/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


बालअधिकार सुनिश्चितताको लागि सरकार प्रतिबद्ध ः मुख्यमन्त्री राउत

Posted: 23 May 2018 05:15 AM PDT


जनकपुरधाम, जेठ ९ । मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
समाजिक विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको बालबालिकाको अधिकार सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मुख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
बालबालिका मुलुकका कर्णाधार रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले उनिहरुको अधिकार सुनिश्चित नगरे सम्म मुलुक र प्रदेश समृद्ध हुन नसक्ने भएकाले समेत प्रदेश सरकार बालबालिकाको अधिकार सुनिश्चितताको लागि हरेक कदम उठाउन तैयार रहेको बताउनु भयो । विगतका संविधान र ऐन कानूनका साथै हालको संविधानले समेत बालबालिकाको अधिकार सुनिश्चित गरेपनि फितलो कार्यान्वयन पक्षका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्नु हुँदै उहाँ अगामी दिनमा ऐन कानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारको तर्फ बाट गराउने बताउनुभयो ।
उहाँ भन्नु भयो , जिम्मेवारी हाम्रो काँधमा आएको, सबैलाई मिलेर अगाडी बढनु पर्दछ , अनि मात्र समृद्ध प्रदेश र सुन्दर भविष्यको परिकल्पना गर्न सक्दछौ ।'
अन्य प्रदेशको तुलनामा यस प्रदेशमा बालबालिका अवस्था बढी नै दयनिय रहेकाले प्रदेश सरकार शुरु देखीनै बालबालिकाको अधिकारलाई प्राथमिकतामा राखेर अघि बढेको समेत उल्लेख गर्नु भयो । त्यसकै फलस्वरुप प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ योजना समेत ल्याएको उहाँको भनाई थियो ।
बालबालिको अधिकारको क्षेत्रमा काम गर्नेहरुनै बालश्रम बढी प्रयोग गर्ने गरेको उल्लेख गर्दै उहाँले कानूनको प्रभावकारी कार्यान्वयन गरेर त्यस्त प्रवृतिलाई निरुत्साहित गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको समेत बताउनु भयो ।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, मन्त्री परिषदका प्रमुख सचिव हरि प्रसाद फुयाल, जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत, उपसभापति दिपक झा, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झा, सहितकोउपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रिय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बाल अधिकारको सम्मान, संरक्षण र परिपुर्तिका लागि प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने समाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेतीले बालअधिकारको संरक्षण र प्रवद्र्धनको लागि भविष्यको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सुरुंगा नगरपालिका विकासतर्फ लम्किदै, मदिरा र डिजे विरुद्ध अभियान

Posted: 22 May 2018 10:34 PM PDT

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, ९ जेठ । सुरुंगा नगरपालिकाले सबै वडा जोड्ने गरी चक्रपथ निर्माणमा लागेको छ । नगरपालिकाभित्र रहेको वडाहरुलाई जोड्न लगभग २५ किलो मिटरको चक्रपथ निर्माण कार्य जारी रहेको मेयर मुक्तिनाथ चौधरीले जनाएको छ । उक्त चक्रपथमा यो बर्ष माटो र ग्राभेलको काम सकिने र आउंदो बर्षमा ढलान र रोलिगं कार्य गर्ने उहां मेयर चौधरीले बताउंनुभयो । यता, ११ वटै वडामा ३० फिट र २० फिट चौडाई हुने गरी व्यवस्थित सडक निर्माण समेत गर्न थालिएको छ । यस्ता सडक निर्माणमा यस बर्ष ७ करोडको लागतमा काम भइरहेको प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो ।
सडक निर्माणका साथै सुरुंगा नगरपालिकाले गाउं टोलमा विजुलीवती पुर्याउंन २ करोडको बजेट लगाएको छ । मेयर चौधरीले विकास लक्ष्य पूरा गर्न जनताले मलाई मेयर बनाएको हो । यसैले जनताको माग पूरा गर्न विकास निर्माण कार्यमा अलिकति पनि पछाडि नहट्ने उहां बताउंछन् । सडक निर्माणपछि सुरुंगा नगरपालिका दुरदराजमा रहेका जनता आयआर्जन, रोजगारी, उच्च शिक्षा, स्वास्थ्य जस्ता समस्याबाट निराकरण पाउंने छन् । प्रत्येक घरको अगाडि एम्बुलेन्स पुग्ने गरी सडक निर्माण थालिएको छ । 

सामाजिक विकृति विरुद्ध अभियान

मदिरा सेवन गरेर घरेलु हिंसा हुने गरेकोले यस्ता क्रियाकलापलाई रोक्न सुरुंगा नगरपालिकाले अभियान नै चलाएको छ । अभियान अन्तरगत नगरक्षेत्रमा बेलुका साढे ८ बजेभित्र मदिरा पसल बन्द गर्नुपर्ने प्रावधान तयार गरेको छ । मदिरा सेवन गरेर बाटोघाटो होहल्ला गर्ने दर्जनौलाई सचेत गराउंदै कारवाहीतर्फ लगिएको छ । अभियानलाई निरन्तरन्ता दिंदै भविष्यमा मदिरा निषेधित क्षेत्र घोषण गर्ने योजना लिएको छ । समाजिक वतावरणलाई मध्यनजर गरी सुरुंगा नगरपालिकाले अहिलेसम्म डिजे बजाउंने तीन जनालाई कारवाही गरिसकेको छ । कारवाही स्वरुप जनही एक एक हजार जरिवना काटिएको हो । डिजे निषेधित क्षेत्र घोषणा गर्न आवश्यक तयारी भइरहेको छ भने वातावरण स्वच्छ राख्न नगरपालिका अभियान जारी राखेको छ । शान्ति सुरक्षाको लागि नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिने भएको छ । सोलार बती जडानको योजना समेत रहेको छ ।

शैक्षिक सुधार 

सुरुंगा नगरपालिकाभित्र रहेका हरेक बालबालिकालाई स्कूलसम्म पुरयाउंन भर्ना अभियान तिब्र पारेको छ । जेठभित्र हरेक बालबालिका विद्यालय भर्ना गराइहाल्ने योजनाबद्ध अभियान समेत चलाएको छ । विद्यालयमा शिक्षक अनुपस्थिति र उपस्थितिको लागि इलेक्ट्रोनिक हाजिरी गराउंन थालेको मेयर चौधरीले बताउंनुभयो । विद्यालयमा विद्या र कार्यक्रमको लागि पूर्व तयारीको निम्ति शैक्षिक क्यालेन्डर नै प्रकाशन गरिसकेको प्रशासकीय अधिकृत राजकुमार दासले बताउंनुभयो । जनताको माग अनुरुप सुरुंगा नगरपालिकाभित्र चाडै इन्जिनियरिगं कांलेजको स्थापना गरिने भएको छ ।

स्वास्थ्य 

 जनताको सेवा सुविधाको लागि सुरुंगा नगरपालिकाले समयमा खोप र स्वास्थ्य शिविरहरु संचालन गर्ने भएको छ । दर्जनौ स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिसकेको स्वास्थ्यकर्मी भुषण सुनरैतले जानकारी दिनुभयो ।

पर्यटन 

धार्मिक पर्यटकीय विकासको लागि विषनहरीमा २८ लाखको योजनामा काम भइरहेको छ । जसमा पिकनिक स्पोट, वोटिगं, विश्रामस्थललगायत धार्मिक पर्यटनको लागि विकासलाई निरन्तरन्ता दिएको छ । गाउंठाउंलाई हराभारा बनाउंदै हरित नगरको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । अनुगमन ः विकासलाई तिब्र पार्न स्वच्छ  वातावरण र विशुद्ध पानी तथा पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणाको लागि 'हरेक विकासमा जनप्रतिनिधिको पाईला' नारा दिंदै दोहोरो अनुगमनमा लागेका छन् ।

आमाचकारी गाली गर्दै प्रहरीले मजदुर कुटे

Posted: 22 May 2018 10:21 PM PDT

विरु यादव । नवसंग्राम दैनिक लहान, ९ जेठ । प्रहरीले विना कसुर कुटपिट कसैलाई गर्दा समाजमा वितृष्णा जाग्छ । यसमा पनि मजदुरसंग पैसा माग गर्दै विभेदपूर्ण शैलीमा कुटपिट गरी आमाचकारी गाली गर्नु प्रहरीको नियत के होला ? आज लहानमा यस्तै भएको छ । लहान नगर प्रहरी चौकीका एक सईले दिउंसो ४ बजेतीर ३ हजार रुपैयां माग गर्दै सप्तरीको राजविराज ९ बस्ने देवनारायण यादवलाई बुटले हिर्काउंदै आमाचकारी गाली गरेका छन् । पीडित यादवले भने 'तिमीहरु यत्रो दिन यहां काम गरियो पैसा तिर्नुपर्छ ।' 'ठकेदारसंग कुरा गर्नु म कहांबाट पैसा दिनु हजुर ।' 'यति नभन्दै आमाचकारी गाली गर्दै कुटपिट गरेको छ ।''मधेशी भन्दै गल्हथियाउंदै बाहिर धेकेदियो ।' देवनारायण लहान ७ स्थित सडक कार्यालय कम्पाउण्डभित्र ६ महिनादेखि मालपोतको भवन निर्माण गर्न मजदुरी गर्दैछन् । त्यहां दश जना मजदुर काम गर्दै आएका छन् । भवन निर्माणको ठकेदार सन्तोष दास हुन् ।

रैथाने धानको लागि बीउं बैंक, उन्नत सुख्खाप्रति कृषकहरु आकर्षित

Posted: 22 May 2018 08:50 PM PDT

दिनेश्वर गुप्ता । न्यूज्वारभाटा साप्ताहिक  लहान । लोप हुन थालेको रैथाने धानको बीउं संरक्षणको लागि लहान १८ भदैया विष्णुपुरमा बैंक संचालनमा आएको छ । यससंगै बैंकमा विभिन्न उन्नत जातको विउ पनि उपलब्ध हुने गरेको अमृतपान कृषि सहकारी संस्था लि.सामुदायिक बीउं बैंकका संयोजक घुरण महतो बताउंछन् । उनले स्थानीय (रैथाने ) धान लामो समयमा पाक्ने र चाहेजति उत्पादन हुन नसकेकोले लोप हुंदै गएको छ । यसलाई संरक्षणको लागि अहिले ढेड कठ्ठामा प्रत्येक बर्ष उत्पादन गर्दै आएको बताउंछन् । 
रैथानेले खाद्य संकटको मध्यनजर गर्दै उन्नत जातका धान कृषकहरुले प्रयोग गर्न थालेको छ । उन्नत जातका सुख्खा १, २, ३,४, ५ , ६ सम्म हर्दिनाथ, मेघदुत, नन्दिना, वौवा निर्मल, राधा १३, तरहरा १, सोना मनसरी, रंजतिलगायतका धान उत्पादन गर्न ३—४ महिनामा घर भित्रियाउंन सकिन्छ । यसैमा सुख्खा हर्दिनाथ २ महिनामै तयारी हुने गरेको छ । स्थानीय गीता चौधरी भन्छीन् —' सुख्खा धान प्रति कठ्ठा तीन क्वांटल उत्पादन भएको छ ।'' दूई महिनामै धान तयारी भएको छ ।' चौधरीले यस पटक १५ कठ्ठामा सुख्खा धानको खेती गरेकी थिइन् । सुख्खा धान खानपिनमा स्वादिलो, कम समयमा उत्पादन, पानी कम भएपनि राम्रो उत्पादन, रोग किरा नलाग्ने, कम मलखाद्यको प्रयोग र मनसुली भाउमा विक्री हुने गरेकोले कृषकहरु हर्षित भएका छन् । केयर, राष्ट्रिय कृषि समूह महासंघ र लिबर्डको सहयोगमा बीउं बैंक २०७४ देखि संचालनमा आएको छ । बैंकमा स्थानीय खेम्टी, बकैय, गोमहा, सेतो वासमती, रातो बासमती, करियाकामोद, लालसर, हरिनफेल, ममई, कनकजिरी, जर्नेली, मिठाई, घिउपुरी, मगर, चन्नचुर, दोरंगा, मनसरी, बलुसाइर, वहर्नी हर्दा, बच्ची, अन्दीलगायतको रैथाने बीउं संकलन रहेको छ । संरक्षणको ट्याग सिस्टममा उक्त बीउं उत्पादन गरी बैंकमार्फत संरक्षण गर्दै आएको छ । लहान १८ भदैया गाउं महासंघका अध्यक्ष गंगाराम महतो भन्छन् —'भविष्यमा उन्नत जातका धानमा व्यापक रोग किरा लागेमा तथा सुख्खा मौसममा उत्पादनमा समस्या हुन सक्छ ।' 'अगामी दिनको लागि थोरै मात्रामा बीउं संरक्षणको लागि उत्पादन गर्छु ।' यहांको माटोमा अमलीयता (एज्) सबै खेतको एक रुपता छैन । यसैले उत्पादनमा पनि समस्या छ । स्थानीस्तरमा बीउं बैंक खोलिएपछि यहांका किसानहरु बाहिर जानबाट रोकिएको छ । विशुद्ध बीउं हुने गरेकोले बजारको एग्रोभेटमा जान छोड्दै गएको छ । बैंकमा उन्नत ८ र स्थानीय २५ जातका धान उपलब्ध छ । Image may contain: indoor
कृषि उत्पादनको लागि ऋण लिबर्डको १ लाख ५० हजार सहयोग र अमृतपान संस्थाको १ लाख रकमबाट जैविक विविधता कोष संचालन गरिएको छ । ३१ जना सेयर सदस्यबाट शुरु भएको उक्त कोषसंग आबद्ध अहिले ६९ पुगेको छ । आवश्यक स्टीमेट र विशेष अनुवेशन गरी कृषि परियोजनको लागि ऋण दिने गरेको छ । बैंकले १२ प्रतिशत ब्याजमा ऋण दिने गरेको छ । सहकारी र बीउं बैंककी अध्यक्ष खेमकुमारी सिंह भन्छीन्—' विशुद्ध बीउंको लागि सदस्य संख्या बढ्दै गएको छ ।'' उन्नत जातको बीउंमा उमारशक्ति बढी रहेको छ ।''कृषकको माग अनुरुप यहां बैंक खोल्नुपरेको छ ।' उनी बताउंछीन् । 
भदैयामा 'घर बगैंचा कार्यक्रम' 

२०७१ देखि संचालनमा रहेको घरबगैंचा कार्यक्रममा अढाई बर्षसम्म लिबर्डले सहयोग गर्दै आएका थिए । यस अन्तरगत फलफूल विरुवा, प्लास्टिक पोखरी १ ,सिमेन्ट पोखरी १२, गोबर ग्यास ९, तरकारी बीउं, प्राविधिक सहयोग, ज्ञान शिप विकास तालिम दिएका छन् । सहयोग आउंन रोकिएपछि स्थानीयहरु आत्मनिर्भर बनेका छन् ।Image may contain: plant, water and outdoor

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment