/ Undifined / [Marganugami Daily] मिनी जहाज बनाउन लागेका चेपाङलाई सहयोग

[Marganugami Daily] मिनी जहाज बनाउन लागेका चेपाङलाई सहयोग

चितवन, ११ चैत्र । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट (सानो हवाइजहाज) बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् ।
पछिल्लो पटक चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको रु ८१ हजार शनिबार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत उनलाई उपलब्ध गराइएको छ । उनको जहाज बनाउने सपना साकार पार्न यसरी रकम सहयोग गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए ।
यसअघि राप्ती नगरपालिका–२ घर भएका २० वर्षीय चेपाङको मिनी एयर क्राफ्ट बनाउने सपना साकार पार्न भन्दै राप्ती नगरपालिकाले रु ८० हजार रकम दिने निर्णय गरेको नगरपालिकाकी प्रमुख प्रभा बरालले बताए । उनकै पहलमा सरोज चेपाङ प्रतिभा संरक्षण समितिसमेत बनाइएको छ ।
यसअघि फोब्स कलेजले पनि उनको योजना सफल बनाउन भन्दै रु १० हजार सहयोग गरेको थियो । सोही क्षेत्रका स्थानीयवासीसमेत रहेका प्रदेश नं ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले प्रदेशको मन्त्रिपरिषद् बैठकमा उनको विषय उठाउने प्रतिबद्धता जनाउँदै भने, "उनका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ ।" सरोजले फागुन ४ गते करिब ४० मिनेट आकाशमा प्यारामोटर उडाएर सफल परीक्षण गरेका थिए । करीव रु १० लाख  भए सानो हवाइजहाज उडाएर देखाउने सरोजले बताए ।
कार्यक्रममा सरोज चेपाङ प्रतिभा संरक्षण समितिका अध्यक्ष श्यामसुन्दर उप्रेतीले आफूहरू उनका लागि माध्यम मात्रै बनेको भन्दै आएको सबै पैसा उनको जहाज बनाउने काममा नै खर्च गरिने बताए । यस्ता चेपाङको प्रतिभालाई अगाडि बढाउन सबैको सहयोग आवश्यक भएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव रामबाबु थापाको भनाइ छ । कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले यसअघि मिनी प्लेन निर्माणका लागि चार–पाँच लाख  खर्च गरिसकेका छन् ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/25/2018 08:08:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment