/ Undifined / [Marganugami Daily] परिक्षा केन्द्रमा बोराभरी चिट

[Marganugami Daily] परिक्षा केन्द्रमा बोराभरी चिट

रामबाबु यादब
सिरहा, १४ वैशाख । राष्ट्रिय परिक्षा बोर्डद्वारा शुक्रबारदेखि सञ्चालित कक्षा १२ को परिक्षाको क्रममा लहानको पशुपति आदर्श माध्यमीक विद्यालयको परिक्षा कोठाबाट बोराभरी चिट बरामद भएको छ ।
शुक्रबार सञ्चालन भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परिक्षाको क्रममा इलाका प्रशासन कार्यालयका प्रमुख सोमनाथ भट्टराईले गरेको अनुगमनमा बोराभरी चिट बरामद भएको हो । परिक्षा सञ्चालन हुनुभन्दा अगाडि केन्द्र प्रवेश गर्ने बेला स्थानीय प्रहरीले परिक्षार्थीको शरीर खानतलासी गर्ने गरेको छ ।
उक्त परिक्षा केन्द्रमा निजि क्याम्पसहरु एलएमसी र प्यारागन तथा सुखीपुर र पोखरभिण्डाका सामुदायिक विद्यालयका परिक्षार्थीहरु छन् । परिक्षामा सहभागी परिक्षार्थीसँग सम्बद्ध क्याम्पसहरुले परिक्षा केन्द्रमा खटिएका प्रहरी टोली तथा केन्द्राध्यक्षसँग मिलोमतो गरी परिक्षा कोठामा चिट चोरी गर्ने व्यवस्था मिलाएको आरोप छ । परिक्षामा व्यापक चिटि· भएकै कारण विगतमा तीन पटक उक्त परिक्षा केन्द्रको केन्द्राध्यक्ष परिवर्तन गरिएको छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वको अनुगमन टोलीले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमीक विद्यालयको परिक्षा केन्द्रबाट दुई जना परिक्षा निरिक्षकलाई सचेत गराएको छ । जिल्ला परिक्षा समन्वय समितिका सदस्य प्रहरी उपरिक्षक शेखर कोइरालाले परिक्षा प्रणालीलाई अमर्यादित बनाउने खेलमा लाग्ने क्याम्पसका सञ्चालक र केन्द्राध्यक्षको मिलोमतोलाई पर्दाफास गर्ने नयाँ रणनीति आइतबारदेखि चालिने बताए ।
राष्ट्रिय परिक्षा बोर्ड लहान शाखाका प्रमुख रमेश दाहालले आफूले अन्य जिल्लाको समेत अनुगमन गर्नुपर्ने भएकोले प्रत्येक जिल्लामा सञ्चालन हुने परिक्षालाई मर्यादित बनाउन जिल्ला परिक्षा समन्वय समितिलाई पूर्ण अधिकार दिइएको बताए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/27/2018 09:00:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment