शुभनारायण यादव
सप्तरी, २१ चैत्र । सरकारले सबैभन्दा बढी बजेट शिक्षा र स्वास्थ्यमा खर्चे पनि सप्तरीको एक मात्र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था दिन प्रतिदिन खस्किँदै गइरहेको छ ।
सरकारी उदासिनता तथा अस्पताल प्रशासनको लापरवाही का कारण जिल्लाको एक मात्र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल दिन प्रतिदिन रेफर सेन्टरको रुपमा परिणत भइरहेका छ । सरकारी अस्पतालमा राज्यले विभिन्न ६७ किसिमका ओषधिहरु निःशुल्क पठाए पनि अस्पताल प्रशासनको लापरवाहीका कारण ती औषधि खेर जाने गरेको सेवाग्राहीको गुनासो छ । यसैबीच अस्पताल प्रशासनले एकजना बिरामीलाई एक बोत्तल स्लाइन पानी दिँदा म्याद सकिएकोे फेला परेको छ । अस्पताल श्रोतका अनुसार निःशुल्क रुपमा वितरण गर्न आउने औषधि समयमा वितरण नगर्ने गरेको तथा म्याद समाप्त भएपछि लाखौंको औषधि खाल्डोमा पुरेर नष्ट गर्ने गरेका छन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/05/2018 12:57:00 AM
No comments:
Post a Comment