जनकपुर । चैत । कर छलि गर्नेलाई कडा भन्दा कडा कारवाही गर्ने आन्तरिक राजस्व कार्यालय जनकपुरकोे प्रमुख कृष्ण प्रसाद मैनाली चेतावनी दिएका छन् ।
प्रमुख मैनालीले भने – कार्यालयमा कर्मचारी पर्याप्त हुनु पर्नेमा ६० प्रतिशत खालि रहेको कारण हामीलाई अनुगमन गर्न कठिनाई भए पनि बजारमा करी छलिको व्यापक हल्ला चले पछि हामी अनुगमन गर्ने कार्यलाई वढि प्राथमिकता दिएका छौ । अनुगमनको क्रममा सबै भन्दा बढी ईटा उधोग, सिमेन्ट रड विक्रेता, क्रसर उधोग र कपडा पसल लगायतले करी छलि गरिरहेको पाईएको छ ।
जानि जानि त्यस्ता कर छलि गर्ने व्यक्तिलाई हामि पानि मुनु होस या जहाँ भए पनि खोजेर कर्यावाहि गर्ने प्रमुख मैनालिले आसुवासन दिए । कर तिर्ने प्रति व्यापार संघ लगायत सम्पूर्ण संघ सस्थाले सहयोग गनुपर्ने दाईत्व वन्ने गर्छ तर तो नभएर करी छलिको कारण बढी भएको देखिएको छ ।
अरु व्यापार कर्ताले समय मै कर तिरे पनि ३० प्रतिशतले कर विवरण पेस गदैन । जस कारणले र्गदा राजस्व कार्यालयलाई समस्या भएको छ भने उपभोक्ता बढी ठगिमा रहेको देखिन्छ । फागुन मसान्त सम्ममा १ सय ५२ करोड लक्ष्यमा १ सय ५७ करोड असुलि गर्न आन्तरिक राजस्व कार्यालय जनकपुर सफल रहेको प्रमुख मैनालीको भनाई रहेको छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 4/01/2018 10:56:00 PM
No comments:
Post a Comment