महिनावारी हुदाँ प्याड लगाउनु र त्यसलाई दिनहुँ फेर्नु निकै झन्झटिलो मानिन्छ । प्याड परिवर्तन गर्नु पर्ने, किनिरहनु पर्ने जस्ता झमेला प्रयोगकर्ता महिलाले व्यहोर्नु पर्ने देखेपछि बेलायतको एक कम्पनीले समाधान स्वरुप महिनावारी हुँदा लगाउन मिल्ने पेन्टीको निर्माण गरेको छ । युका कम्पनीले डिजाइन गरेको उक्त पेन्टीलाई पुनस् प्रयोग गर्न मिल्ने किसिमले निर्माण गरिएको छ । साढे चार हजार रुपैयाँ पर्ने यो पेन्टी पहिलो पटक किन्दा महँगो भए पनि लगातार प्रयोग गर्न मिल्ने हुनाले कालान्तरमा सेनिटरी प्याडभन्दा सस्तो पर्ने कम्पनीले जनाएको छ । यो पेन्टीले महिनाबारी हुँदा निस्कने रगतलाई प्याडको तुलनामा राम्ररी सोसेर ब्याक्टेरिया रहित समेत बनाउँछ ।
पारपाचुकेको झोक
वैवाहिक जीवन पारपाचुकेमा परिणत भयो भने धेरै दम्पतीहरू केही समय विक्षिप्त हुन्छन् भने कोही क्रोधित पनि हुन्छन् । कोही विवाहका सबै सम्झनाहरूलाई निमिट्यान्न पार्न चाहन्छन् । आफूसँग छलकपट गरेर श्रीमान् परस्त्रीसँग लाग्ने गरेको थाहा पाएपछि लुसियाना, अमेरिकाकी ३४ वर्षीया क्रिष्टि स्कटले श्रीमान्सँग पारपाचुके मात्र गरिनन् उनले विवाहमा दुलही हुँदा लगाएको लुगालाई जलाउँदै तस्बिर समेत खिचिन् । रिसेप्सनिस्टका रूपमा कार्यरत स्कटले श्रीमान्को नराम्रो बानीका कारण १६ वर्ष लामो वैवाहिक जीवनलाई समाप्त गरेको घोषणा लुगा जलाएर गरेकी थिइन् । १६ वर्ष कष्ट साथ बिताएको बताउने स्कटले दुलही हुँदा लगाएको लुगा जलाउन आफ्ना निकटतम साथीहरूलाई समेत बोलाएकी थिइन् ।
कम तलबमै सन्तुष्ट
आफूले चाहेको जस्तो जागिर पाएमा कम तलब भए पनि मानिस खुसी हुन्छ भन्ने कुरा थाहा पाउन कारा डग्लसलाई हेर्नुपर्छ । बेलायतको लिंकनसायरमा बसोबास गर्ने ३७ वर्षीय कारा कुनै समय बैंकर थिइन् उनको वार्षिक तलब ८६ लाख ४० हजार रुपैयाँ बराबरको थियो । फुर्सदका बेला उनी बजारमा आउने नयाँ सेक्स टोयहरू प्रयोग गर्दै त्यसको ब्लग लेख्ने गर्थिन् । सेक्स टोय रुचाउने काराको ब्लगप्रति अन्य प्रयोगकर्ताहरूको रुचि बढ्न थालेको थाहा पाएपछि उनलाई लभ हनी नामक सेक्स टोय कम्पनीले सेक्स टोय टेस्टरका रूपमा नियुक्त गर्यो । यो पदमा रहेर काराले लभ हनीले उत्पादन गर्ने सेक्स टोय, लुब्रिकेन्ट र अन्य सामग्रीहरू प्रयोग गर्दै कस्तो छ भनेर ब्लग लेख्नुपर्ने भयो । उनको यो कामका लागि आइटी प्रोफेसनमा रहेका श्रीमान्ले पनि सहयोग गर्ने गरेका छन् । उनको रिभ्यु हेरेर लभ हनीका उत्पादनहरूको बिक्री पनि बढ्न थालेपछि कम्पनीले उनलाई वार्षिक ४३ लाख २० हजार रुपैयाँ दिने सम्झौता गरेको छ । काराका अनुसार मैले बैंकर हुँदा जति तलब पाउँथे त्यसको तुलनामा पैसा आधा भए पनि मैले आनन्द भने सैयौं गुणा बढी पाइरहेको छु ।
हृदयघातको डरले पारपाचुके
थाइल्याण्डकी एक वयस्क चलचित्रकी पूर्वअभिनेत्रीले धनाढ्य श्रीमान्लाई हृदयघात हुने डरले पारपाचुके गरेकी छिन् । ३३ वर्षीया नोङ नातको विवाह अमेरिकाका ७२ वर्षीय धनाढ्य हारोल्ड जेनिङसँग भएको थियो । विवाह भएपछि श्रीमान्–श्रीमतीबीच हुने शारीरिक सम्बन्धका बेलामा नोङलाई के डर भयो भने कतै सम्बन्ध राख्ने बेलामा हारोल्डको मृत्यु हृदयघातको कारणले त हुँदैन रु यो दुविधा मनमा खेलेपछि नोङले हारोल्डसँग पारपाचुके गर्ने निर्णय गरिन् । बौद्धमार्गी भएका कारण मलाई हारोल्डको सम्पत्तिमा कुनै किसिमको रुचि छैन, किनभने मैले पैसाका लागि भनेर उसँग विवाह गरेकी होइन, नोङ बताउँछिन् । अहिले सिंगल रहेकी नोङ अर्को पुरुषको खोजीमा छिन् ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 4/24/2018 09:26:00 PM
No comments:
Post a Comment