सिरहा, २९ फाल्गुन । गत हप्ता पत्रकारको घरमा भएको चोरीले जटिल रुप लिईरहेको छ । लाहान १ स्थित कृष्ण टोलमा बस्दै आएका नेपाल पत्रकार महासङ्ग सिरहाका कोषाध्यक्ष, प्रेस मञ्च नेपाल सिरहा शाखाका अध्यक्ष तथा हिमालिनी हिन्दी पत्रीकाका सिरहार सप्तरी प्रतिनिधि मनोज बनैताको घरमा भएको चोरी सम्बन्धमा भैरहेको अनुसन्धान अति सुस्त भएको ठ्हर गर्दै प्रेस मन्च नेपाल सिरहा कार्यसमिति आन्दोलन गर्ने भएका छन ।
प्रेस मन्च नेपाल का सिरहा शाखाले बिज्ञप्ती जारी गर्दै भनेका छन कि गत हप्ताको सोमबार मध्य रातमा पत्रकार बनैताको घरमा चोरी भएको छ। उक्त चोरी घटनामा निज पत्रकारले प्रयोग गर्दै आएको ल्यापटप, मुभी क्यामेरा को साथ साथै नगद गरि लगभग २ लाख बराबर को सामान चोरी भएको छ । मिडोयाकर्मी ले प्रयोग गर्दै आएको उक्त सामग्रीहरु चोरी हुनु निजको पत्रकारिता माथी अंकुश लगाउने जुन दुस्प्रयास भएको छ त्यसप्रति प्रेस मन्च नेपाल घोर भत्सर्ना गर्दछ । साथै आज घटनाको सात दिन बितिसक्दा पनि प्रहरी प्रशासन ले चोरीमा सम्लग्नहरुको पता लगाउन नसकनु सुरक्षा निकाय अगाडि प्रश्न चिन्ह उठनु स्वभाविक हो ।
विज्ञप्ति अनुसार मिडिया मा प्रयोग हुने सामग्री लगायत चोरी भएको सम्पुर्ण चिजहरु यथासिघ्र पता लगाउन प्रहरी प्रशासन सङ्ग जोड्दार माग गरिएको छ। साथै चोरी गतिविधि मा लागेको लाई यथासिघ्र अनुसन्धान गरि कार्यवाही गर्न प्रेस मञ्च नेपाल जोड्दार माग गर्दछ अन्यथा प्रेस मञ्च नेपाल आन्दोलन मा जाने यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौं ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/12/2018 10:28:00 PM
No comments:
Post a Comment