Onlinesiraha-Nepali |
नेपाल भनेको ‘पहाड र हिमाल मात्र’ ,भिजिट मधेशको आवश्यकता’ Posted: 05 Mar 2018 09:50 AM PST दिनेश्वर गुप्ता लहान, २१ फागुन । 'भारत बाहेक साढे तीन लाख विदेशी पर्यटन नेपाल आउंने गरेको छ' तर, 'मधेशमा उनीहरुको प्रवेश हुंदैन' लिडिंग हान्डस् फोर बेटर फ्यूचरका अध्यक्ष राज सर्राफले बताउंनुभयो । मधेशमा विकासको चेतना जगाउंने उद्देश्यले आज लहानमा सर्राफले 'मधेशको पहिचान, संस्कृति संस्कार र पर्यटनक्षेत्रलाई विश्वमा चिनाउंनको निम्ति भिजिट मधेशडटकम मार्फत विदेशीहरुलाई आकर्षण गराउंने' उहांले बताउंनुभयो । 'समृद्ध नेपालको लागि समृद्ध मधेश' नारा दिंदै मधेशको विकासको लागि स्थानीय रोजगारी, स्थानीय बजार, धार्मिकोत्सव, जातजातीलगायत विकासको मुल धार तयार गर्न ग्लोबल मधेशी कन्फ्रेन्स गरेर अन्तर्राष्ट्रिय लगानीको ढोका खोल्ने सर्राफले बताउंनुभयो । मधेश विकासको लागि २०१८ भिजिट मधेश अभियान संचालन गर्दै सर्राफले 'सत्यतथ्य आवश्यकताको आधारमा मधेशको उपहार विदेशी पाहुनाले पाउंन सकियो अनि मधेशको शिक्षा, स्वास्थ्य, निर्माण विकासको ढोका खोल्ने' उहांले बताउंनुभयो । कार्यक्रममा ओमप्रकाश सर्राफले मधेश विकासको लागि विदेशी आगन्तुकहरुलाई मधेशमा प्रवेश गराउंने ढोका खोल्ने तयारीमा रहेको बताउंनुभयो । कार्यक्रममा मधेशको २० जिल्लाको ऐतिहासिक पौराणिक स्थलको महत्ववारे जानकारी गराएका थिए । भिजिट मधेशडटकमको अन्तरक्रिया कार्यक्रममा नेपाल भनेको 'पहाड र हिमाल मात्रै रहेको हो' ,'मधेश भनेको विदेशीहरुलाई कुनै जानकारी नभएकोले यहां विदेशीहरु भिजिट गर्न नआएको' चर्चा गरिएको थियो । जहां नेपाल पर्यटन बोर्डमा मधेश भिजिटवारे अन्यौल राखिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, डा.विजेन्द्र यादव, लहान नगर विकास समितिका अध्यक्ष विष्णुलाल साह, संजय यादव, राजपाका केन्द्रीय सदस्य राकेश झा, सहित्यकार अर्जुन दर्दिला, पत्रकार यमुना खनाल, फिरोज सिद्दिकी, जागेश्वर यादव, एलएमसी कांलेजका प्रिन्सिपल मनोज कर्ण, समाजसेवी पविना सिंहलगायतका रहेका थिए । कार्यक्रमका सभाध्यक्षता शिवकुमार साहले गरेका थिए ।नवसंग्राम दैनिक |
रौतहटमा भएको छूटा छूटै दुर्घटनामा दुइ जनाको मृत्यु । Posted: 05 Mar 2018 09:08 AM PST अमित ठाकुर।रौतहट।फागुन २१। रौतहट जिल्लाको दुइ छूटा छूटै ठाउमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएका छन । गौर नगरपालिका वार्ड नम्बर १ मुख्य सड़कमा भारतीय नम्बरको मलबाहक ट्रकको ठक्करबाट अज्ञात युवकको मृत्यु भएको छ । डव्लू बी २३ सी ६१८६ नम्बरको ट्रक भारतको बैरगनियावाट आउदै गर्दा ठक्कर दिएको हो । मृतकको पहिचान हुन सकेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मानसिक संतुलन गुमाएका युवक रहेको छ ।कालो रंगको देखिने टी शर्ट तथा फुलपैंट लगाएको युवकको उमेर २५ वर्षको रहेको अनुमान गरिएको छ । ट्रक प्रहरीको नियंत्रणमा रहेको छ भने चालक फरार भएका छन । घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ईशनाथ नगरपालिकाको वार्ड नम्बर ८ निवासी ३५ वर्षीय कामोध ठाकुरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । चलाई राखेको बा ५४ प ४७१० नम्बरको मोटर साइकल अनियंत्रित भई दुर्घटना हुदा ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment