Onlinesiraha-Nepali |
- समाजसेवी एबम युवा पत्रकार पटेल सम्मानित
- धनुषाको बासुदेबपटिमा एक मन्दिरको मेयर बरबरियाले गरे शिलान्यास
- कर्मचारीलाई बजेट सकाउन मेयर पासवानको निर्देशन
समाजसेवी एबम युवा पत्रकार पटेल सम्मानित Posted: 02 Apr 2018 10:03 AM PDT रौतहटका युवा पत्रकार अभिमन्यु पटेल युवा पत्रकारिता पुरस्कारले पुरस्कृत भएका छन् । रिपोर्टरस क्लब नेपालले आयोजना गरेको २० औ वार्षिकोत्सबको कार्यक्रममा पत्रकार अभिमनु कुमार पटेललाई सम्मानित गरिएको हो। पत्रकार पटेलको काम प्रतिभा र अनुभव प्रति खुसी जनार्इ , कमै उमेर देखी पत्रकारितामा सामिल भइ देश र जनताको पक्षमा सत्य तथ्य समाचार सम्प्रेषण गरि आम सञ्चारमा ठुलो योगदान पुर्याउनु भएको र पत्रकारिता क्षेत्रबाट माथि उठेर समाजिक कार्य बढी सराहनीय कार्य क्लिन गौर, ग्रिन गौर, नि:शुल्क स्वास्थ शिविर, बाढी, शितलहर, आगजनी लगायत अन्य पीडित असहाय व्यक्तिहरूमा खाद्यान्न, लत्ताकपडा, आर्थिक रकम सहयोग पुर्याउनु साथै कतिपय ठाउँमा अपांग बृद्ध बृद्धाको घर समेत निर्माण कार्य गर्दै आइरहेको भन्दै कार्यक्रमका अध्यक्ष ऋषि धमलाले प्रशंसा समेत गरेका थिए। उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा सम्मानिय केपी शर्मा ओलि थिए । कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार ऋषि धमला द्वारा सु सम्पन्न भयो। उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र राजनीतिकर्मी ,अधिकारकर्मी ,पत्रकार ,राजदुत,बुद्धिजीवी जस्ता ब्यक्तिहरु उपस्तिथित थिए । |
धनुषाको बासुदेबपटिमा एक मन्दिरको मेयर बरबरियाले गरे शिलान्यास Posted: 02 Apr 2018 07:30 AM PDT नरेशचन्द्र बरबरिया,चैत १९ गते । धनुषाको सहिदनगर नगरपालिकामा आज लक्षमी मन्दिर सन्युक्त रुपमा शिलान्यास भएको छ ।शहिदनगर नगरपालिकाका वडा न.५ बासुदेबपटिमा सहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरवरियाले एक कार्यक्रम बिच उक्त मन्दिरलाई शिलान्यास गरेका छन। ।उक्त मन्दिर शिलान्यास कार्यक्रममा उपमेयर शिला कापर,,वडा अध्यक्ष रामरतन पासवान, वडा अध्यक्ष तनुकलाल यादव,रामदेव मरिक, वडा अध्यक्ष रामएकबाल शाह,कन्हैया मुखिया,राजनितीक सल्लाहकार हलखोरी कापर लगायत स्थानीय बाशीहरुको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।मन्दिको शिलान्यास भएको देखर स्थानीयहरु निकै उत्साहित र खुशी देखिएको थियो ।शिलान्यास भएको मन्दिरको लागी भबण केहि दिनमै सुरुवात गर्ने वडा अध्यक्ष रामरतन पासवानले बताउनु भएको छ । |
कर्मचारीलाई बजेट सकाउन मेयर पासवानको निर्देशन Posted: 01 Apr 2018 05:10 PM PDT सिरहा, १८ चैत्र । कर्जन्हा नगरपालिकामा विकास निर्माणकाे कार्य स्पष्ट तथा पारदर्शी रुपमा ताेकिएकाे समयभित्रै गर्न कर्मचारीहरुलाई निर्देश दिएका छन् । कर्जन्हाका मेयर गंगा पासमानले विकास गर्न यस अार्थिक मसान्तमा समय थाेरै भएकाले छिटोछरितो राम्राे काम गर्न समय थाेरै भएकाले समयलाई ख्याल गर्दै सबै बजेट सकाउने गरि काम गर्न वडा सचिव र अध्यक्षलाई निर्देशन दिनुभएकाे छ । अहिले नगरभित्र काम गर्न धेरै तथा समय थाेरै भएकाले सम्पुर्ण नगरवासि तथा अाम समुदायलाई विकास निर्माणकाे कार्यमा सहयाेग गर्न अनुराेध गर्नुभएकाे छ । अाफुले कर्जन्हाकाे विकास गर्न लागि परेकाे र धेरै जसाे विकासका खाका हामीले तैयार पारिसकेकाे नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले जानकारी दिए । उनले भने, नगरकाे बजेट एउटा पनि फ्रिज हुदैन, अात्म विश्वास र लगनशीलताले मानिसलाई गन्तव्यसम्म पुगाउछ ।, त्यस कारण सबै वडा सचिवहरुलाई छिटै वडाहरुकाे कार्य सम्पन्न गर्न अाग्रह गरे । हामि जन्ताकाे प्रतिनिधि भएकाले जन्ताकै खुसि अनुसारका सबै कार्यक्रमहरु गरि रहेकाे र छिटै कर्जन्हा नगरवासिले विकासकाे सुर्य उदयभएकाे कुरा महसुस गर्ने कर्जन्हाका मेयर पासमानले विश्वास व्यक्त गर्नुभयाे । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment