/ Undifined / [Marganugami Daily] लहान–झाझपट्टी सडक जीर्ण

[Marganugami Daily] लहान–झाझपट्टी सडक जीर्ण

सन्तोष यादव
लहान, २१ चैत्र । लहान–झाझपट्टी सडक मर्मतका नाममा बर्सेनि लाखौं रकम खर्च भइरहे पनि अवस्था जर्जर छ । सडकमा जताततै खाल्टाखुल्टी परेका छन् । चार दिनअघि सामान्य झरी हुँदा हिलाम्मे बनेको सडक अहिले धुलाम्मे भएर यात्रुलाई सास्ती भएको छ ।
नवराजपुर गाउँपालिका–१ का जयनाथ यादवले सडक हिलाम्मे बनेको दिन १३ किलोमिटर दूरीमा रहेको लहान बजार आइपुग्न मोटरसाइकलबाट तीन घण्टा लागेको सुनाए । 'सडकमा एक त खाल्डै खाल्डा छन, उनले भने, 'झन् वर्षाले हिलाम्मे बनेपछि चिप्लिने डर हुन्छ । १३ किलोमिटर दूरी पार गर्न हम्मेहम्मे प¥यो ।
उनका अनुसार सडकमा यति धुलो उड्छ कि पाँच सय मिटरसम्म केही देखिँदैन । साइकलमा यात्रा गर्नेहरूको अनुहार धुलोले पुरिएर चिन्नै गाह्रो पर्छ । सडक जीर्ण भएका कारण सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको तामासुइयाका मनोज यादवले बताए । भने, 'अहिले धुलोको समस्या छ । सामान्य वर्षा हुँदा हिलोले समस्या पार्छ ।
सडक भत्किएर दिन–प्रतिदिन साँघुरिँदै गएको छ । जताततै भत्किएका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । साइकल, मोटरसाइकल तथा पैदलयात्री दुर्घटनाको सिकार हुने गरेको स्थानीय बताउँछन् । सडकमै गाई, गोरु तथा चौपाया बाँध्ने गरेकाले पनि दुर्घटनाको जोखिम बढेको जनाइएको छ । सडकमा दुईतर्फी गाडी सञ्चालन हुने अवस्था पनि छैन । जिल्ला प्राविधिक कार्यालयले नियमित मर्मतका लागि नियुक्त गरेका कर्मचारी कामै नगरी तलब बुझ्छन् ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत जिल्ला प्राविधिक कार्यालयले सडकको नियमित मर्मतका लागि १० जना कर्मचारी नियुक्त गरेको छ । तर, उनीहरूले कामै नगरी तलब खाने गरेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार ती कामदार सडकमै आउँदैनन, आए पनि कामै नगरी त्यत्तिकै केही बेर बसेर घर फर्किने गरेका छन् । उनीहरूले काम नगरेकै कारण सडकको अवस्था जीर्ण बन्दै गएको जयनाथको गुनासो छ ।
आर्थिक वर्ष २०७१÷७२ देखि नै सडक मर्मतका लागि आठ महिला र दुई पुरुष मर्मत सम्भारकर्ताका रूपमा नियुक्त भएका छन् । उनीहरूले मासिक १३ हजार तलब बुझ्ने गर्छन् । प्रमुख इन्जिनियर पशुपति यादवका अनुसार सडक मर्मतमा बर्सेनि १९ लाख रुपैयाँ खर्च हुन्छ । तर, त्यसअनुसार काम भने भएको छैन । दैनिक रुटिनअनुसार मर्मतसम्भारकर्ताले काम गरिरहेको दाबी उनले गरे । उनका अनुसार काम गरेपछि मूल्यांकन हुन्छ । त्यसपछि मूल्यांकनका आधारमा मर्मतसम्भारकर्ताले तलब पाउँछन् । भने, 'यसबारे धेरै कुरा मलाई पनि थाहा छैन, ओभरसियरसँग कुरा गर्नुहोस् । ओभरसियर डम्बरनारायण साहले साताको दुई दिन सडकमा पुगेर काम गरेको÷नगरेको अनुगमन गर्ने गरेको बताए । मर्मत अभावमा सडकको अवस्था त जर्जर छ नि भन्ने प्रश्नमा उनले भने, 'त्यस्तो त नहुनुपर्ने हो । म यसबारे बुझ्छु । शनिबारबाहेक महिनामा २६ दिनको १३ हजार तलब हुने उनले सुनाए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/05/2018 12:52:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment