सिरहा, १३ वैशाख । सामुदायीक विद्यालयको शिक्षा दिन प्रतिदिन खस्किदै गएपछि सिरहाको गालेबजार नगारपालीकाले आफ्नो नगरक्षेत्रभित्र रहेका सवै माध्यमिक विद्यालयमा सीसीटीभि क्यामेरा जडान गरेको छ । शिक्षाक्षेत्रको विकास विना अन्यक्षेत्रको विकासको कल्पनागर्नपनि नसकिने भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक बातावरण निर्माणमा सहयोग पग्ने विकासका साथ सीसीटीभि क्यामेरा जनान गरिएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।
तराइका जिल्लाहरुमा सामुदायीक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगरप्रमुख साहले जनाए । विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधारल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने साहले विश्वास व्यक्त गरे ।
क्यामेरा जडानपछि विद्यार्थिले गर्ने गतिविधि, शिक्षकहरु कतिखेर खाउने जाने, विद्यार्थी टिफिनकै समयमा छोडेरभाग्ने जस्ता कार्यको निगरानी गर्न सकिने प्रमुख साहले बताए । उनले भने, 'शिक्षा क्षेत्रमा यति राजनीतिकरण भएको छ की त्यसलाई लिकमा ल्याउन धेरै मेहनतको जरुरी छ, यसले पहिलो खुडकिलोको काम गर्ने छ ।
उनले गरसभाको पहिलो बैठकको पहिलो निर्णय नै शिक्षा क्षेत्रको सुधारमा जोडदिन प्राविधिक मैत्रि शिक्षण प्रकृयाको विकास गर्न कम्प्यूटर दिने निर्णय गरेका थियौं त्यसैअनुसार आज यो कार्यभएको जनाए । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृछिमा आवश्यक लगानी गर्न नगर तयार रहेको जनाए ।
नगरक्षेत्रमा रहेको ६ वटा माध्यमिक विद्यालयको सम्पूर्ण विद्यालय प्राङ्गण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको वरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्यक विद्यालयमा हाललाई ४ वटाका दरले क्यामेरा जडान गरिएको नगरपालीकाका प्रशासकिय अधिकृत गिरीराज ज्ञावालीले जनाए ।
नगरक्षेत्रभित्र पर्ने जनता नमूना माध्यमिक विद्यालय, गोलबजार ८ चोहर्वा, जनता (प्रविधिक) माध्यमिक विद्यालय गोलबजार ४, जनता माध्यमिक विद्यालय, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार ३, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२ बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/26/2018 10:04:00 PM
No comments:
Post a Comment