध पानी तथा पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणाको लागि 'हरेक विकासमा जनप्रतिनिधिको पाईला' नारा दिंदै दोहोरो अनुगमनमा लागेका छन् ।--
Posted By Blogger to Onlinesiraha.com at 5/23/2018 12:34:00 AM
No comments:
Post a Comment