/ Undifined / [Marganugami Daily] विमानस्थलमा एक्लो छोराको पर्खाइमा बसेका बाबुआमाले जब मृत्युको खबर सुने...

[Marganugami Daily] विमानस्थलमा एक्लो छोराको पर्खाइमा बसेका बाबुआमाले जब मृत्युको खबर सुने...

अञ्जु तामाङ
काठमाडौं, २९ फागुन । स्थान–त्रिवि शिक्षण अस्पतालको फरेन्सी विभाग अस्पतालको फरेन्सी विभागमा शब बुझ्न आफन्तहरुको निकै भिडभाड छ । शोकमा परेका आफन्तलाई सान्त्वना दिन आउने आफन्तहरु को ओहोरदोहोर जारी छ । शब बुझ्नको लागि जाहेरी दिने काम पनि चलिरहेको छ  ।
आफन्तहरुको अनुरोधमा मृतक शरीर ९शब० हेर्नका लागि एक–एक जना गरी पठाईदैछ शब गृहमा । त्यहाँ पुग्नेहरु सबै वियोगले बिछिप्त देखिन्छन् । यहि भिडमा मधेशी समुदायका एक बृद्धा दम्पति पनि छाती ठोक्दै रुदैथिए । केहीबेरपछि यी बृद्ध दम्पती आफ्नो शरीर थेग्न नसकेर भूइँमै ढले ।।।।
सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ४९ जनामध्ये सर्लाहीका अवधेश कुमार यादव पनि एक हुन् । यो भीडमा वियोगमा विछिप्त हुँदै ढल्ने उनकै बा–आमा हुन् । जसले आफ्नो एक मात्रा छोरा गुमाए । यादव रुँदै भन्छन् –३,४ दिन पहिला फोनमा मलाई लिन रबिबार ९आइतबार० आउनु भनेको थियो ।
बृद्ध दम्पत्ति सोमबार छोरा आउने आशमा बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन पुगेका थिए । छोराको पखाईमा बसेका उनीहरु विमानस्थलमै बस्दाबस्दै विमान दुर्घटनाको आवाज कानमा परेको थियो । तर, छोरा कतारबाट आउने भएकाले अवधेश यो दुर्घटनामा पर्छ भन्ने अड्कल गरेनन् । अबधेशका बु्बा रामनारायण भन्छन, 'बिहानको ५ बजेनै लिन आएको थियो । हामी बिहान ५ बजेनै विमानस्थल पुग्यौ, नयाँ ठाँउ ,नयाँ मान्छे । धेरै कुराकाबारेमा खासै जानकारी थिएन, छोराले विमानबाट झरेपछि फोन गर्छ भन्ने आशमा थियौ, छोरा कतारबाट आउने भएकाले ढाँकाको विमानमा पर्यो होला भने शंका समेत गरेनौ ।
त्यसो त रामनारायणलाई छोरो दुर्घटनामा परेको आफन्त
९कतारबाट ज्वाई०ले फोन गरेपछि मात्रै थाहा भयो ।  'कतारबाट मेरो ज्वाँई अर्थात अवधेशको भिनाजुले फोन गरेपछि मात्रै हामीलाई दुर्घटनामा परेको थाहा भयो । ज्वाँईले राम नारायणलाई कतारबाट ढाका हुदै नेपाल जाने टिकेट भएको जानकारी दिएपछि साझँ ५ बजेतिर मात्रै उनीहरुले आफ्नो छोराको पनि मृत्यु जानकारी पाए ।
अवधेश रोजगारीमा गएका थिए कतार अवधेश ४ महिना पहिला वैदेशिक रोजगारीको शिलशिला मा कतार पुगेका थिए । तर, यादव परिवारका एकमात्र छोरा अवधेश कतारमा भनेजस्तो काम नपाएपछि नेपाल फर्केका थिए । उमेरले २० वर्ष पुगेको अवधेशको यात्रा कतारबाट ढाकामा ट्रान्जिटमा परेको थियो । ढाकाको झण्डै ४ घण्टाको पखाईपछि उनी यूएस बङ्ला विमानमा नेपालका लागि चढेका थिए । तर दुर्भाग्य,४ महिने छोरी ,श्रीमाती र बाबा आमालाई भेट्ने अवधेशको रहर नेपाली भूमिमा पाईला नटेक्दै समाप्त भयो ।
न्यून आर्थिक अवस्था भएका यादव परिवारको लागि अवधेश बलियो खम्बा थिए । दुई छोरी पछि बल्ल परिवारको कान्छो सदस्यको रुपमा अवधेशको जन्म भएको थियो ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/13/2018 08:31:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment