मुकेश यादब सिरहा, ३० फाल्गुन । गोलबजार नगरपालिका बडा नं. १० डन्डामा खानेपानी बोडिंगको आज शिलान्यास गरिएको छ । सिरहाको उतरी क्षेत्रबासी खानेपानीको चरम समस्या लामो समयदेखि झेल्दै आएकोले त्यसलाई समाधान गर्नका लागि ४ लाखको लागतमा खानेपानी बोंिडगको शिलान्यास गरिएको बडा अध्यक्ष देब नारायण महतोले बताए ।
गोलबजार नगरपालिका बडा नं. १० डन्डामा रहेको कबिर कुटट्ी नजिक शिलान्यास गरिएको खानेपानी बोडिंग चैत एक गतेदेखि संचालनमा आउने बडा अध्यक्ष महतोको भनाई रहेको छ । बोडिंग संचालनमा आएपछि करीब २० घरधुरीको १०० जना लाभान्बित हुने अनुमान गरिएको छ ।
बडामा बिनियोजन गरिएको सम्पुर्ण योजनाहरु चैत मसान्त भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको समेत बडा अध्यक्ष महतोले दाबी गरे ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/14/2018 12:54:00 AM
No comments:
Post a Comment