भरत जर्घामगर
सिरहा, २० वैशाख । धान बालीपछि खाली रहने जमीनमा मुसुरो उत्पादन गर्दै आएका सिरहाका महिला किसानले मुसुरोबाट विभिन्न परिकार बनाई बिक्री गरि सामूहिक रुपमा आयआर्जन गर्न थालेका छन ।
सिरहाका सिसवनी, हरिनगरा, गमहरिया, पोखरभिण्डाका ११ किसान समूहका ३० महिला किसानले सामूहिक रुपमा मुसुरोबाट दालमोठ लगायत विभिन्न परिकार बनाउने तालिम लिएर बिक्रि वितरण गरी आयअर्जन गर्न थालेका हुन ।
मुसुरो उत्पादक महिला किसानलाई घरमैं बसी दालमोठ बनाएर बेचबिखन गरी आयआर्जन वृद्धि गराउन फरवार्ड नेपालले ३० महिलालाई मुसुरोबाट बनाउन सकिने परिकार सम्बन्धि एकदिने तालिम दिएको थियोरु।डेढ बिघा जग्गा भाडामा लिई सिमल र शितल प्राजातिको मुसुरो खेती गरेका लहान नगरपालिका २२ सिसवनीका ३९ वर्षीय नन्दीलाल सदाय मुसहरले यसवर्ष १३ क्विण्टल मुसुरो उत्पादनगरेका छन । डेढ बिघा जग्गामा १३ क्वीण्टल मुसुरो उत्पादन गरेका उनले केही उब्जनी प्रति केजी ८० रुपैयाँका दरले बिक्री गरे भने बाँकी मुसुरोको उनकी पत्नी अनितादेवीले परिकार बनाएर बिक्री गर्ने सोचाई बनाएकी छन ।
एक फसलबाट एक लाख रुपैयाँसम्म आम्दानी लिन सफल अनिता दम्पतिले यसवर्ष थप आयआर्जनका लागि मुसुरोको परिकार बनाएर बिक्री गर्ने सोच बनाएका हुनरु। 'मुसुरोको परिकार बनाउन सिके, यसबाट थप आम्दानी लिन सक्ने रहेछौं अनितादेवीले भनिन् 'बिक्री गरी बचेको मुसुरोबाट थप आयआर्जनका लागि महिलाहरू मिलेर सामूहिकरुपमा दालमोट बनाएर बजारमा बेचबिखन गरी आयआर्जन गर्न थालेका छौं, यसबाट त्यसखेर जाने समय समेत सदुपयोग भएको छ ।
अनितामात्र होइन सिरहाका मुसुरो उत्पादक किसान परिवारका महिलाहरूले मुसुरोबाट परिकार बनाएर बिक्री गरी आम्दानी लिन थालेका छन । प्रगतिशिल कृषक समूह सिसवनिकी उर्मिला चौधरीले मुसुरोबाट बिभिन्न परिकार बनाउने तालीम पाएपछि महिलाहरू सामूहिक रुपमा बिभिन्न परिकार बनाएर बिक्री गरी आम्दानी लिन थालेको सुनाईन । 'सामूहिकरुपमा दालमोठ लगायत परिकार बनाउँछौं उनले भनिन् 'बजारमा किनेको दालमोठ भन्दा हामीले यही बनाएका परिकार गाउँघरमैं बिक्री हुनथालेको छ, माग अनुसार उत्पादन पु¥याउन सकेका छैनौं । बजारको परिकारभन्दा गाउँमैं बनाएको परिकार ताजा हुने र मिसावट समेत नहुने भएकाले गाउँले माग धान्न नसकेको उनले सुनाइन । उनका अनुसार समूहका तालिम लिएका ३० महिलाले आ–आफ्नै घरमा लगेर फुर्सदको समयमा मुसुरोको दालमोठ बनाएर एक ठाउँमा भेला पार्छन । तौल गरेर प्याकिंग गरेपछि साबमूहिकरुपमा उत्पादन बिक्री गर्छन । बिक्रीपछि लागत कटाएर मुनाफा बाडफाड गर्छन ।
जिल्लाको गाढा, बेताहा, कटहा, हरिनगरा, पडरिया, सिसवनी र पोखरभिण्डाका ४ सय २० किसान ११ वटा समूहमा आबद्ध भई सामूहिक मुसुरो उत्पादनमा सक्रिय छन । खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जनमा टेवा पुगेपछि सिरहाका किसानहरूले उन्नत सिमल, सितल, सिम्रीक, खजुरा २, महेश्वरभारती, शिखर प्रजातिको बीउ उत्पादनसमेत गर्छन । बाली विकास अधिकृत सुदर्शन विष्टका अनुसार मुसुरोमा मुख्य गरी प्रोटीनको मात्रा ३० प्रतिशत, आईरन, जिंक र मिनरल पाईन्छ । दालबालीहरू मध्ये मुसुरोलाई प्रमुख बाली मानिन्छ । धान बालीले आफुले चाहिदो माटोमा भएका खनीज तत्वहरू लिएपछि माटोमा खालीरहने तत्वहरूलाई केहिहद सम्म अन्य बालीले भन्दा मुसुरो बाली लगाउदा माटोमा खाली रहेका तत्वहरूलाई परिपूर्ति गरी माटोलाई मलिलो बनादिन्छ ।
जिल्ला कृषि विकास कार्यालय सिरहाको तथ्यांक अनुसार सिरहामा १५ हजार ५ सय हेक्टरमा मुसुरो खेती गरिन्छ । यसबाट बर्सेनी जिल्लामा १७ हजार किलोग्राम उत्पादन हुन्छरु। तथ्यांक अनुसार नेपालबाट २९ देशमा मुसुरोको दाल ३७ हजार ५ सय ६९ दशमलव ९ मेट्रिक टन निर्यात हुने गरेको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/03/2018 09:57:00 PM
No comments:
Post a Comment