राम नारायण पंडित, सिरहा, २४ फाल्गुन । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले महिलाहरुको स्वास्थ्यको ख्याल गर्दै निःशुल्क रुपमा पाठेघरको उपचार गर्ने बताएका हुन् । १०८ औं अन्तराष्ट्रिय महिला दिबसको अबसरमा मिर्चैयामा आयोजित कार्यक्रमलाई आज (विहिबार) सम्बोधन गर्दै मेयर यादबले महिलाहरुमा खासगरी पाठेघरको समस्या बिकराल रुपमा देखिएकोले त्यसलाई प्राथमिकतामा राखी स्बास्थ्य शिबिर संचालन गरी निःशुल्क रुपमा उपचार गर्ने घोषणा गरे । स्वास्थ्य क्षेत्रमा २० लाख रकम छुट्याईएको समेत मेयर यादबले स्पष्ट गरे ।
फरक प्रसंगमा मेयर यादबले नगरपालिका भित्रमा रहेका बिद्यालयहरुमा राजनिति प्रबेश भएकाले त्यसलाई यथासिध्र साइजमा ल्याउने चेताबनी दिएका हुन् । बिद्यालयहरुमा शिक्षकहरुले बिद्यार्थीहरुलाई पढाउनुको साटो राजनितिमा बढी सक्रिय रहेकोले शिक्षा क्षेत्रलाई सुधार गरेर छाड्ने प्रतिबद्धता ब्यक्त गरे । नगरपालिका भित्रमा रहेका धेरैजसो बिद्यालयहरुमा आफ्नो स्वार्थका लागि शिक्षकहरुले बिद्यार्थीरुरुको भबिष्यलाई नै चौपट गर्नमा लागेको समेत मेयर यादबले दाबी गरे । आमनजनताको सरोकारका बिषयमा आफुले जुनसुकै चुनौति मोलेर भएपनि काम गर्न तयार रहेको उनले उदघोष गरे ।
मेयर यादबले महिलालाई संबिधानले अधिकार दिएको भएपनि प्रतिस्पर्धामा आउन नसकेको बताए । समाजले महिलामाथीको नजिरलाई परिबर्तन गर्ने अबस्था आएको समेत उनले जनाए । कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडलले पुरुषबाट मात्र महिला पिडित नरहेको बताए । उनले महिला महिलाबाट नै पिडित र उपेक्षित रहेको दाबी गरे । महिलामाथी भईरहेको बिभेद अन्त्य गर्न स्बयं महिलाहरुलाई नै अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष त्रिपुरा झाले समाजमा महिलाहरुलाई सम्मान हुनुपर्ने स्थानमा अपमान भईरहेको बताए । अध्यक्ष झाले आफ्नो सम्मान र पहिचानको लागि महिलाहरुलाई आफै जागरुक्क हुनुपर्नेमा जोड दिए । महिलामाथी भईरहेको बिभेद र हिंसा अन्त्य गर्न आफुहरु लागि परेको समेत उनले स्पष्ट गरे । कार्यक्रममा संजालका सह–सचिब चन्द्रकला साहले नगरपालिका भित्र सामुदायिक बिद्यालयमा अध्ययनरत रहेका छात्राहरुलाई निःशुल्क रुपमा साइकल बितरण गर्न नगरपालिकासंग माँग गरे । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेबी हरीकिशोर महतोले रुपैयाको सदुपयोग गरि महिलाहरुलाई स्बयं आत्मनिर्भर बन्नुपर्ने बताए । महतोले बैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सको सहि सदुपयोग नभईरहेकोले महिलाहरु थप पछाडी परेको स्पष्ट गरे । बैदेशिक रोजगारिबाट आएको थोरै रकमले स–साना घरेलु उद्योग संचालन हुन सक्ने उनले बाए । महतोले ५ जना महिला एकजुट भए उद्योग संचालन गरिदिने प्रतिबद्धता समेत ब्यक्त गरेका हुन् ।
दिवसको अबसरमा मिर्चैयाको थाना चौकबाट निस्केको प्रभातफेरि नगरको बिभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको परिसरमा पुगि कोणसभामा परिणत भएको थियो । नगरपालिकाका उपमेयर जिबछी देबी साहको अध्यक्षता तथा मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि, नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र पौडल, स्बास्थ्य बिभाग प्रमुख सुरेश सिंह, युनिसेफका प्रतिनिधि धनन्जय महतो, अन्तरपाटी महिला संजाल सिरहाका सचिब गायत्री कुशबाहा, कोषध्यक्ष रेणु शर्मा, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्य, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक डम्बर बहादुर बिष्ट लगायतका सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/08/2018 03:28:00 AM
No comments:
Post a Comment