/ Undifined / [Onlinesiraha.com] सिरहामा एसईई परिक्षामा पत्रकारलाई रोक, दुई केन्द्राध्यक्ष निष्कासन

[Onlinesiraha.com] सिरहामा एसईई परिक्षामा पत्रकारलाई रोक, दुई केन्द्राध्यक्ष निष्कासन

सन्तोष कुमार साह
सिरहा,चैत ८ गते । एइसईई परीक्षा केन्द्र अनुगमनमा पत्रकारलाई रोक लगाएका छन् ।
जिल्ला शिक्षा कार्यालय सिरहाले परीक्षालाई स्वच्छ र निष्पक्ष बनाउन कुनै कसर बाँकी नराख्ने दाबी गरे पनि पत्रकारलाई परीक्षा केन्द्र अनुगमनमा रोक लगाउनु कतिको निष्पक्ष हो भन्ने बुझन सकिन्छ ?
यता जन्ता मा.वि. सुखिपुरमा रहेका परीक्षा केन्द्रमा पत्रकार महासंघ सिरहा शाखाका सचिब रोयण्टर मण्डल ,पूर्वाञ्चल एक्सप्रेसका पत्रकार सन्तोष कुमार साह, पत्रकार देब नारायण यादब , फुलवारी सन्देशका सम्पादक  शम्भु चौधरी लगायतका टोली उक्त केन्द्रमा पुग्ेका थिए । तर केन्द्राध्यक्ष रामचन्द्र सिंहले पत्रकारलाई अनुगमनमा रोक लगाएको थिए । सिंहका अनुसार हामीलाई जिशिअबाट नै यस्तो निर्देशन पाएको बताउदै रोक लगाएका थिए । पत्रकारलाई रोक लगाउनु  परीक्षा अर्मयादित तथा सेटिङ्गमा भईरहेको प्रष्ट नै हुन्छ ।
पत्रकारलाई अनुगमनमा रोक लगाएको विषयमा जिशिअ महेन्द्र महतो संग फोन सम्र्पक गरी बुझदा हामीले पत्रकारलाई रोक नलगाएको बताए हामी सहज रुपमा अनुगमन गरी सत्य तथ्य समाचार सम्प्रेषण गरी सहयोग गरी दिनु हुनका साथै निरिक्षणमा , अनुगमनमा रोक नलगाएको बताए ।
यही विषय लिएर निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई संग फोन सम्र्पक गरी बुझदा हामी जिल्ला भरीमा चार पाँच जना पत्रकारलाई पास उपलब्ध गराएका छौ उहाँहरु संग नै सूचना लिई सम्पे्रषण गर्नु भनेर बताउनु भयो । सर सिरहामा चार पाँच जना पत्रकारहरु मात्र छन् ? भन्ने जिज्ञासामा निप्रजिअ भन्दै कति न कति  पत्रकार छन् तर हामी सबैलाई पास उपल्बध गराउन सक्दैनौ बताउनु भयो ।
पत्रकार महासंघ सिरहा शाखाबाट भत्र्सना
आज देखी सुरु भएको एसईई परीक्षामा संचारकर्मीहरुलाई समाचार संकलन गर्न गएको वेला केन्द्रमा प्रबेशमा रोक लगाएको भन्दै पत्रकार महासंघ सिरहा शाखाले उक्त कार्यको भत्र्सना गर्दै सञ्चारकर्मीहरुलाई निर्वाध रुपमा तथा स्वतन्त्रपूर्वक समाचार संकलन तथा पर्यवेक्षण गर्ने सृजना गर्न सम्वन्धित निकायको ध्यानार्कषण गराएका हुन ।
यता निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिनुभयो ।
यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको छ । निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्को केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सञ्चालन गर्ने जिशिअ महतोको कथन छ ।
यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताउनुभयो ।
यस वर्ष सिरहामा एसईई दिने परीक्षार्थीको संख्यामा ३६ वटा नियमित तर्फ र २ वटा एक्जामटेड गरी ३८ वटा केन्द्र रहेकोछ ।
परीक्षा परिचालनका लागि ३८ केन्द्राक्ष्यक्ष, ४९ सहायक केन्द्राध्यक्ष, ४ सय १४ निरीक्षक र २ सय १५ सहयोगी गरेर सुरक्षाकर्मी बाहेक झण्डै ७ सय १६ कर्मचारी खटाइएका छन् ।

--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 3/22/2018 10:44:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment