भरत जर्घामगर
सिरहा, १८ चैत्र । जिल्लाको उत्तरवर्ती चुरे जंगल क्षेत्रमा वन्यजन्तुको चोरी शिकार बढ्दो छ । चोरी शिकारका कारण बदेँल, मृग, नीलगाई, वन कुखुरा, कालिज मासिने खतरा बढेको छ ।
वन गस्ती फितलो भएको मौंका छोपी चुरे क्षेत्रको जंगलबाट दिउँसै वन्यजन्तुको चोरी शिकार हुन थालेको छ ।यस्ता कार्यहरुमा जंगल क्षेत्र नजिकै बसोबास गर्नेको संलग्नता बढेपछि वन्यजन्तु मासिने खतरा बढेको हो । उत्तरवर्ती मड्यान, चट्टान लगायत एक दर्जन चुरे जंगल क्षेत्रमा चोरी शिकारी बढेको हो । चुरे जंगल क्षेत्रमा बँदेल, मृग, नीलगाई, वन कुखुरा, कालिज जस्ता जंगली जनावारहरु पाईन्छन् ।
पानीको खोजीमा वन्यजन्तु चेरे फेदीका खोल्सीमा झर्छन् । त्यही मौका छोपेर शिकारीहरुले वन्यजन्तु मार्ने गरेको एक स्थानीयले बताए । 'शिकारीले दिनभर बँदेल, मृग र नीलगाईको शिकार गर्छन् । विष्णुपुरकट्टीका एक स्थानीयले भने 'वन्यजन्तुको बासस्थान ठम्याएर रातमा मार्ने गरेका छन् ।
भरुवा बन्दुकको साहयताले वन्यजन्तुको शिकार हुने गरेको छ । गाउँघरमा सहजै रुपमा बनाउन सकिने भरुवा बन्दुक चोरी शिकारका लागि उपयोगी साधन बनेको हो । गत कार्तिक २१ गते मुसहरनीया जंगल क्षेत्रबाट प्रहरीको गस्ती टोलीले दुई वटा भरुवा बन्दुक सहित धनगढीमाई १० का ५८ वर्षीया जगबहादुर तामांङलाई पक्राउ गरेको थियो । वन गस्ती टोलीले गत माघमा गोली लागेको अवस्थामा मृत बँदेल फेला र्पायो । बँदेल मार्न भरुवा बन्दुकको प्रयोग भएको खुल्न आएको थियो ।
सहायक जिल्ला वन अधिकृत अमरेन्द्र यादवले चोरी शिकारका घटनाहरुमा गाउँलेको संलग्नता भएसँगै वन्यजन्तु मासिने खतरा बढ्न सक्ने बताए । चुरे वन क्षेत्रमा चोरी शिकारका बारेमा स्थानीयले जानकारी नदिदाँ चोरी शिकार नियन्त्रणमा समस्या परेकोयादवले बताए ।
अतिसंकटापन्न चरा बगेडी मासिदैं वन्यजन्तुको चोरी शिकारीमात्र होइन यौनशक्ति बढाउने अन्धविश्वासका कारण अतिसंकटापन्न सूचीमा रहेको बगाले बगेडी चराको मासु राजमार्गका होटलमा पाइने गरेको छ । होटल तथा रेष्टुरेन्टहरुमा बगाले बगेडीको मासुको माग अत्यधिक भएपछि यसको शिकार हुन थालेको हो ।
सिरहादेखि महोत्तरीसम्मका राजमार्ग छेउका प्रमुख बजारहरु लहान, गोलबजार, मिर्चैया, ढल्केबर, लालगढ तथा बर्दिबासका होटल तथा रेष्टुरेन्टहरु बाट यसको माग बढ्न थालेपछि पंक्षीको शिकार तथा बगेडीको अवैध कारोबार यस क्षेत्रमा फस्टाउँदै गएको छ ।
'बगेडी मात्रै होइन मसिना चराहरु सबैको मासु अन्य पशुहरुको मासुको तुलनामा यौनबद्र्धक हुन्छ वन तथा वातावरणविद् दिनेश यादवले भने 'चोरी शिकारकै कारण अहिले बगेडी तथा भंगेरा प्रजातिका चराहरु लोप हुन गइरहेका छन् जसले हाम्रो वातावरणीय सन्तुलनलाई नै खलबलाइ रहेको हुन्छ । उनका अनुसार बगेडी तथा भंगेरा प्रजातिका चराले बालीनालीमा लाग्ने किराहरु खाएर बालीनाली जोगाउने गरेका छन् । यस्ता गतिविधिले कृषि उत्पादकत्वमा नकारात्मक असर पर्ने उनले बताए ।
यौनशक्ति बढ्ने अन्धविश्वासका कारण बगेडी मात्र होइन भंगेरो प्रजातिको चरा पनि नाश भइरहेको छ । पहिले सयौंको समूहमा देखिने बगेडी र भंगेरा अहिले दुईरचार वटा मात्र देखिन थालेको छन् ।
पूर्वपश्चिम राजमार्गमा अवैध रुपमा होटल तथा रेष्टुरेन्टमा बगेडीको कारोबार भए पनि नियमनकारी निकायले कारबाही गर्न सकेको छैन ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/01/2018 08:07:00 PM
No comments:
Post a Comment