/ Undifined / [Marganugami Daily] अन्त ः शुल्कको तीन सय नक्कली स्टिकरसहित तीनजना पक्राउ

[Marganugami Daily] अन्त ः शुल्कको तीन सय नक्कली स्टिकरसहित तीनजना पक्राउ

गोलबजार, २० फागुन । अन्तस्शुल्कको स्टिकरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिरहाको लक्ष्मीपुर पतारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती प्रहरी टोलीले लहान नगरपालिका–८ का सुमितचन्द्र देव र लहान–५ का आनन्द साहलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रविभूषण यादवका अनुसार पक्राउ परेका दुई जनाको बयानको आधारमा लहान–३ का सत्यनारायण साहलाई समेत पक्राउ गरिएको  छ ।  सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीको बडहरीगाउँ हुँदै स.७ प ५५५ नं. को मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई रोकेर झोला खानतलासी गर्ने क्रममा अन्तःशुल्कको नक्कली स्टिकर पाइएको हो ।
कर्मचारी अभावका कारण राजश्वको कर्मचारी अनुपस्थित हुने भएपछि सक्कलीमै मिसाएर नक्कली स्टिकर टाँस्न तस्करमार्फत नक्कली स्टिकर नेपाल भित्र्याइएको हुनसक्ने प्रहरीले आशड्ढा गरेको छ । पक्राउ परेका तीनजनाले नक्कली स्टिकर सीमावर्ती भारतीय बजार पिप्राहीबाट झोलामा हालेर ल्याएकोबाहेक केही बताएका छैनन् ।
पक्राउ परेकाहरुविरुद्ध अन्त ः शुल्क छलीको मुुद्दा चलाइने प्रमुख करअधिकृत गोविन्दप्रसाद अधिकारीले बताए । प्रमुख कर अधिकृत अधिकारीका अनुसार एउटा स्टिकरको राजश्व मूल्य मात्र नौ सय ९६ रुपैयाँ हुन्छ । नक्कली स्टिकर भारतीय बजारको प्रेसमा प्रिन्ट गरी तस्करमार्फत नेपाल ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/04/2018 06:15:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment