जनकपुर,वैशाख । प्रहरीले अवैध १० किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जनकपुर उपमहानगरपालिका २४ सोनापाडाबाट चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा ल्याइएको ९ किलो ८ सय ग्राम चाँदीसहित सर्लाही संग्रामपुरका सन्देश मण्डल र धनुषा सहिदनगर नगरपालिका ६ बस्ने रञ्जित मुखियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ज ८ प ९९६० नम्बरको अपाचे मोटरसाइकल समेत बरामद भएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही मोटर साइकलमा सवार दुई जनालाई नियन्त्रण लिएको हो ।
दुवै व्यक्ति र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय पठार्इ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 4/24/2018 07:46:00 PM
No comments:
Post a Comment