Onlinesiraha-Nepali |
- गोलबजारमा पक्कि नाला शिल्यान्यास
- गोलबजारमा छोरी क्लव गठन
- नेपालको गैंडा चिनलाई उपहार दिन ८० जनाको टोली जंगलमा
- उमेश यादबलाई बचाउन कतारबाट अब्दुल बासिदले एक लाख सहयोग गरे
- गोलबजार नगरक्षेत्रका माविमा सीसीटिभी क्यामरा जडान
गोलबजारमा पक्कि नाला शिल्यान्यास Posted: 29 Apr 2018 07:02 AM PDT राम नारायण पंडित, सिरहा, १६ बैशाख । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शुक्रवार ६ नम्वर वडाको एक हजार मिटर लामो पक्कि नालाको शिल्यान्यास गरेको छ । बजारको दुवैतर्फ नाला निर्माण भएपछि सडकमै पानी जम्ने समस्या सामाधान हुने नगरप्रमुख देवनाथ साहले बताए । साहले बजारको विस्तारसँगै विकास निर्माणको काम पनि अगाडी बढ्ने बताउँदै प्राथमिकताका आधारमा विकास निर्माणका कामहरुलाई पनि अगाडी बढाउँदै जाने बताए । नगरपालिकाको मुख्य बजार क्षेत्रको उत्तरतर्फ बाँकी रहेको दुवै तर्फको ५÷५ सय मिटर लामो पक्कि नाला निर्माण महिना दिनभित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिएको पुर्वी नाला उपभोक्ता समितिका अध्यक्ष विजय साहले जनाए । गोलबजार नगरपालिकाको ६५ लाखको लागतमा निर्माण कार्य सुरु भएको समितिले जनाएको छ । सडकको दुवै पेटिमा पक्कि नाला निर्माणको लागि दुईवटा छुट्टाछुट्टै समिति निर्माण गरिएको छ । पश्चिम किनारको अध्यक्ष प्रतिप भण्डारी र पूर्वी किनारका अध्यक्ष विजय साह रहेका छन् । दुवैजना अध्याक्षहरुले समयमै काम सम्पन्न गर्ने जनाए । शिल्यान्यास कार्यक्रममा गोलबजार नगरपालिका वडा नं. ६ का अध्यक्ष बसन्त लामा र कार्यपालीका सदस्य उमेश बराल लगायतका उपस्थिति रहेको थियो । |
Posted: 29 Apr 2018 06:55 AM PDT राम नारायण पंडित, सिरहा, १६ वैशाख । गोलबजार नगरपालिकाका उपप्रमुख रेशम कुमारी थापाले छोरा–छोरी दुवैलाई समान शिक्षा र अवसर दिनुपर्ने वताएको छ । सिरहाको गोलबजार नगरपालिकाको लक्षित वर्ग अन्तर्गत 'सामाजिक रुपान्तरणको लागि छोरी क्लव गठन तथा किशोरी शिक्षा' कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख थापाले अझै पनि छोरीहरु विभिन्न नाममा विभेदमा परेको बताए । एउटै बावुआमाको सन्तान छोरा र छोरीमा विभेद रहेसम्म समाजको विकास सम्भव नभएको उपप्रमुख थापाले बताए । उनले समाज विकसको लागि छोरा र छोरी दुवैको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व रहेको जनाए । उनले भने, 'समाजको समान विकासको लागि छोरा र छोरी दुवैले उक्तिकै महत्व रहँदै आएको छ, त्यसैले समान अवसर पाउनु पर्छ, उनिहरुलाई लिङ्गको नाममा विभेद गरिनु हुँदैन ।' उनले सन्तान विना समाजको कल्पना पनि गर्न सकिन्न त्यसैले उनीहरुको पनि महत्ब रहेको बताए । 'किशोरीहरुपनि देश निर्माणका कर्णधार हुन उनीहरुले पनि समान शिक्षा र अवसर पाउनु पर्छ,' उप्रमुख थापाले भनिन्, 'किशोरी शिक्षा, उनीहरुले पाउने अवसर तथा उनीहरुको समग्र विकासमा नगरपालिकाले पनि सकेको सहयोग हुनेछ ।' कार्यक्रममा नगरपालीकाका प्रशासकिय अधिकृत गिरिराज ज्ञवालीले समाज हाम्रो हो, यसलाई कस्तो वनाउने भन्ने जिम्मा पनि हाम्रै भएको बताए । कुनै एउटै क्षेत्र, वस्तु, लिङ्गको मात्र विकास वा वृद्धिले समाज विकास नहुने भन्दै त्यसको समग्र विकासको जरुरी हुने अधिकृत ज्ञवालीले बताए । समाज रुपान्तरणको लागि छोरी शिक्षित हुनु नितान्त जरुरी रहेको भन्दै उनीहरुलाई यस्ता खालका तालिम गोष्ठिहरुले पनि ठूलो सहयोग पुग्ने जनाए । गोलबजार नगरपालिका वडा नं. ४ का अध्यक्ष राजदेव यादवले विद्यालय, सडक, पुल, ढल बनाएर मात्र समग्र समाजको विकास नहुने बताए । समाज रुपमन्तरणको लागि हरेक तह तप्काकाको समान विकासको आवश्यकता रहेको उनले बताए । उनले हाम्रो समाजमा छोरीलाई अझैपनि चुलो चौका र घरभित्रै सिमित गराउने परिपाटी अन्त्य हुन नसकेकोे बताउँदै छोरीलाई शिक्षित र सक्षम बनाउनु जरुरी रहेको बताए । नगरपालिकाका बडा नम्बर ४ का किशोरीहरुको उल्लेखनिय सहभागीता रहेको कार्यक्रमको अध्यक्षता रिता दहालेले गरेका थिए भने कार्यक्रम संचालन अधिवक्ता ओमकुमारी साहले गरेको थियो । |
नेपालको गैंडा चिनलाई उपहार दिन ८० जनाको टोली जंगलमा Posted: 29 Apr 2018 04:42 AM PDT बैशाख १६ । चीनलाई उपहारस्वरुप पठाउने भिनिएको गैंडालाई नियन्त्रण गरेर बोमामा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान क्षेत्रमा भेटिएको गैंडाको बच्चालाई शनिवार राती नै सौराहा ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा निमार्ण गरिएको 'पिट बोमा' मा राखिएको छ । अन्दाजी डेढ देखि दुई वर्षको भाले गैंडालाई डाट गरेर नियन्त्रणमा लिइएको छ । चीन पठाउनु अघि जंगलबाट ल्याएको गैंडालाई बोमामा राखेर मानिससँग घुलमिल हुन सिकाइन्छ । मानिसको ब्यवहारसँग नजिक बनाउँदै 'पिट बोमा' बाट बोमामा सारिन्छ । पूर्ण रुपमालान सकिने भएपछि मात्रै चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । गैंडाको आनीबानी र खानपिनको अध्ययन गरेर चीन पठाइने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चीनलाई गैंडा उपहार दिने निर्णय गरेका थिए । २०७३ असार २६ गते सरकारले चीनलाई गैडा उपहार दिने निर्णय अुनसार चारवटा पठाउन लागिएको हो । बाँकी तीनवटा गैंडाको बच्चाको पनि खोजी कार्य तीब्र पारिएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत प्राविधिकसहितको टोली, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणसहित ८० जनाको टोली एक सातादेखि जंगलमै रहेको छ । नेपालबाट लगिएको गैडा चीनको छिन्दु र गोन्जाओमा रहेको मानवनिर्मित पार्कमा राखिने बताइएको छ । यसअघि २६ वटा गैडा उपहारस्वरुप अन्य मुलुकमा पठाइएको छ । |
उमेश यादबलाई बचाउन कतारबाट अब्दुल बासिदले एक लाख सहयोग गरे Posted: 29 Apr 2018 04:33 AM PDT बैशाख १६ । उमेश यादबलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले यादबलाई आममाफी दिइसकेका छन् । तर, आममाफी वापत ब्लड मनि ३० लाख पाकिस्तानी रुपयाँको माग गरीएको छ । उक्त ब्लड मनिका लागि सहयोग गर्ने उद्देश्यले जनकपुरका सफल व्यवसायी अब्दुल बाशिदले एक लाख रुपयाँ दिने घोषण गरेका छन् । एनआरएन आइसीसी सामाजिक उद्यमशीलता विकास समिति मध्यपुर्वका संयोजक समेत रहेका बाशिदले उक्त रकम उमेश यादबको बचाउ अभियानमा सहयोग गर्ने बताएका छन् । ब्लड मनीका लागि आर्थिक सहयोग गर्न र उमेश यादब बचाउ अभियानलाई सफल बनाउन प्रवासमा रहेका समपूर्ण नेपालीहरुलाई बाशिदले अपील गरेका छन् । हत्याको आरोपमा साउदी जेलमा रहेका उमेश यादवलाई मृत्युदण्ड दिएपछि उनलाई बचाउने प्रयासका लागि सामाजिक अभियन्ता सरोज राय पाकिस्तान गएका छन् । त्यहाँ उनको पहलमा मोहम्मद लतिफ वसिर अहमद असलमका परीवारले उमेश यादबलाई आममाफी दिसकेका छन् । तर, आममाफी बापत असलमका परीवारले ब्लड मनी ३० लाख पाकिस्तानी रुपयाँ माग गरेका छन् । बाशिद अहिले कतारमा छन् र उनी आफ्नो 'प्रोजेक्ट कतार एक्जिविशन'मा आफ्नो ब्राण्डको प्रदर्शनी गर्ने भएका छन् । कतारमा रहेर आफ्नो जन्म गाउँ बेलाको नाममा ब्रान्ड बनाएर व्यवसाय गर्दै आएका बाशिद दाजुभाईले आउँदो मे महिनाको ७ देखि १० तारीखसम्म दोहामा हुने प्रदर्शनीमा आफ्नो ब्राण्ड राख्ने भएका छन् । उनको ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान ,वाल फ्यान,वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटरजस्ता रहेका छन् । यतिबेला उनको ब्राण्ड कतारको बजारमा अन्य देशको व्राण्डको प्रमुख प्रतिस्पर्धी बन्न सफल भएको छ । 'मध्यपूर्व एसियाको बजारको उच्च माग र विक्री बजारको अध्ययन गरेर बेलाको ब्राण्डको सम्पुर्ण सामाग्रीहरु ठूलो परिमाणमा उत्पादन गरी विश्व बजारतर्फ पु¥याउन प्रदर्शनीमा राख्न खोजिएको हो'संचालक अब्दुल वासिदले जानकारी दिए । |
गोलबजार नगरक्षेत्रका माविमा सीसीटिभी क्यामरा जडान Posted: 29 Apr 2018 12:02 AM PDT राम नारायण पंडित, सिरहा, १६ वैशाख । सामुदायीक विद्यालयको शिक्षा दिन प्रतिदिन खस्किदै गएपछि सिरहाको गोलबजार नगारपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका सवै माध्यमिक विद्यालयमा सीसीटीभि क्यामेरा जडान गरेको छ । शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकासको कल्पना गर्न पनि नसकिने भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक बातावरण निर्माणमा सहयोग पुग्ने विकासका साथ सीसीटीभि क्यामेरा जडान गरिएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । तराईका जिल्लाहरुमा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख साहले जनाए । विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने साहले विश्वास व्यक्त गरे । क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षकहरु कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा बिद्यालय छाडेर भाग्ने जस्ता कार्यको निगरानी गर्न सकिने प्रमुख साहले बताए । उनले भने, 'शिक्षा क्षेत्रमा यति राजनीतिकरण भएको छ की त्यसलाई लिकमा ल्याउन धेरै मेहनतको जरुरी छ, जसको लागि यसले पहिलो खुडकिलोको रुपमा काम गर्ने छ ।' उनले नगर सभाको पहिलो बैठकको पहिलो निर्णय नै शिक्षा क्षेत्रको सुधारमा जोडदिन प्राविधिक मैत्रि शिक्षण प्रकृयाको विकास गर्न कम्प्यूटर दिने निर्णय गरेका थियौं, त्यसै अनुसार आज यो कार्य भएको जनाए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आवश्यक लगानी गर्न नगर तयार रहेको जनाए ।नगरक्षेत्रमा रहेको ६ वटा माध्यमिक विद्यालयको सम्पूर्ण विद्यालय प्राङ्गण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको वरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई ४ वटाका दरले क्यामेरा जडान गरिएको नगरपालीकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञावालीले जनाए । नगर क्षेत्र भित्र पर्ने जनता नमूना माध्यमिक विद्यालय, गोलबजार ८ चोहर्वा, जनता (प्रविधिक) माध्यमिक विद्यालय गोलबजार ४, जनता माध्यमिक विद्यालय, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार ३, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२ बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् । क्यामेरा प्रत्येक बिद्यालयका प्रधानाध्यापकले निगरानी गर्ने प्रशासकिय अधिकृत ज्ञवालीले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment