/ Undifined / [Samgrasandesh.com] माओवादी केन्द्रका दर्जनौ नेता कार्यकर्ता नेकपा क्रान्तिकारीमा प्रवेश, एमाले–माओवादीविचको गठवन्धन दिक्षिणपन्थि गठवन्धन हो ः सीपी गजुरेल

[Samgrasandesh.com] माओवादी केन्द्रका दर्जनौ नेता कार्यकर्ता नेकपा क्रान्तिकारीमा प्रवेश, एमाले–माओवादीविचको गठवन्धन दिक्षिणपन्थि गठवन्धन हो ः सीपी गजुरेल

मुकेश यादब / सिरहा, १७ चैत – सिरहाको गोलबजारमा माओवादी केन्द्रका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा क्रान्तिकारीमा प्रवेश गरेको छ । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सहित ४ दर्जन भन्दाबबढी नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादी पार्टीमा प्रवेश गरेका छन । यता नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले माओवादी केन्द्र र नेकपा एमालेलाई प्रतिकृयावादी गठवन्धनको संज्ञा दिनुभएको छ । शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै एमाले–माओवादीविचको गठवन्धन बामपन्थि गठवन्धन नभई प्रतिकृयावादी गठवन्धन भएको बताउनुभयो ।'बामपन्थी गठवन्धनहुनको लागि जनताको पक्षमा वकालत गर्नु पर्ने हो, तर यी दुवैपार्टी पक्षगामी संविधानको पक्षधर र प्रतिकृयावादीहरुको संरक्षणगर्न सरकारमा गएको छ,' नेता गजुरेलले भने, 'त्यसैले पनि यो दुवै पार्टीको गठवन्धन बामपन्थी नभएर दक्षीणपन्थि गठवन्धन हो, प्रतिकृयावदीहरुको गठवन्धन हो ।' सोही क्रममा उनले एमाले माओवादीमा पार्टी एकताको हल्ला चलाएपनि  खासमा माओवादी एमालेमा विलय हुन लागेको आरोप लगाउनु भयो । नेता गजुरेलले भन्नभयो,     'माओवादी केन्द्रले माओवाद र क्रान्तिकारी लाईन छोडेर एमालेकरण हुने निश्चित भएकोले यसलाई एकता भन्दा विलय भन्न उचित हुन्छ ।'   मन्तव्यकै क्रममा नेता गजुरेलले धर्मनिरपेक्ष मुलुकमा कुनै व्यक्ति गाईको मासु खाएको नाममा थुनामा पर्नु लज्जास्पद भएको बताउनुभयो । उहाँलेभने, 'जसले गाईलाई लक्ष्मीको नाममा पूजा गर्छ, कसैले त्सको मासु खान्छ, त्यो सोभाविक कुरा हो । तर, जुन कुरालाई संविधानले नै शुनिश्चित गरिसको छ, त्यसमा पनि राज्यले पक्राउ गर्नु संविधानकै खिल्लि उडाउनु हो ।'
    नेता गजुरेलले आफूहरु अहिले नै जनयुद्धको नाममा हतियार उठाउने अवस्थामा नरहेको खुलाए । उहाँले, 'अहिले हामी सांगठनिक रुपले कमजोर छौं, जनताले पनि जनयुद्धमा आफ्ना सन्तान आफ्नै अगाडी इनकाउन्टरको नाममा मारिएका भुलिसकेको छैन ।' अहिले आफ्नो पार्टी शान्तिपूर्ण वैधानीक आन्दोलनमा जाने गजुरेलले सुनाउनुभयो ।
    सो क्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामनारायण सिंह, केन्द्रिय सदस्य महेन्द्र लामा सहित ४ दर्जन नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादी पार्टीमा प्रवेश गराएका थिए ।


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/31/2018 04:10:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment