राम नारायण पंडित, सिरहा, २३ फाल्गुन । सिरहाको लहान नगरपालिका १ स्थित कृष्णटोलमा एक पत्रकारको घरमा चोरी भएको छ । नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष तथा प्रेस मन्च नेपालका सिरहा अध्यक्ष मनोज बनैताको घरमा ताल्चा फुटाई सोमबार राति चोरी भएको छ ।
३० हजार नगद, ल्यापटप, सुनचाँदीको गरगहना लगायतका समानहरु चोरी भएको पत्रकार बनैताले बताए । पत्रकार बनैताले चोरीको बिषयमा ईलाका प्रहरी कार्यालय लहानमा निबेदन समेत दिएका हुन् ।
केही दिनयता लहानमा चोरीको घटनाले तिब्र पाएको छ । पिडित पत्रकार बनैताका अनुसार चोरी घटनाको खबर पाए पनि नेपाल प्रहरी एक घण्टा पश्चात् मात्र घटनास्थलमा पुगेका थिए । उनले लहान प्रहरीको रवैया शङ्कास्पद रहेको समेत बताए ।
पत्रकार मनोज बनैता हिमालीनी हिन्दी पत्रीकाका सिरहा र सप्तरी सम्वादाता हुन ।
यता प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ । --
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/06/2018 09:11:00 PM
No comments:
Post a Comment