Onlinesiraha-Nepali |
जनकपुर भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए Posted: 20 Apr 2018 12:25 AM PDT वैशाख ७ । मिलोमतोमा भन्सारबाट पास भएपछि राजस्वले नियन्त्रणमा लिएको तस्करमिा संलग्न रहँदै आएका रहमानको मालसमान छुटाउन गएका जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी र प्रहरीबीच झडप भएको छ । मध्य क्षेत्र राजस्व कार्यालय पथलैयाका कर्मचारीहरुले भन्सारबाट चेकजाँच भै निस्केका मालसमानहरु बुधवार नियन्त्रणमा लिएका थिए । गाडी सहित बरामद भएको मालसमानको चेकजाँच भन्सार कार्यालयमै हुनुपर्ने अडान जउवा संघका पदाधिकारीहरु भन्सार कार्यालयमा पुगेका थिए । दुवै पक्षबीच मालसमानहरु बर्दिबासमा चेकजाँच गरी अवैध ठहरिए कार्वाही र वैध भए तत्काल फिर्ता गर्ने लिखित सहमति भएको जउवा संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र साहले भने, तर सहमति विपरित मालसमानहरु पथलैया लगेपछि भन्सार कार्यालयमा तालाबन्दी गरिएको छ ।'भन्सार कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट समान्य चोट लागेको जउवा संघका अध्यक्ष ललित कुमार साहले जनाए । जउवा संघका केहि पदाधिकारीहरु भन्सार कार्यालयमै पुगेका थिए ।राजस्व अनुसन्धानले बरामद गरेको ज १ ख ८७९ नम्बरको गाडी सहितको मालसमानहरु कुख्यात तस्कर रहमानको रहेको छ । लामो समयदेखि कैरियरको कामगर्दै आएका रहमानले पछिल्लो समयमा केहि मालसमानहरुको न्यून्तम मूल्य निर्धारणमा एउटा प्रज्ञापन कटाएर कयौं पटक मालसमान ढुवानी गरेको खुलासा भएको छ ।जनकपुर भन्सारका केही कर्मचारी विभागमा झिकाइएका र केही कर्मचारीहरुको छानविन भईरहेको उल्लेखगर्दै राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काफ्लेले जनाए ।उनले पछिल्लो घटनामा समेत भन्सारका कर्मचारीहरुको संलग्नता देखिए उनीहरुपनि कार्वाहीमा पर्ने बताए ।जनकपुर भन्सारबाट संस्थागत रुपमा तस्करी हुँदै आएको छ ।प्रहरी र भन्सार कार्यालयको संलग्नतामा दर्जन बढी तस्करहरुले धन्धा चलाउदै आएका छन् । भन्सार छल्न केहि व्यवसायीहरु संगठित तस्करहरुको समुह मार्फत 'कैरियर' गराउँदै आएका छन् । तस्करहरुले कैरियर गरी ल्याउने मालसमानहरुमा मूल्यको १० प्रतिशत लिने गरेका छन् । १० प्रतिशतमा ढुवानी, प्रहरी, सशस्त्र प्रहरी र भन्सार लगायतका निकायहरुमा तस्करहरुले रकम बुझाउने गर्छन् । मालसमान जफ्त भए तस्करहरुले क्षतिपूर्ती तिर्नुपर्ने सहमति छ । तस्करीमा भन्सारको सेटिंग मिलाउनेमा सोहन जलान अगाडी छन् । उनले तस्करीको मालसमान देशको विभिन्न भागहरुमा पु¥याउने गरेका छन् । |
सिरहा नगरभित्रको नालाहरु बन्नू भन्दा पहिला नै भात्कियो Posted: 19 Apr 2018 11:58 PM PDT ऑनलाइन सिरहा डटकम वैशाख ७ । डिभिजन सडक कार्यालय, लहान सिरहा मार्फत विटुमिन प्रिमिक्स कार्पेटिङ्ग कार्य को लागि रोशन कन्स्ट्रक्सन प्रा.लि. जनकपुर–४, धनुषाले चौहर्वा सिरहा माडर सडक अन्तरर्गतको माडर खैरटोका नजदितको सडकमा दुवै छेउमा नाला ढल निर्माणको कार्य गर्ने ठेक्कामा कबोल अनुसार मापदण्डभन्दा बाहिर पुरानो सडकबाट उपकाइएका ईटा र मिठापाक ईटाको प्रयोग गर्दा स्तरहिन निर्माण गर्न थालेपछि स्थानीयहरु बिरोध गरेर काम बन्द नै गराए । सो सम्बन्धमा सडक डिभिजन लहानका इन्जिनियरले स्वीकारेर उक्त पुरानो ईटाको प्रयोग भएकोमा भुक्तानी नदिएको सुनाउदा ठेकेदार कम्पनि र सडक डिभिजन कार्यालयको मेलोमतोमा नै ठेकेदारहरु स्तरहिन कार्य गरिरहेको प्रष्ट देखिन्छ । उक्त कन्स्ट्रक्सन कम्पनिले सडक डिभिजन कार्यालयको मेलोमतोमा माडरको सडक निर्माणमा काम रोक्दा सोही बजेटमा सिरहा नगरपालिकाको वडा नं. ११ भलुवाही चौकमा सडको दुवै छेउमा नाला निर्माण गर्ने काम थालेको अवस्थामा गुणस्तरहिन निर्माण गरेका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment