/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


ओएसनेपाल म्यूजिक अवार्ड २०७५ मा भोजपुरी कलाकारहरुका लागि सुबर्ण अबसर आबेदन फारम खुल्ला

Posted: 26 Mar 2018 10:11 AM PDT




काठमाडौँ । ओएसनेपाल डट कमले आयोजना गर्न लागेको ओएस नेपाल म्यूजिक अवार्ड २०७५ को फारम खुल्ला गरिएको छ । दोस्रो संस्करण अन्र्तगतको ओएसनेपाल म्यूजिक अवार्डको आवेदन फारम चैत्र ५ गते देखी बैशाख ५ गते सम्म भर्न सकिनेछ । कुल ५० विधामा रहने यस अर्वाडका लागी आवेदन फारम ई-सेवाको वेबसाईटमा गएर भर्न सकिनेछ ।

लोकदोहरी , पप , आधुनिक , नेवारी ,देउडा ,तामाङ ,भोजपुरी ,सेलो ,काठ्या लोक ,राष्ट्रिय गीत गरी १० वटा मुख्य बिधा रहनेछन् । आवेदन फारम ई-सेवा भएको स्थानबाट वा आफ्नै ई-सेवाको अकाउन्टको खाताबाट पनि भर्न सकिनेछ । उक्त आवेदन फाराम ई-सेवाको वेबसाईटमा मात्र उपलब्ध रहेने छ ।

सिरहामा मोवाईलबाट प्रश्नपत्र बाहिर ,बाहिर फल्याप बन्दै परीक्षामा व्यापक अनियमितता

Posted: 26 Mar 2018 09:35 AM PDT



सिरहा १२ चैत– एसईई परीक्षाको तेस्रो दिन सोमबार गणित विषयको परीक्षामा सिरहामा व्यापक अनियमितता भएको पाइएको छ । जिल्लाको मिर्चैया मोहन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुलेआम चिट चोरी भएको पाइएको हो । गणित विषयको परीक्षामा उत्तरको फ्याक्स नै विद्यार्थीको हात हातमा पुग्ने गरेको पाइएको छ । 
केन्द्रको बाहिरी भागमा व्यापक प्रहरी परिचालन गरिएपनि सेटिङमा चिट परीक्षार्थीसम्म पुग्ने गरेको हो । भित्र चिट भेटिएपछि एक प्रहरीले आफूहरुले बाहिरबाट केही पस्न नदिएको दावी गरे । परीक्षा अनुगमनका लागि पत्रकारहरु सो केन्द्रमा पुगेको खवरपछि परीक्षाका निरीक्षकहरुले विद्यार्थीलाई सुचना गराएर झ्याबाट वाहिर चिट फालेका थिए । तर,परीक्षा केन्द्रका केन्द्राध्याक्ष अशोक यादवले भने परीक्षा मर्यादित र शान्त बातावरणमा भएको दावी गरेका छन् । 
सो परीक्षा केन्द्रमा भेडिया मा।वि।, सगरमाथा आवासिय मा।वि।, रामपुरविर्ता माध्यमिक विद्यालय चुरेचिल्ड्रेन आवासिय मा।वि। र चन्द्रज्योती आवासिय माध्यमिक विद्यालयका तीन सय १४ विद्यार्थीहरु परीक्षामा सहभागीता रहेको छ । 
जिल्ला परीक्षा समितिले भिन्दाभिन्दै विद्यालयका विद्यार्थीलाई 'जेड' आकारमा राखेर परीक्षा लिन निर्देशन दिएपनि प्रायःजसो केन्द्रमा अगाडी पछाडी पारेर राखेको पाइएको छ । मोहन माध्यमिक परीक्षा केन्द्रमा भने तीन वटा आवासिय विद्यालयका विद्यार्थीलाई एकातिर र सामुदायीक विद्यालयका विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा लिइएको छ । 
परीक्षा केन्द्रमा पत्रकार वर्जित 
जिल्लामा संचालित एसर्ईई परीक्षाको स्वतन्त्र अनुगन गर्न परीक्षा समितिले बन्देज लगाएको छ । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पत्रकारहरुलाई शिक्षा कार्यालयको अनुगमन टोलीसँगै घुम्ने व्यवस्था मिलाएको भनेपनि उनीहरुले कुनपनिै पत्रकारलाई सहभागि गरेका छैनन् । 
यता प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले भने पत्रकारलाई पास लिएरमात्र परीक्षाकेन्द्रमा जाने अनुमति दिएको बताए । तर, सिमिति पत्रकारलाईमात्र पास दिने भनेपछि जिल्लामा क्रियाशिल पत्रकारहरुले पास नै लिएका छैनन् । 
जिल्लाका ३८ परीक्षा केन्द्रमा ७५ सामुदायीक र ५७ संस्थागत विद्यालयसहित एकसय ३२ विद्यालयका नौ हजार दुई सय ८४ जना विद्यार्थी सहभागी छन् ।

धनुषामा एसईईको गणित विषयको पश्नपत्र आउट, बाहिर चीट बन्दै भित्र परीक्षार्थी लेख्दै

Posted: 26 Mar 2018 09:29 AM PDT

धनुषा– एसईईको परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् ।
विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर्दै परीक्षा हलबाट प्रश्नपत्र आउट गरेका हुन् । प्रश्नपत्र आउट भएपछि बाहिरबाटै परीक्षार्थीका आफन्तहरुले चिट तयार गरेर भित्र पठाउन थालेका छन् ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षा केन्द्रमा पुगेका सञ्चारकर्मी जितेन्द्र रामले भाइवरबाट आएको प्रश्नपत्र र चिट फेला समेत पार्नुभएको छ ।
धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले भने परीक्षा हलबाट प्रश्न पत्र आउट नभएको दाबी गर्नुभयो । तर कुनै परीक्षार्थीले प्रश्नपत्र मोबाइलमार्फत आउट गरेको हो भने त्यसको विषयमा आफूहरुले अनुसन्धान गर्ने बताउनुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment