/ Undifined / [Marganugami Daily] ढोढनाको राजदेवी मन्दिरमा वलि पुजन

[Marganugami Daily] ढोढनाको राजदेवी मन्दिरमा वलि पुजन

रामबाबु यादब
सिरहा, १७ वैशाख । प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिनमा वलि चढाइने लहान नगर पालिका–१५ स्थित ढोढनामा रहेको राजदेवी मन्दिरमा वलिपुजन सम्पन्न भएको छ ।
वैशाख पूर्णिमामा चारैतर्फ बुद्ध जयन्ती मनाइरहदा यसै दिनमा चण्डी पूर्णिमा पर्ने भएकोले उक्त मन्दिरमा वलि पुजन हुँदै आएको हो । लहान नगरपालिका–१५ का वडा अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य तेजनारायण चौधरीका अनुसार प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिनमा मात्र वलि पुजा हुने भएकोले उक्त मन्दिरमा दिनभरी वलि चढाउन हजारौंको सँख्यामा भक्तजन श्रद्धालुहरुको भीड लागेको छ ।
करीब डेढ दशकदेखि वैशाख पूर्णिमाका दिन वलि चढ्ने उक्त देवीस्थानमा वलि चढाउछु भन्दै गरिएको भाकल पुरा हुने भएकोले राजदेवी माताको सो मन्दिर निकै शक्तिशाली रहेको स्थानीयबासीहरुमा विश्वास रहिआएको छ । वैशाख पूर्णिमाकै दिन वलि लाग्ने सो मन्दिरको वलिप्रथा हालसालैको नभई त्यसले करीब १२५ वर्षभन्दा बढीको गाथा बोकेको छ । मन्दिरका पाँचौ पुस्ताका पुजारी डम्बर बहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा वलि चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ वलिप्रथा शुरु भएको थियो ।
पुजारी भट्टका अनुसार १२५ वर्षअगाडी अहिले मन्दिर रहेको स्थानमा ठूलो ज·ल र चरण क्षेत्र रहेको थियो । नजीकैको चौधरी र भट्टहरुको परिवार रहेको गाउँबाट त्यस क्षेत्रमा १०० भन्दा बढी गाईवस्तुहरु चराउन लगिन्थ्यो । तर प्रत्येक दिन एउटा गाई हराउन थालेपछि त्यतिखेर गाउँका ठूला धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस स्थानमा गई तन्त्रसाधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा वलि चढाए र भाकल गरी पुजा गर्ने हो भने सबै समस्या टर्ने बताए ।
देवीले सपनामा दिएको दर्शन र उनको भनाई मुताबिक स्थानीयबासिन्दाले उनै दिलाराम भट्ट र उनको जेठो सन्ततीलाई मूल पुजारी बनाउने निर्णय गरी देवीस्थान बनाई बलिप्रथा गर्दै आएका छन् । पूर्णिमाको दिन वलि चढाई मागिएको भाकलबाट कतिपय विरामीहरुको दीर्घरोग पनि निको भएको ढोढनाका विरेन्द्र चौधरीले बताए । गाउँ र चुरेको छेऊमा सानो डाँडामाथि रहेको राजदेवी मन्दिरमा बोका, कुखुरा, हाँस, परेबा लगायत पशुपंक्षी हरुको वलि चढाइने गरिन्छ । उक्त मन्दिरमा वर्षेनी चालिस हजारभन्दा बढी पशुपंक्षीको वलि चढ्ने गरेको बताइन्छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/01/2018 09:39:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment