/ Undifined / [Marganugami Daily] समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

[Marganugami Daily] समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

मोरङ, १२ वैशाख । सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ ।
स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिएको हो । मंगलबार विद्यालयमा भएको अभिभावक शिक्षकको भेलामा श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा, झोला, शैक्षिक सामग्रीलगायत सम्पूर्ण खर्च ब्योहोर्ने बताएको । पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीलाई आफूले सहयोग गरेको श्रेष्ठले बताएको ।
हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम, श्रेष्ठले भने, पढ्ने रहर हुँदा पनि आर्थिक अभाव हुँदा समस्या थियो । आज त्यही समस्या सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरेर छात्रवृत्ति उपलब्ध गराएको श्रेष्ठले बताएको ।
आफूहरूले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम दिएको र श्रेष्ठले उनीहरूको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गरेको विद्यालयका प्रअ मोहन चापागाईले बताएको ।
चापागाईका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीमा गोपाल थापा, स्नेहा श्रेष्ठ, भूमिका खतिवडा, ओसिन मारा पाँचे, अंकित श्रेष्ठ, सुमित लिम्बू, पूर्णमाया खड्का, सजना लिम्बू, सुविना लिम्बू र नैनकला अधिकारी छन् । उनीहरूको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताएको ।
श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले भने, "अब आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हट्यो । उनकोलाई धन्यवाद दिन चाहन्छाँै ।" चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइदिनुका साथै विद्यालय मा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गरेको थियो ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/26/2018 02:35:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment