जनकपुरधाम चैत १७ गते । धनुषा जिल्लाको कमला नगरपालिकाका वडा अध्यक्षले आफ्नै कार्यालयका सचिवलाई हातपात गरेका छन् । वडा नम्बर ८ का अध्यक्ष राजेश्वर मरिक यादवले आफ्नै वडाका सचिव रामएकवाल मण्डललाई शुक्रवार हातपातगर्दै दूरव्र्यवहार गरे ।वडा अध्यक्ष यादवले भनेको काम नियम संगत नभएको जनाउँदै गर्न सचिव सहमत नभएपछि उनलाइ कुटपिट गरिएको छ । स्थानीय तहमा कर्मचारीहरुको चरम अभाव रहेको बेला जनप्रतिनिधिहरुले नै हातपात गर्न थालेपछि कर्मचारीहरु कार्यालयमा बस्ने स्थिति नरहेको जनाउँदै कमला नगरपालिकाका निमित्त कार्यकारी प्रमुख देवकुमार यादवले घटनाको घोर भत्सर्ना गरेका छन् । 'अगामी दिनमा यस प्रकारका घटनाहरु दोहरिनु हुँदैन्' उनले भने, कर्मचारीहरु नियम मिचेर कुनै काम गर्न सक्दैन् ।जनप्रतिनिधिहरुले नियमपूर्बकको कामहरु बाहेकको कामका लागि दबाब दिनु उपयुक्त होईन्
--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 3/31/2018 03:34:00 AM
Home /
Undifined
/
[Onlinesiraha.com] 'वडाध्यक्ष मरिकले गुण्डा बोलाएर कुटाए' : सचिव मण्डल
No comments:
Post a Comment