/ Undifined / [Marganugami Daily] टुटेका मन जोड्न सांस्कृतिक अभियान

[Marganugami Daily] टुटेका मन जोड्न सांस्कृतिक अभियान

शैलेन्द्र महतो
धनुषा, २० चैत्र । जनकपुरको जानकी मन्दिर प्रांगणमा सुदूरपश्चिम साहित्य समाजले पश्चिमेली पहिचानसहितको सांकृतिक नृत्य प्रदर्शन गरेको छ ।
देश दर्शन अभियान अन्तर्गत मंगलबार बिहान प्राचीन मिथिलाको राजधानी एवं प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुर आइपुगेको साहित्य समाजको टोलीले सांस्कृति कार्यक्रम प्रस्ततु गरेको हो । सुदूरपश्चिमाञ्चलको पहिचान झल्किने भेषभुषामा सजिएर बाजागाजासहित आएका समाजको ४५ जना कलाकारको टोलीले गौरा, राईझुमा, घुर्कोली ,छलिया, होरीसहितको नाचा प्रदर्शन गरेका छन् ।
समाजले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर प्रांगणमा दर्शकहरुको भीड लागेको थियो । त्यस अवसरमा मिथिलाको संस्कृति झल्किने नृत्यसमेत प्रस्तुत गरिएको छ । प्रदेश नं. ७ को राजधानी धनगढीबाट गएको चैत्र १५ गते सुरु भएको समाजको देश दर्शन यात्रा मंगलबार जनकपुरमा आएर सांकृतिक कार्यक्रम गरेको हो ।
    संस्कृति सबै नेपालीको साझा भएकाले संस्कृतिको आदानप्रदान गर्ने र टुटिएका मनहरुलाई संस्कृतिको माध्यमबाट जोड्न १७ दिने देश दर्शन अभियानमा निस्केको अभियानका संयोजक यज्ञराज उपाध्यायले बताए । संस्कृतिको आदान प्रदानले सम्बन्ध प्रगाढ बन्नुको साथै सुदुर पश्चिमको भाषा, साहित्य र संस्कृतिले परिचित गराउनु पनि अभियानको उद्देश्य रहेको संयोजक उपाध्यायको भनाई छ । 
  उनले वैशाख १ गते सम्पन्न हुने यो अभियान अन्तर्गत पूर्वमा देशको विभिन्न भागसहित भारतका केही स्थानहरुमा पुगेर समेत सांस्कृतिक कार्यक्रम गर्ने जानकारी दिए । जानकी मन्दिरमा पुगेको अभियानको टोलीलाई जनकपुरबासीले स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश नं. २ का उच्च पदस्थ अधिकारी, पत्रकार , कलाकार लगायतको उपस्थिति रहेको थियो ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/04/2018 01:17:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment