/ Undifined / [Marganugami Daily] महन्थ ठाकुर पुगेलगत्तै भक्कानिएर रोए रेशम चौधरी, अनि बज्यो ओलीको फोनमा घण्टी

[Marganugami Daily] महन्थ ठाकुर पुगेलगत्तै भक्कानिएर रोए रेशम चौधरी, अनि बज्यो ओलीको फोनमा घण्टी

काठमाडौं, २९ फागुन । 'के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी कड्किएर फोन गर्ने राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त महन्थ ठाकुर हुन् ।
वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएका रेशम चौधरीलाई हिजो १ बजे भेट्न गएका संयोजक ठाकुरले उनको अवस्था हेरेर सहन नसकि त्यहीबाट प्रधानमन्त्रीलाई फोन गरेका थिए ।  संयोजक ठाकुर वीर अस्पतालको २९० नम्बर कोठामा पुग्दा रेशम चौधरी भक्कानिएर रुन थालेका थिए । स्लाइन पानी चढाइरहेका रेशम चौधरीलाई जञ्जिर लगाएर बेडमा बाँधिएको थियो ।  रेशम चौधरीको अवस्था हेर्दा महन्थ ठाकुर मात्र होइन, उनका साथमा गएका प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सांसद अनिलकुमार झा, प्रमोद साहलगायतका नेताहरु पनि भावुक भएका थिए ।   रेशम चौधरीले रुँदै भने, 'तपाईकै विश्वासमा मैले सेलेण्डर गरेको हुँ । तर, आज यो अवस्थामा पुगेको छु । तपाईहरुले चाँडै पहल गरेर मलाई यहाँबाट निकाल्नुस् । यसरी चौधरीले रुँदै भनेपछि ठाकुरको पनि आँसु थामिएको थिएन । भावुक भएका ठाकुरले गृहमन्त्री रामबहादुर थापा बादललाई फोन लगाउन आफ्ना सहयोगीलाई भनेका थिए । तर, मन्त्री थापा एउटा कार्यक्रममा भएको हुनाले उनीसँग सम्पर्क हुन सकेको थिएन ।
त्यसपछि प्रधानमन्त्री ओलीलाई फोन लगाइएको थियो । प्रधानमन्त्री ओलीले ठाकुरसँग कुरा गर्दै आजै नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापासँग कुरा गरेर एक दुइदिनमा यसको टुगों लगाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।
उपचारका क्रममा रहेका रेशम चौधरीलाई लगाइएको जञ्जिर तत्कालै हटाउन लगाउने पनि प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ । अनसनमै रहेका चौधरीलाई स्लाइन पानी चढी रहेको र खुट्टामा जञ्जिर बाँधिएको दृश्यले जसको पनि मन रुवाइदिन्छ, सांसद प्रमोद साहले भने, 'चौधरीलाई प्रहरीले समातेको होइन, उनी आफै हाजिर भएको छ तर उनलाई एउटा ठूलै अपराधीको जस्तो जञ्जिरमा बाँधिएर उपचार गरिरहेको छ ।
चौधरीलाई नेताहरु भेट्न गएको क्रममा फोटो खिच्न खोज्दा प्रहरीले रोकेका थिए । फोटो खिच्न रोक्दा नेता र प्रहरीको बीचमा भनाभन भएको थियो । २०७२ भदौं ६ गते कैलालीको टिकापुरमा आन्दोलनको क्रममा भएको झडप हुँदा सातजनाको ज्यान गएको थियो । सो घटनाको दोषी रेशम चौधरीलाई देखाइएको थियो । प्रहरीले चौधरीलाई खोज्न थालेपछि उनी फरार भएका थिए ।
राजपा नेपालका नेता समेत रहेका चौधरी फरारकै क्रममा उनी कैलाली–१ बाट प्रतिनिधिसभा चुनाव जितेका छन् । उनलाई आयोगले प्रमाणपत्र पनि दिएको छैन भने शपथ पनि लिएका छैनन् । उनी अदालतमा फागुन १४ गते हाजिर भएका थिए । उनी हाजिर भएपनि पूर्पक्षका लागि थुनामा राखिएको छ । थुनामा राखेपछि उनले विभिन्न माग राखी अनसन शुरु गरेका थिए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/13/2018 08:43:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment