/ Undifined / [Marganugami Daily] चिकित्सक लापारबाहीबाट गर्भवतीको मृत्यु पाँच बुँदे सहमति, मेयरको संयोजकत्वमा छानबिन समिति

[Marganugami Daily] चिकित्सक लापारबाहीबाट गर्भवतीको मृत्यु पाँच बुँदे सहमति, मेयरको संयोजकत्वमा छानबिन समिति

सुरेन्द्र कुमार कामति
सिरहा, १८ फागुन । प्रसूति गराउन अस्पताल भर्ना भएकी एक गर्भवती महिलाको चिकित्सक र स्वास्थ्यकर्मी लापरबाहीका कारण मृत्यु भएको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा देखिएको तनाव स्थगित भएको छ ।
बुधबार राति प्रसूति गराउन आएकी सप्तरी बिष्णुपुर गाउँपालिका–१ पर्साहीकी अनिता यादवको मृत्यु भएपछि अस्पतालमा बिहीबार बिहानैदेखि तनाव सृजना भएको थियो । गत १५ फागुनमा अस्पताल भर्ना भएकी २४ वर्षीया यादवलाई बुधबार राति अचानक व्यथा सुरु भएको थियो । व्यथा लागेपछि स्वास्थ्यकर्मी र चिकित्सकलाई बोलाउँदा कोहि नआएकोले प्रसूतिको मृत्यु भएको मृतक महिलाका पति रमेश यादवले बताए । चिकित्सक नआएपछि व्यथा लागेकी अनिताको केही बेरमै ज्यान गएको परिवारजनले भनाइ छ ।
प्रसूति गराउन आएका यादवको मृत्यु भएपछि आफन्तहरूले दिनभर अस्पताल परिसर र राजविराज बजारमा प्रर्दशन गरेका थिए । अस्पतालभित्रै टायर बालेर प्रदर्शन गरेपछि दिनभर अस्पतालको अवस्था तनावपूर्ण रहेको थियो । अस्पतालमा प्रर्दशन भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यस्था मजबुत पारेका थिए ।
यसैबीच बिहानैदेखि सुरु भएको प्रर्दशन पाँच बुँदे सहमति भएपछि अन्त्य भएको छ । मृतकका परिवार, अस्पताल प्रशासन र सुरक्षा अधिकारीबीच भएको छलफलमा पाँच बुँदे सहमति भएपछि मृतकको आफन्तले आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका स्थानीय शैलेन्द्र सिंहले बताए । छलफलमा अस्पताल प्रशासनले मृतकको काजक्रियाका लागि १ लाख प्रदान गर्ने, मृतकका छोरा र छोरीलाई राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाले शिक्षा दिलाउने, मृतकका पति रमेशलाई दैनिक ज्यालादारीमा अस्पतालमै जागिर दिने, घटनाको वास्तविकता छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने र १० लाख रूपैयाँ क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने सहमति भएको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले बताए ।
घटनाबारे सत्य तथ्य छानबिन गर्न मेयर यादवकै संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा उपमेयर साधना झा, अस्पताल विकास समितिका अध्यक्ष डा. चिरञ्जिवी लाल देव, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत, राजनीतिक दलबाट राजपा नेपालका दिनेश यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, कानून व्यवसायी शम्भुकुमार यादव, मेडिकल अफिसर डा. ब्रजेशकुमार झा, विष्णुपुर गाउँपालिकाका सदस्य लीला यादव र मृतक परिवारबाट ब्रहमदेव यादव सदस्य रहेका छन् ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/03/2018 09:08:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment