/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अबको शिक्षा आधुनिक र व्यवसायिक हुनु पर्दछ ः मुख्यमन्त्री राउत

Posted: 28 Mar 2018 04:35 AM PDT

जनकपुरधाम, चैत १४ । मुख्यमन्त्री लालबाबु राउतले अवको शिक्षा आधुनिक र व्यवसायिक हुनु पर्ने बताउनु भएको छ। 
एन प्याब्सन प्रदेश समितिले आज जनकपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले अहिलेको पारम्परिक शिक्षाले प्रदेश र देशको विकास हुन नसक्ने बताउदै आधुनिक र व्यवसायिक शिक्षा तर्फ अग्रसर हुनुपर्ने बताउनु भएको हो । 
परम्परागत शिक्षा अन्तराष्ट्रिय स्तरमा विक्न नसक्ने भएकाले अव प्राविधिक र गुणस्तरीय शिक्षा तर्फ प्रदेश सरकार अग्रसर हुन लागेकोले त्यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो । 
मुलुकको शिक्षामा निजी क्षेत्रको योगदान स्वागत योग्य रहेको बताउदै उहाँले गुणस्तरीय शिक्षाको लागि समेत अग्रसर हुनु पर्ने बताउनु भयो । सामुदायिक विद्यालयले मात्र शिक्षाको गुणस्तर सुधार हुन नसक्ने बताउदै उहाँले सबैले मिलेर गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । 
शिक्षामा प्रदेश नं. २को अवस्था अझै दयनिय रहेको बताउदै उहाँले शिक्षाको ज्योति बाट टाढा रहेका दलित विपन्न परिवारका बालबालिकाका लागि प्रदेश सरकारले विशेष शिक्षा योजना ल्याउन लागेकोले त्यसमा सहयोग गर्न समेत आग्रह गर्नु भयो । 
प्रदेश नं. २ ले गरीबी र अशिक्षा विरासतमा पाएको उल्लेख गर्नुहुँदै उहाँले त्यसको अन्त गर्दै समृद्ध  प्रदेशको निर्माणको लागि सबैलाई हातेमाले गरेर अढि बढन समेत आग्रह गर्नु भएको हो । 
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, आर्थिक मामिला तथा कानून मन्त्री विजय यादव, राज्यमन्त्रीहरु योगेन्द्र राय यादव, उषा यादव, सरोज कुमार सिंह सहित एन प्याब्सनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विमान दुर्घटनामा ज्यान गुमाएका अवधेशको परिवारलाई रौतहटबासीको आर्थिक सहयोग

Posted: 27 Mar 2018 11:15 PM PDT

रौतहट, १४ चैत ।
यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तर भएको छ ।
समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनु कुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३ बिनगरा बस्ने अवधेश यादवको परिवारलाई प्रदान गरिएको हो ।
रौतहटका संचारकर्मी, कर्मचारी, युवा, व्यापारी, शिक्षक, राजनीतिककर्मी र संघसंस्थाबाट संकलन गरिएको ४१ हजार ११ रुपैया बिनगर टोल स्थित घरमै पुगेर अवधेशको बृद्ध अपाङ्ग बुवा रास नारायण यादवलाई कबिलासी नपाका मेयर कौशल यादव,स्थानीय प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरिक्षक बिनोद यादव, बागमती नपा १० निवासी क्रिएटिभ युथ क्लबका अध्यक्ष एवं शिक्षक ओमबहादुर कार्की लगायत दर्जनौ स्थानीयबासीहरुको रोहवरमा सहयोग रकम हस्तान्तरण गरेको रिपोर्टस क्लब नेपालका रौतहट जिल्ला अध्यक्ष पटेलले जानकारी दिनुभयो ।
 दुईभाई छोरा मध्यको जेठो छोरा मदन रायको १२ वर्षकै उमेरमा विमारीले गर्दा जनकपुर अस्पतालमा मृत्यु भएको थियो भने पैसाको अभाव भएपछि कान्छो छोरा अवधेश गाउँमै ऋण उठाएर कतार कमाउन गएको थियो ।
तर भनेको काममा नलगाए पछि ४ महिनामै घर फिर्ता आइरहेका अवधेशको त्रिभुवन विमान स्थल काठमाडौमा भएको युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएको थियो । उहाँसँग प्लेनको टिकट समेत खरिद गर्न पैसा नरहेको अवस्थामा सोही ठाउँमा काम गर्ने आफनो सालो सँग सापटी पैसा लिएर घर  फर्किरहनुभएको थियो ।
छोराको मृत्यु पछि बेसहारा भएका अवधेशका बृद्ध अपाङ्ग बुवा सम्पत्तिको नाममा नहरको छेउमा जम्मा १० कठ्ठा जग्गा मात्र रहेको जसमा कुनै वर्ष वाली हुने र कुनै वर्ष त्यतिकै खाली रहने भन्नुभयो ।
छोराको मृत्यु पश्चात अवधेशकी श्रीमती पुनम देवी र ३ महिनाकी अबोध छोरीको लालन पोषणको भार वृद्ध अपाङ्ग बुवा माथि नै आइपरेको छ । ४ महिना बिदेश बस्दा छोराले एकपैसा पनि नपठाए पछि घर चलाउन मुस्किल परेपछि गाउँ मै थप ऋण लिएको रासनारायणले बताए ।
आर्थिक रकम संकलन गर्न राजपा नेपालका केन्द्रीय सदस्य बिबेक कुमार यादव र फोरम नेपालका युवा नेता अरविन्द कुमार यादव लगायतले दिनरात खटेर अभियानलाई सफल बनाएको पत्रकार पटेले बताउनुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment