रामबाबु यादब
सिरहा, १९ वैशाख । मुस्लिम समुदायका वालवालिकाको प्रारम्भिक अध्ययन हुने मदरसाको सञ्चालनप्रति राज्यले उचित व्यवस्था नगर्दा मदरसा सञ्चालनको लागि मुस्लिम समुदायको प्रत्येक घरबाट मुी दान हुने गरेको छ ।
मुस्लिम वालवालिकाहरु सरकारी विद्यालय जानुपुर्व उर्दु र अरबी भाषाका साथै अङ्ग्रेजी, गणित र नेपाली भाषा सिक्ने मदरसालाई मुस्लिम समुदायले अनिवार्य तथा महत्वपूर्ण सँस्थाको रुपमा लिने गर्दछन् । सोही कारण प्रत्येक मुस्लिम वस्तीमा घरैपिच्छे साप्ताहिक रुपमा एक पटक मुी दान गर्ने गरिएको छ । यसरी दान गर्दा घरधनीले आफ्नो गच्छे अनुसार अन्नदेखि रकमसम्म दिने गरेका छन् । यसरी दान गरिएको सामग्री मदरसाको सञ्चालक समितिले मदरसाको संरचना र विस्तारमा खर्चिदै आएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार सिरहाका विभिन्न मुस्लिम वस्तीहरुमा ६४ वटा मदरसाको स्वीकृति दिए पनि कुनै मदरसामा एउटै मौलवी (शिक्षक) को दरबन्दी छैन । इकाईले केवल मदरसा सञ्चालनको लागि वार्षिक रुपमा आधारभुत तहका लागि एक लाख ८८ हजार तथा त्यसभन्दा माथि तीन लाख ८६ हजार अनुदान दिने गरेको इकाई प्रमुख महेन्द्र महतोले जानकारी दिए ।
मदरसा सञ्चालकहरुले आफ्नो वस्तीको मदरसाहरुमा चाहिने मौलवी शिक्षक आफैंले भर्ना गर्ने र उनीहरुलाई पुगे इकाईबाट प्राप्त भएको अनुदानबाट र नपुगे गाउँबाट मुठ्ठी दान र धार्मिक कार्यमार्फत चन्दा उठाएर मासिक पारिश्रमिक दिदैं आएको लहान नगरपालिका–९ स्थित मदरसा गौसिया फैजुल ओलुमका सचिव फिरोज सिद्दकीले बताए ।
'सरकारी निकायको ध्यान नगएको कारण पनि जिल्लाका कतिपय मदरसाहरुको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ , सिद्दकीले भने, मदरसाहरुको विकास अनुदान र मुी दानले मात्रै पुग्दैन, यसको लागि मौलवीको व्यवस्थापन र अन्य सामुदायिक विद्यालयको जस्तो सेवा सुविधा दिनुपर्छ ।
२०६८ सालमा पाँच कक्षासम्मको अनुमति पाएपछि सञ्चालन भएको हाम्रो गाउँको मदरसामा पछिल्लो सात वर्षको अवधिमा तीन पटक मात्रै जिल्ला शिक्षा कार्यालयबाट अनुदान आएको छ, लहान नगरपालिका–१८ स्थित भदैयाको शोभापुरमा रहेको हन्थिया गोसिया मदरसाका सञ्चालक मो. हनिफले भने–मदरसाको भवन, फर्निचर, पाठ्यक्रम र बाहिरबाट आएका आवासीय विद्यार्थीको खानपान र भाँडाकुँडा समेत गाउँबाटै मुठ्ठी दानमार्फत जोहो गरिरहेका छौं ।
सञ्चालन र व्यवस्थापनका अतिरिक्त अन्य पनि थुप्रै समस्याहरु रहेकोले त्यस्ता समस्याहरु समाधान नहुञ्जेल मदरसा व्यवस्थित हुन नसक्ने बताउछ व्यवस्थापिका संसदका पुर्व सांसद तथा मुस्लिम संघ नेपालका उपाध्यक्ष मोख्तार अहमद । उनले मदरसाको अनुदान झार्नेदेखि लिएर मदरसाबाट पाउने प्रमाणपत्रलाई समेत सामुदायिक विद्यालयहरुले मान्यता नदिने समस्या सिरहामा देखिएको बताए ।
मदरसाबाटै मुस्लिम वालवालिकाले आफ्नो धर्म र सँस्कृति सिक्ने भएकोले मुस्लिम समुदायले राज्यसँग पटक पटक राष्ट्रिय मदरसा बोर्डको गठनको माग गरिरहेका छन्, साँसद अहमदले भने–भारतको विहारमा जस्तो मदरसामा हुने पढाई, यसको परिक्षा प्रणाली र मदरसाको प्रमाणपत्रको आधारमा एसएलसी सरहको सरकारी जागीर हुने व्यवस्था लागु गरे मात्र मदरसाको अवस्थामा सुधार हुनसक्छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/03/2018 04:31:00 AM
No comments:
Post a Comment